भर्खरै :

चीन र ई–वाणिज्यको सहयोगमा अफ्रिकाको औद्योगिकीकरण तीव्र

हौसला
जोहन्सवर्गमा सम्पन्न ब्रिक्सको १० औं सम्मेलनले चीन–अफ्रिका सहकार्य र आपसी सहयोगको विषयमा केही महत्वपूर्ण र साहसी निर्णयहरू ग¥यो । ती निर्णयहरूले अफ्रिकी देशहरूको चौतर्फी विकासमा ठूलो टेवा पु¥याउने निश्चित छ । यसले चीनकोे बृहत्तर विकासमा महत्वपूर्ण योगदान गर्नेछ । अफ्रिकाले वास्तवमै प्राप्त गर्न खोजिरहेको आर्थिक रुपान्तरणका लागि अत्याधुनिक प्रविधि नयाँ नयाँ आविष्कार र अनुसन्धान आवश्यक हुन्छ । चीन–अफ्रिकाको आपसी हित नीतिले अफ्रिकाको आर्थिक र भूराजनीतिक अवस्थामा प्रगति गर्ने देखिन्छ ।
केही पुराना र केही सापेक्षिक रुपमा नयाँ गरी अफ्रिकाले अझै पनि विकासका असङ्ख्य चुनौतीहरू सामना गरिरहेको छ । नयाँ चुनौतीहरू उत्पन्न भएदेखि निरन्तर तीब्र ढङ्गले चुनौतीहरू थपिएका छन् । यस्तो अवस्थाबीच महादेशहरूमा विशेषतः आर्थिक वृत्तका मूख्य खेलाडीहरूको आवश्यकता बोध गरिएको छ । चुनौतिहरू निमिट्यान्न पारी राम्रोसँग अर्थात् होसियारीपूर्वक समस्याको समाधानका उपायहरूको खोजी आवश्यक छ । यसले अफ्रिकाको आर्थिक रुपान्तरणमा मात्र टेवा पु¥याउँदै बरु सम्पूर्ण अफ्रिकी देशहरूको विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग मिल्ने बताइएको छ । तीव्र विकासमा यसले भूमिका खेल्ने र वातावरण संरक्षणमा ध्यान पु¥याउने कुरा उल्लेख छ । त्यसकारण अफ्रिकाका लागि ई–वाणिज्य महत्वपूर्ण खम्बा हुने विश्लेषण छ ।
चीनले आप्mनो विकासलाई तीव्र र सशक्त ढङ्गले अघि बढाउन सक्नु र उपलब्धि हासिल गर्नसक्नु पछाडिको मुख्य कारण पनि ई–वाणिज्य नै हो । औद्योगिकीकरण प्रक्रियाको अवधिमा चीनसँग अत्याधुनिक र नयाँ प्रविधिहरू थियो । जसले थुप्रै औद्योगिक देशहरूलाई उछिन्न सम्भव बनायो । एक किसिमले विकास र औद्योगिकीकरणमा नाम कहलिएका देशहरूलाई पछाडि छोडेर फड्को मार्न (Leap frog) गर्न चीन सफल भयो ।
चीन अप्र्रिmकाको विशाल व्यापार साझेदार भएको नाताले पनि चीनले अफ्रिकी अर्थतन्त्र र प्रविधि विकासका प्रयासहरूमा उल्लेख्य भूमिका निर्वाह गर्नेछ । अलिबाबा (Alibaba) जस्तो ई–वाणिज्य (e-co0mmerce) कम्पनीहरूले अफ्रिकाको आर्थिक वृद्धि र आर्थिक विस्तारमा सरलीकरण तथा सहजीकरणको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । उदाहरणका लागि दुई देशहरूले आपसका दुई बजारहरूको व्यवस्थापन, विस्तार र पहुँच व्यापक बनाउँदै बिक्री वितरण र वस्तु साटासाटलाई अझ प्रभावकारी बनाउन सक्नेछ । त्यसकारण अफ्रिकामा हालै स्थापित ई–वाणिज्यले कहाँ र कस्तो भूमिका अबका दिनमा खेल्छ ? भन्ने प्रश्न भने महत्वपूर्ण हो । ई–वाणिज्यको माध्यमबाट अफ्रिकाली उपभोक्तासम्म विभिन्न वस्तु पु¥याउन र अफ्रिकी उत्पादक र व्यापारीले आफ्नो सामान बिक्री गर्न सहज वातावरण मिलेको छ । यसले सिङ्गो अफ्रिकामा वस्तुहरूको बिक्री वितरण सहज र तीव्र भएको अनुभव गरिइँदै छ । अलिबाबा डट कम (Alibaba.com) ले अफ्रिकामा कारोबारको मात्रा बढिरहेको देखाएको छ ।
