शिक्षण सिकाइ प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझ्नु आवश्यक
- बैशाख २७, २०८३
१.नेपाल र भारत विहारको बोर्डरमा सिमाड्ढन गरी जङ्गे पिलर सिमास्तम्भ कायम गरी पाउन सीमा सर्वेक्षण टोली सुस्तामा खटाई पाउँ ।
२.सुस्ता क्षेत्रको भू–भाग नापी नक्सा गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गरी नेपाल सरकारलाई राजश्व सङ्कलन गर्ने व्यवस्था गरियोस् ।
३.पीडीत सुस्ताबासीहरूलाई सर्व–शुलभ तरिकाले आवतजावत गर्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गर्न त्रिशुली आश्रय÷जे.वी. कन्स्ट्रक्सनले ठेक्का लिई २०७२ चैत महिनामा सुरु गरी केही काम गरी निज ठेकेदार काम गर्न छाडी सम्पर्कविहीन भएको हुँदा ठेकेदारलाई खोजतलास गरी कारबाही गरी अर्को ठेकेदारबाट तुरुन्तै सो पुल निर्माण गरियोस् ।
४.सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा आउट पोस्ट सुस्ता रहेको र निजहरूको आवास भवनको कुनै व्यवस्था नभएको हुँदा निजहरूको हात–हतियार गोलीगट्ठा खाद्यन्न सामग्रीहरू राख्न र कर्मचारीहरू बसोबास गर्नको लागि तुरुन्तै भवन निर्माण गरियोस् ।
५.सुस्ता गाउँपालिका वडा नं. ५ सुस्तामा सुस्ता सामुदायिक स्वास्थ्य इकाइ केन्द्र सुस्ता रहेको र सुस्ताबासीहरूलाई पर्याप्त मात्रामा औषधि उपलब्ध नहुनु, गर्भवती महिलाहरूलाई सुत्केरी व्यवस्थापन नभएको, भ्याकिसन राख्नको लागि ताप कायम गर्नको लागि फ्रिजको व्यवस्था नहुनु, इमरजेन्सी सेवाको व्यवस्था गर्नुको साथै कर्मचारीहरू हाल अ.ह.व., अ.न.मि. र कार्यालय सहयोगीमात्र रहेकोले कर्मचारी थप गर्नुपर्ने ।
६.सुस्तामा श्री जनता दलित आधारभुत प्रा.वि. सुस्ता रहेको र सो विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीहरू २७८ जना रहेको र सो विद्यालयलाई स्तर वृद्धि गरी मा.वि. स्तरसम्मको पठन पाठनको व्यवस्था मिलाउनुको साथै हाल ५ जना शिक्षकमात्र रहेकोले अन्य ३ जना शिक्षक दरबन्दी थप गराउनुपर्ने ।
७.पीडित सुस्तावासीहरू २०६२ साल जेष्ठ १७ गते देखि सुस्ताको भु–भाग संरक्षण गरी पाउँ भनि आन्दोलन गरी आई रहेकोमा २०६४ साल माघ ४ गते आन्दोलनको क्रममा रामानन्द चमारको काठमाडौंमा मृत्यु भएको हुँदा निजको परिवारलाई क्षति पूर्ती दिलाउनको साथै स्व. रामानन्द चमारलाई सहिद घोषणा गरी पाऊँ ।
८.पीडित सुस्ताबासीहरूलाई विद्युतको व्यवस्था नभएको हुँदा पीडित सुस्तावासीहरू अन्धकारमा बस्न बाध्य रहेको हुँदा २८५ घरधुरी सुस्तावासीलाई सौर्य उर्जाको व्यवस्था नेपाल सरकारद्वारा गरियोस् ।
९.२०७५ साल भाद्र ६ गते भारत विहारका जनताहरूले भारत बिहारको बाटो भई सुस्ताका जनता र विद्यार्थीहरू आवतजावत गर्ने सडक नेपाल र भारतको काल्पनिक बोर्डरमा खाडल खनी सडक अवरोध गरेकोले सो विषयमा भारतीय एसएसबीलगायत भारतीय जनताहरूसँग सामन्वय गर्दा भारतीय पक्षहरू नमानी २०७५ साल भाद्र १२ गते सुस्ता गाउँपालिकाको अध्यक्ष रामप्रसाद पाण्डे सुस्तामा उपस्थित भई सुरक्षा निकाय समेतको उपस्थितिमा भारतीय पक्षबाट नेपालको भू–भागमा सडक निर्माण गरिरहेकोले सो सडक रोक्का गर्न जाँदा नमानी जबरजस्ती सडक निर्माण गरेकोले सुस्तावासीहरूलाई असहाय भई सम्पूर्ण गाउँलेहरू गई रोक्का गरिएको तर भारतीय पक्षबाट निजहरूको भारतको भूमि भई आवतजावत गर्नुपर्नेमा जबरजस्ती नेपालको भू–भागबाट आवतजावत गरेको र सुस्ता क्षेत्रमा कुनै किसिमको विकास निर्माण कार्य गर्दा भारतीय एसएसबी फोर्सबाट अवरोध खडा गर्ने हुँदा सोसमेत रोक्का गर्न र सुस्तावासीहरूलाई जन–धनको सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले लिनुपर्ने व्यवस्था गरियोस् ।
(सुस्ता बचाउ अभियानको टोलीले मङ्गलबार नेपाल मजदुर किसान पार्टीलाई बुझाएको ध्यानाकर्षण पत्रको अंश)
Leave a Reply