भर्खरै :

फुटबलमा राकर्स फुल्टेक्रा विजयी

खजुरा, बाँके, २ कात्तिक  ः बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालित जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि राकर्स फुल्टेक्राले हात पारेको छ ।
कम्दीको छग्रहवा खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा राकर्सले शहीद स्मारक राझालाई शून्यका विरुद्ध एक गोलले विजयी हराएको थियो ।
सो प्रतियोगितामा विजेता राकर्सले रु ३५ हजार, दोस्रो हुने राँझाले रु १५ हजार र तेस्रो हुने नवदुर्गा युवा क्लब ‘ए’ ले रु पाँच हजार पुरस्कार पाएको छ । उक्त गाउँपालिकाको सहयोगमा नवदुर्गा युवा क्लब ‘बी’ले सो प्रतियोगिता आयोजना गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *