युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
हौसला
संरा अमेरिकी विकास वित्तीय संस्थाका अध्यक्ष एवम् विदेशी निजी लगानी कार्पोरेशनका प्रमुखप्रबन्धक रे वासवर्न (Ray Washburne)ले रोयटर्स (Reuters) सँग आप्mना अभिव्यक्ति राखे । संरा अमेरिकालाई गरीब राष्ट्रहरूका “उद्धारकर्ता” दाबी गर्दै उनले आरोेप लगाए–“ठूला आकारका पूर्वाधार निर्माण परियोजनाको माध्यमबाट चीनले गरीब राष्ट्रहरूमाथि असुरक्षित ऋणको भार थोपरेको छ जून आर्थिक रुपमै व्यावहारिक छैन ।”
एसियाली, अफ्रिकी र यूरोपेली देशहरूलाई एउटै विकासको मार्गमा जोड्ने उद्देश्य राखेको चीनद्वारा नेतृत्व गरिने एक क्षेत्र एक मार्ग अगुवाइलाई समेत उनले आरोप लगाउँदै भने–“यसले गरिब देशहरूलाई ऋणको जालोमा फसाउने षड्यन्त्र रच्दैछ ।”
“तपार्इं कुनै पनि परियोजनालाई हेर्नुस््, सम्पूर्ण परियोजनाका आकार अनावश्यक ढङ्गले ठूलो छ । हामी चाहन्छौं कि सबै देशहरूले चिनियाँहरूप्रति ऋणी बन्नुपर्ने अवस्थाबाट टाढा हुने उपाय खोजून्”, वासबर्नले संरा अमेरिकाको धारणा अघि सारे । वासबर्नको उक्त अभिव्यक्ति पश्चात थुप्रै राजनीतिक विश्लेषकहरूले दुईवटा विषयमा शङ्का व्यक्त गर्दै प्रश्न तेस्र्याए । संरा अमेरिका अफ्रिकी देशहरूको भलाइको निम्ति, प्रगतिको निम्ति साँच्चै नै चासो राख्दैछ अथवा नाटक गर्दैछ ? संरा अमेरिकाले चीनसँगको व्यापार असमझदारी बढाएर आप्mनो वास्तविक स्वभाव देखाइरहेको विश्लेषण बाहिरिंदै छ । संरा अमेरिकाको सहयोगी वित्तीय संस्थाहरू– अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैङ्क समेतलाई ब्रिक्स सम्मेलनले चेतावनी दिएको जगजाहेर छ । आइएमएफ र विश्व बैङ्कले आप्mनो लामो समयको एकतन्त्र अर्थात गरिब मुलुकहरूमाथिको एकाधिकार गुमाउँदै पनि छ ।
दक्षिण अफ्रिकाको जोहनेसवर्गमा राज्यप्रमुख र ब्रिक्सको (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को १० औं वार्षिक सम्मेलन भइरहँदा उनले सो अभिव्यक्ति राखेका थिए ।
“दक्षिण अफ्रिकामा ब्रिक्सः चौथो औद्योगिक क्रान्तिका लागि समावेशी वृद्धि र साझा समृद्धिका लागि सहकार्य” भन्ने मूल नारासहित ब्रिक्स सम्मेलन सम्पन्न भएको थियो ।
दुई ब्रेटन उड्स संस्थाहरू(Bretton woods Institutions)आइएमएफ र विश्व बैंङ्कबाट गरीब राष्ट्रहरूले दशकौं दशकदेखि सशर्त ऋण र सुझाव लिँदै आइरहेको यथार्थ हो । तर त्यो ऋणले गरीब देशहरूलाई गरिबीको गहिराइमा पु¥यायो, परनिर्भरताको बन्दी बन्न बाध्य बनायो । सन् १९८० तिर आर्थिक र विकासका परियोजनाहरूको कार्यान्वयनका लागि संरचनात्मक समायोजन नीति अवलम्बन गरिएको थियो । त्यसको नकारात्मक प्रभावबाट गरीब देशहरूले नै क्षति बेहोर्नुप¥यो । त्यसकारण त्यतिबेलाको संरचनात्मक समायोजन नीतिहरू गरीब मुलुकहरूका निम्ति फलदायी र सहयोगी नभई बाधाको रुपमा खडा भयो ।
