युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
भक्तपुर, २९ असोज । दसैं तथा तिहारको शुभकामना आदानप्रदान गर्न सोमबार भक्तपुर पर्यटन विकास समितिको आयोजनामा स्थानीय पर्यटक पथप्रदर्शकहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विज्ञानले ब्रह्माण्डको सृष्टि, पृथ्वीको जन्म र मानव जातिको विकासबारे तथ्य प्रमाण पेश गरिसकेको हुँदा अदृश्य वा दैवी शक्तिप्रतिको विश्वास अज्ञानतामात्र भएको बताउनुभयो ।
उहाँले भारतका पुरातत्वविद्हरूले रामायण कथामा सत्यता नभएको बताएको चर्चा गर्दै प्रस्तावित रामायण सर्किट (पथ) को कुनै तुक नहुने धारणा राख्नुभयो ।
अशान्तिको कारण पुँजीवाद र साम्राज्यवाद भएको बताउँदै उहाँले पथप्रदर्शकहरूले राजनीति, भूगोल, संस्कतिबारे राम्रो जानकारी राख्नुपर्ने र विदेशी भाषा पनि दखलता हासिल गर्नुपर्ने बताउनुभयो ।
उहाँले पर्यटक पथप्रदर्शकहरू मदिरा, ध्रूमपान, जुवातासजस्ता विकृतिबाट टाढा रहनुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘बहुदलीय व्यवस्थाको पुनःस्थापनापछिका सरकारहरू पनि राजा र पञ्चायतजस्तै प्रतिगामी छन् । एमाले र माओवादीको दुईतिहाइको सरकारको सात महिनामा महँगी र भ्रष्टाचार आकाशियो, किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीहरू सरकारकै संरक्षणमा छन् ।’’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा र भक्तपुर पर्यटक विकास समितिले संयुक्त रुपमा भएको पर्यटक पथप्रदर्शक तालिमबाट दखलता हासिल गरेका पथप्रदर्शकले पर्यटकलाई भक्तपुरको बारेमा सही र प्रभावकारी जानकारी दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका सदस्यहरू सुनिता अवाल र सरिना देउला, पर्यटन शाखाका अधिकृत गौतमप्रसाद लासिवा, स्थानीय पथप्रदर्शक रीता सुवाल र विशाल सुवाललगायतले बोल्नुभएको थियो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेको सभापतित्वमा भएको कार्यक्रममा महासचिव दिपेशराज शर्माले पनि बोल्नुभएको थियो ।
Leave a Reply