यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बाँके, ४ कार्तिक । राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनको लागि तरकारी खेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारी खेती गरेर आर्थिक स्तरलाई उकास्ने प्रयास गरिरहेका छन् ।
विभिन्न सङ्घ संस्थाले कृषि तथा तरकारी खेतीसम्बन्धी योजना सञ्चालन गरेपछि ती जीविकोपार्जनतर्फ उन्मुख भएका हुन् । “पहिले घरमा खानलाई मात्र लगाउँथ्यौं, अहिले व्यावसायिक रूपमा तरकारीखेती गरिरहेका छौं”, स्थानीयवासी सुकमानी थारूले भन्नुभयो । स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेको तुलनामा यहाँका महिला तरकारीखेतीतर्फ उन्मुख भएका छन् तर बिक्रीका लागि बजारको समस्या छ ।” भगवतीपुरका महिलाले अहिले व्यावसायिक रूपमा लौका, करेला, खुर्सानी, भिण्डी, गोलभेंडालगायत तरकारी उत्पादन गर्दै आएका छन् । उनीहरूले महिला समूह निर्माण गरी प्रतिमहिना रू. २० का दरले बचतसमेत गर्दै आएका छन् ।
बचत गरिएको रकम तरकारी खेती गर्न चाहने महिलाको लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ तर ऋण लिनको लागि समूहमा आबद्ध हुनुपर्छ । तरकारी खेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर हुँदै आएको स्थानीयवासी मीना चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक रूपमा बचत गर्दै आएका महिला तरकारी गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन् ।” भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ । स्थानीय बजारमा रू. २० देखि रू. ३० प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ । स्थानीयवासी छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पु¥याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीं फिर्ता ल्याउनुपर्ने हुन्छ । “हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा भनेअनुसार बिक्री हुँदैन । कहिलेकाहीं फिर्ता ल्याएर रित्तो हात फर्किनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
Leave a Reply