विकासशील देशका केही पर्यवेक्षकहरूले वासबर्नको उक्त अभिव्यक्तिमा संरा अमेरिकाको परम्परागत अहङ्कार प्रतिबिम्बित भएको बताए । संरा अमेरिकाको त्यही अहङ्कारले अफ्रिकी देशहरूमा राज्य चलाइरह्यो । जसको कारणबाट अफ्रिकी देशहरूले आप्mनो विकास, उन्नयनको निम्ति कुनै ठोस निर्णय र अगुवाइ गर्न सकेन र अफ्रिकी जनताको हित केमा छ भन्ने ठम्याउन असमर्थ रह्यो ।
किन ऋणको खोजी गर्ने देशले आप्mनो लागि के ठीक र के बेठीक भनी छुट्याउन सक्दैनन् ? साम्राज्यवादी देशको चङ्गुलमा फस्न’, उसले देखाउने साम्राज्यवादी अहङ्कार र शोषणको दलदलमा भासिनु, परनिर्भरताको मानसिकता हावी हुनु नै यसका केही कारण हुन सक्छन् ।
आज धेरैजसो अफ्रिकी देशहरूका विकास परियोजनाहरू हेर्ने हो भने त्यसमा चीनले चिनियाँ विकास बैंङ्क र चीनको निर्यात–आयात बैङ्कमार्फत वित्तीय सहयोग गरेको पाइन्छ ।
महादेशहरूमा चीन पनि एक ठूलो एवम् शक्तिशाली व्यापार विकास साझेदार देश हो र आजको अफ्रिकाले प्राप्त गर्ने वैदेशिक सहायता अर्थात् अनुदानको मुख्य र विशाल स्रोत भनेको चीन, ब्राजिल र भारत हो, पश्चिमा देशहरू होइनन् । यो वर्षको सुरुवातमै चीनका निर्यात–आयात बैङ्कले अफ्रिकाका १५ देशहरूलाई सहजरुपमा ऋण उपलब्ध गराउन ५०० करोड अमेरिकी डलर बराबरको कोष खडा गर्ने घोषणा भएको छ ।
ऋण लिनु ठिक होइन भनिए पनि अल्पविकसित देशहरूका निम्ति ऋण भनेको आवश्यकीय पक्ष भने हो । तर ऋणदाता देशहरूले जस्तोसुकै सर्तहरू राखेपनि स्वीकार गर्ने र देशको आवश्यकताको हेक्का नराखी जे दिए त्यही बर्कोमा थाप्नु भने मगन्ते प्रवृत्ति हो जुन गलत हो । ऋण थाप्ने देशहरूले स्वय्म निर्णय लिने र आत्म संकल्प गर्ने अधिकार राख्दछ ।
त्यसकारण अहिले स्वयम् निर्णयको अधिकार दिइएको छ, पहिलेको अवस्थाभन्दा निकै फरक परिस्थिति अहिले छ भन्दा गलत हुँदैन । आफू अनुकूलको परिस्थितिमा ऋण लिने र आफूले चाहेको क्षेत्रमा ऋण लगानी गर्न पाउने हक सम्पूर्ण विकासोन्मूख देशहरूले राख्दछ र त्यसको लागि सम्पूर्ण सर्तहरू स्वीकार्नुपर्ने बाध्यता पनि छैन ।
अहिलेको भिन्नता भनेकै ऋणदाता देशहरूले ऋण लिने देशहरूसँग फाइदा उठाउन सक्दैन कारण अब उनीहरू के गर्ने र कहाँको यात्रा थाल्ने भन्ने विषयमा स्पष्ट छन् ।
पश्चिमाहरूले अफ्रिकी गरीब देशहरुलाई ऋण प्रदान गर्दै आइरहेको जिकिर गरिरहेको यो समयमा अफ्रिकी जनताले भने आफूलाई संरा अमेरिकाको दास बनाउन लगानी प्रदान गरेको सत्य स्विकार्दै पनि छन् । गरीबी निवारणका यसले अत्यन्त न्यूनत्तम पनि योगदान गर्न नसकेपछि अफ्रिकी जनताले यसको समीक्षा गर्न थालेका ह’न् ।
अर्थशास्त्री डामविसा मोयो(Dambisa Moyo) आफ्नो किताब (Dead Aid: Why aid is not working and there is another way for Africa) मा लेखेकी छिन् कि ऋणकर्ता र ऋणदाता देशहरूबीचको सम्बन्ध कायम राख्न र अनुदान सम्बन्धलाई टाकुरामा पु¥याउने नाममा ऋणदाता देशकै भ्रष्ट मध्यस्थकर्ताहरू अघि सर्छन् । ऋणदाताहरूले देशहरूलाई सहायता दिनअघि मध्यस्थकर्ताहरू पोस्न बाध्य हुन्छन् । सन् २०१३ ताका अफ्रिकामा पनि त्यही भयो । १० खर्ब अमेरिकी डलर अनुदान पश्चिमा देशहरूले दिने अनुमान गरेकोमा त्यसको आधामात्र अफ्रिकी देशहरूमा पुग्यो आधा मध्यस्थकर्ताले भ्रष्टाचार गरेको तथ्याङ्क छ । निर्माण नीति नामाकरण गरिएको नयाँ विधेयकलाई संरा अमेरिकी सभाले पारित गरेपछि वासबर्नले बोले– “संरा अमेरिकाको निजी लगानी विकासोन्मुख देशहरूमा हिजोभन्दा दोब्बरले बढाउन आवश्यक छ । त्यसको लागि ६० खर्ब अमेरिकी डलरको कोष खडा गर्नुपर्छ ।”
सन् १९६१ मा संरा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ. केनेडीले भनेका थिए–“वैदेशिक सहायता अर्थात् ऋण भनेको संरा अमेरिकाको वर्चस्व कायम राख्ने, प्रभाव जस्ताको तस्तै राख्ने, विश्वलाई आप्mनो नियन्त्रणमा राख्ने एक महत्वपूर्ण माध्यम वा उपाय हो । यो कम्युनिष्ट विचार र समूहलाई निषेध गर्ने, खत्तम गर्ने एक महत्वपूर्ण हतियार पनि हो ।”
संरा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले बताएका थिए– “अनुदान वा ऋणको मुख्य उद्देश्य भनेको अन्य देशहरूलाई सहयोग गर्नु होइन बरु आप्mनो देशलाई नै सहयोग गर्नु हो ।”
यसको ठीक विपरित केही उदीयमान अर्थतन्त्रहरूले धनी र गरीब देशहरूबीचको सम्बन्धको व्याख्या नयाँ सिराबाट गरेका छन् । एक किसिमको उल्लेख्य फेरबदल (Paradigm shift) भएको महसुस गरिइँदैछ ।
अब गरीब देशहरू सधंैभरि गरीब रहनुपर्ने छैन । धनी र गरीब देशहरूबीच आपसी सम्मान र आपसी समझदारीको वातावरण सृजना हुनेछ । गरीबीको दलदलबाट माथि उठ्ने चाहना र लक्ष्य राख्ने गरीब मुलुकहरूले ब्रिक्स देशहरूसँग सहकार्य गर्नेछन् । धनी र गरीब दुवै देशहरू एक अर्काको विकासका साझेदार बन्नेछन् ।
यो नै संरा अमेरिकाको हिजोको बलमिच्चाइमाथि ब्रिक्सको प्रहार हो । यो नै अफ्रिकी देशहरूको चाहना पनि हो । विकासको गतिमा अब चीनसँग थुप्रै अफ्रिकी देशहरू काँधमा काँध मिलाई अघि बढ्ने निश्चित छ । यसले पक्कै पनि विश्व अर्थतन्त्रमा ठूलो महत्व राख्दछ ।
China Daily August -2, 2018
Leave a Reply