सन् २०१५ मा कारोबारको मूल्य (Transaction value) १८८ प्रतिशत थियो भने सन् २०१७ सम्ममा यो बढेर ३८९.९ प्रतिशत पुग्यो । दक्षिण अफ्रिकाको आर्थिक केन्द्रहरू ‘Hub economies’ जस्तै नाइजेरिया, केन्या, इजिप्ट र मोरोक्को त्यस्तै गरी महत्वपूर्ण बजारहरू घाना, इथियोपिया, सुडान र अल्जेरिया आदिमा सो कारोवारको मूल्य उत्साहजनक ढङ्गले बढेको तथ्याङ्क छ । यो वृद्धि सापेक्षित रुपमा न्यून रहेको आत्मसमीक्षा अफ्रिकाले गरेपनि यसको गतिले के सङ्केत गर्दछ भने ई–वाणिज्यको क्षेत्रमा अफ्रिकाले अद्वितीय उपलब्धि हासिल गर्नेछ । अफ्रिकामा मोवाइल फोनको उच्च दरको प्रवेश, बढ्दो इन्टरनेटको प्रवेश, (हालैमात्र ३.५ प्रतिशतले वृद्धि) ले पनि यही तथ्य उजागर गरेको छ । सत्य त के हो भने ३ सय करोड अफ्रिकीहरूसँग मोबाइल थैली (Mobile wallets) छ । अधिकांश अफ्रिकी जनता बैङ्क खातातर्फ आकर्षित छन् । परम्परागत वित्तीय पूर्वाधारहरूको आवश्यकता किनारा लाग्दैछ ।
अफ्रिकी ई–वाणिज्य बजारको आधारशिलाको रुपमा उभिएको अलिबाबाजस्ता कम्पनीहरूको भूमिका स्वाभाविकरुपमा बढाउन सके अफ्रिकी जनतामात्र होइन विश्वका जनता लाभान्वित हुनेछन् । सँगै अफ्रिकामा देखिएको उपभोक्ता समस्या समाधानका निम्ति उपयोगीसिद्ध हुनेछ । करिब ४.२ करोड उपभोक्ताले सन् २०१७ मा खुद्रा पोर्टल अलिएक्सप्रेस  (Retail Portal Aliexpress) मार्फत खरिद गरेका छन् ।
यसले अफ्रिकाको मध्यमवर्गीय जनतालाई परम्परागत झन्झटिलो र महँगो खरिद प्रणालीबाट मुक्त बनाएको छ । ई–वाणिज्यको सहयोगले अफ्रिकी उत्पादन विश्व वजारसम्म पु¥याउन सम्भव भएको छ । अफ्रिकी उत्पादक र व्यापारीहरूले सामना गरिरहेको व्यापार बाधा–अड्चनहरू ई–वाणिज्यको सहयोगबाट सल्टिएको बताइएको छ । अफ्रिकाको औद्योगिकीकरणतर्फको यात्राका लागि अफ्रिकालाई विश्व बजारमा एउटा प्रतिस्पर्धी मुलुकको रुपमा उभ्याउने अफ्रिकाको उद्देश्यका लागि पनि ई–वाणिज्य अत्यन्त महत्वपूर्ण हुने जनाइएको छ । त्यसकारण पनि ई–वाणिज्यतर्फ अफ्रिकाका उदीयमान उत्पादक र व्यापारीहरूका लागि राम्रो र उत्कृष्ट बजारको खोजी गरिइँदै छ ।
चीन र अफ्रिकाबीच अझै पनि ई–वाणिज्यको महत्व र विकासका विषयमा आपसी छलफल, सहकार्य र साझेदारीको आवश्यकता महसुस गरिइँदै छ । महादेशीय विकासका उद्देश्यहरू प्राप्तिका निम्ति विशेषतः ई–वाणिज्यले छिटो र द्रुत्तगतिमा सम्पूर्ण आर्थिक विस्तारका प्रक्रिया र तत्वहरूलाई अघि बढाउने क्षमता राख्दछ भन्ने विचार राख्छन् पेकिङ विश्वविद्यालयका विज्ञ लुयोलो सिजाके (Luyolo Sijake) ।
चाइना डेली, २०१८ अगष्ट १
China Daily, August 1, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *