रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
काठमाडौं, २ कार्तिक । प्रधानमन्त्री र मन्त्री हुन पाएपछि आत्मसमर्पण गर्नेहरूले दसैंको शुभकामनामा दैवी शक्तिको आर्शीवाद मिलेको सरकार चानचुने षड्यन्त्रले नढल्ने, दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने, आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान हुने आदि चर्चा गरे ।
सामन्ती युगमा राजा–महाराजाहरूले आफूलाई जीउँदो ईश्वरको अवतार दाबी गरी जनतामाथि शासन गरेका थिए । नेपालमा गणतन्त्रलगत्तै राष्ट्रपतिले दसैंको बेला ‘शक्तिपीठ’ मा पुगेर राजाको उत्तराधिकारीको जिम्मेवारी पूरा गर्दैछन् । प्रधानमन्त्री केपी ओलीले दसैंको सन्देशमा दैवी शक्तिको आर्शीवाद मिलेकोले चानचुने षड्यन्त्रले सरकार नढल्ने बताए । ब्रह्माण्डको अस्तित्व, पृथ्वीमा जीव विकास र मानव समाजको विकासक्रम कसरी भयो, विज्ञानले पुष्टि गरिसकेको छ । राजा–महाराजा र सामन्तहरूले भन्ने गरेको ‘दैवी शक्ति’ अज्ञानताले मात्रै भएको पनि पुष्टि भइसकेको छ । २१ औं शताब्दीको विज्ञान र प्रविधिले नयाँ नयाँ आविष्कार गर्दैछन् । नेपालमा सरकारमा जाने राष्ट्रपति र प्रधानमन्त्रीहरूले आफूलाई ‘दैवी शक्ति’ कै प्रतिनिधित्व गरेको दाबी गर्नु निर्वाचित राजाहरूकै रुप हो । प्रधानमन्त्री ओलीको विज्ञानविरोधी र अन्धविश्वासमा चुर्लुम्म डुबेको उक्त भनाइको खण्डन, विरोध र भत्र्सना गर्नु आवश्यक छ ।
दसैंमा राष्ट्रपति र प्रधानमन्त्रीले मन्त्री, सांसद, पार्टी कार्यकर्ता, उच्चपदस्थ कर्मचारीलाई टीका र जमरा लगाई दिंदैमा आर्थिक समृद्धि हुने होइन । बरु ज्ञाताहरूबाट जमराको आयुर्वेदिक महत्व बुझ्ने अवसरको रुपमा दसैंलाई उपयोग गर्नु आवश्यक छ ।
प्रम ओलीले प्रमुख प्रतिपक्षी नेकाले सरकार ढाल्न खोजेको आरोप लगाए । विद्यमान सरकार ढालेर आफू सरकारमा जाने प्रमुख प्रतिपक्षीको कर्तव्य नै हो । एमाले प्रमुख प्रतिपक्षमा रहेको बेला सत्तापक्षको विकल्पको भूमिकामा रहेको र सरकार गठन गरेको उदाहरण छ । एमालेका एक नेता माधवकुमार नेपालले संसदमै जनताको इच्छाअनुसार ओली सरकारले काम गर्न नसकेको बताएका थिए । दसैंकै दौरानमा एमालेका अर्का नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए पार्टी फुटाएर अघि बढ्ने बताए । एमालेका यी दुवै नेताको भनाइलाई सोझो अर्थमा बुझ्न मिल्दैन । सरकार विरोधीहरूलाई कतै उम्किन नदिने अर्थात् सत्ता र सडक दुवै एमालेकै पोल्टामा राख्ने नियत पनि हुनसक्छ । दसैंपछि मन्त्रिमण्डल हेरफेर हुने समाचार यही नीतिअनुसार बाहिरिएको खबर हो । प्रम ओलीले काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव गौतमलाई ल्याउने सङ्केत पाउनेबित्तिकै नेकपाका अर्का अध्यक्ष प्रचण्डले हार्ने गरी उपचुनाव नहुने बताएर ओलीको योजनालाई अस्वीकार गरे । यी सबै घटनालाई नियालेर प्रम ओलीले भने – ‘‘अँध्यारो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा षड्यन्त्रका ओथाराहरूले सरकार ढल्दैन ।’’
प्रधानमन्त्री ओलीले भारतसँग आँखा जुधाएर बोल्न नसक्ने अवस्थाको अन्त्य गरेको पनि दाबी गरे । यथार्थमा ओलीको वर्तमान सरकार गठन हुनुअघि भारतीय प्रम मोदीको विशेष दूतको रुपमा विदेशमन्त्री सुष्मा स्वराजले नेपाल आई ओली र प्रचण्डसँग एक्ला एक्लै छलफल गरेका थिए । सरकार गठनको सात महिनासम्म पनि प्रधानमन्त्री ओलीले भ्रष्टाचार र महँगी नियन्त्रण गर्नसकेनन् । भ्रष्टाचारका कतिपय घटनामा मन्त्रीहरूकै नाम जोडिएका छन् । निर्वाचन घोषणापत्रमा एमाले र माओवादीले वाचा गरेको ज्येष्ठ नागरिकलाई मासिक रु. ५ हजार भत्ता दिने पूरा नभएपछि प्रम ओलीले अघिल्लो (देउवा) सरकारले ढुकुटी रित्याएको हुँदा भत्ता वृद्धि गर्न नसकेको बताए । सरकारमा पटक–पटक गएको पार्टीले निर्वाचन घोषणापत्रमा उल्लेख गर्नुपूर्व देशको ढुकुटीबारे जानकारी लिएको हुनैपर्छ । यसले एमाले–माओवादी केन्द्रले निर्वाचनमा लिएको मत झूटा आश्वासनको लागि भएको पुष्टि गर्छ । प्रम ओलीले अर्को झूट बोले – ‘‘तुरुन्तै विकासको चमत्कार देखाउने हामी जादूगर होइनौं । स्पष्ट पार्नेबित्तिकै अण्डा र रुमाल निकाल्ने !’’ हो, निर्वाचित राजाहरूलाई दसैंमा टीका लगाएर जनतालाई भ्रममा राख्नु सजिलो हुनेछ । नेकपाको पञ्चायती राजनीति अब धेरै टिक्दैन ।
Leave a Reply