भर्खरै :

पदयात्राको पूर्वतयारी

रीना प्रजापति
दसैं सपरिवार÷साथीभाइसँग घर–आँगनमा मनाइसकेपछि धेरैको नयाँ ठाउँ घुम्ने जाने योजना बन्दै होला । कति जनाको यात्रा सुरु भइसकेको होला – ‘हाइकिङ’ अथवा ‘ट्रेकिङ’ । सामान्य भाषामा उकाली ओरालीमा एक दिन हिंड्नुलाई ‘हाइकिङ’ भनिन्छ भने एकभन्दा बढी नयाँ ठाउँमा बास बस्दै हिंड्नुलाई ‘टे«किङ’ भनिन्छ ।
सामाजिक सञ्जालको प्रभावसँगै नेपालमा आन्तरिक पर्यटन, संस्कृतिको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति भएको छ । वर्षा सकिएको र चिसो नबढिसकेको हुनाले दसैंपछिको फुर्सद समय नेपालमा घुम्नलाई वर्षभरिकै राम्रो समय मानिन्छ । हिमाल, पहाड र तराईको पारिस्थिकीय विविधताले नेपालको पर्यटनलाई अथाह शक्ति र सामथ्र्य दिएको छ । नेपाल सरकार, पर्यटन तथा नागरिक उडयन मन्त्रालयको तथ्याङ्ककअनुसार सन् २०१७ को अन्तर्राष्ट्रिय पर्यटक आगमनलाई हेर्ने हो भने पनि अक्टोबरमा सबैभन्दा बढी पर्यटक आएको तथ्याङ्क छ । पर्यटक भनेको खैरो छाला भएकालाई मात्र बुभ्mने सोचाइमा हालका केही वर्षहरूमा विस्तारै परिवर्तन आएको छ । ट्राभल एजेन्सीहरू आन्तरिक पर्यटकहरूलाई विभिन्न प्रकारका प्याकेजहरू उपलब्ध गराई अगाडि बढेका छन् । समग्र पर्यटन विकासको दिगो आधार तयार पार्न आन्तरिक पर्यटकको ठूलो भूमिका छ ।
सहरमा हुने प्रदूषित वातावरणबाट छुटकारा पाउन, प्रकृतिसँग नजीक हुन, गाउँले जनजीवन बुझ्न अझ भनौं समग्र नेपाललाई अनुभव गर्न, नयाँ जोस–जाँगरले उत्साहित जीवन जिउन घुमफिर आवश्यक छ । नेपाल भूगोलमा सानो छ तर घुम्नलाई १ दिनको हाइकिङ अथवा महिनौं लामो ट्रेकिङको लागि पर्याप्त गन्तव्यहरू छन् । Mountaineering, Zip Flying, Bungee jumping, Rafting and Kayaking, Paragliding, Canyoning, Mountain biking, Jungle Safri, Bird Watching, Mountain flight जस्ता थुपै्र पर्यटकीय गतिविधिहरूको लागि नेपाल विश्वभरिमै अतुलनीय छ । नेपालको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नमा पर्यटन क्षेत्र एक बलियो आधारशीला हो । साथै विभिन्न जनजातिको कला–संस्कृतिलाई आपैmंले अनुभव गर्न, नेपाली दाजुभाइबीच भाइचाराको सम्बन्ध बढाउन कम्तीमा वर्षको एक पटक हाइकिङ वा ट्रेकिङ जाने संस्कृतिको विकास गर्न आवश्यक छ ।
हाइकिङ वा ट्रेकिङ जान अगाडि जाने ठाउँबारे राम्रो जानकारी राख्ने, सम्भव भएसम्म अनुभवी वा स्थानीयसँग कुराकानी गर्ने, सम्बन्धित ठाउँको जानकारी पुस्तक पढ्ने, नक्सा हेर्ने, अनलाइनमा सूचना खोज्ने र भ्रमण तालिका बनाउनुपर्छ । सकिन्छ भने व्यवसायिक पथनिर्देशक (गाइड) सँग जाने, बासको लागि आवश्यक Pre-Booking गर्ने गर्नुपर्छ । यसले यात्रालाई सहज र फलदायी बनाउँछ । यात्रा अगाडि लग्नुपर्ने सामानहरूको टिपोट (Checklist) बनाउने, आपूmले नियमित खाँदै गरेको औषधि छन् भने छुटाउनु भएन । पावरको चस्मा लगाउनेले थप अर्काे चस्मा बोक्दा राम्रो हुन्छ । लुगा र जुत्ता हिंड्न सजिलो छनोट गर्नुका साथै गन्तव्यको मौसमअनुसार टोपी, रेनकोट/छाता, लौरो, टर्चलाइट, सन ग्लास, दूरबिन, क्यामरा, मोबाइल र मोबाइल चार्जर र प्राथमिक उपचार किट बोक्नुपर्छ । चकलेट, ड्राइफुट, पानीको बोटल पनि बोक्नुपर्छ ।
यात्रामा रहँदा खानामा हेलचेक्र्याइँ गर्नुहँुदैन । चिल्लो, पिरो, अमिलो खाने र मादक पदार्थको सेवन गर्नाले स्वास्थ्यमा खराबी आउन सक्छ र यात्रा सोचेभन्दा गाह्रो बन्न सक्छ । हिंड्दा एकैचोटि धेरै पानी पिउँदा पेट फुल्ने समस्या आउन सक्छ साथै शरीरमा पानीको मात्रा कमी हुनबाट बच्न ३० मिनेटको एकपटक थोरै पानी खाने गर्नुपर्छ । अहिलेको मौसममा दिन छोटो हुने भएकोले यात्रा बिहानै सुरु गर्दा राम्रो र साँझ अँध्यारो हुन अगाडि बास बस्ने स्थानमा पुग्न समयको ख्याल राखी हिंड्नुपर्छ ।
बाटोमा फोहोर नफ्याँक्ने, स्थानीय जीवनशैली र संस्कृतिलाई सम्मान गर्ने, बाटोमा अन्य यात्रीहरूसँग मित्रवत व्यवहार गर्ने, समूहमा हो भने एकअर्कालाई सहयोग गर्ने, एक्लै नहिंड्ने र समूहमै रमाउने बानी बसाल्नाले यात्रा रोमाञ्चक र अविश्वमरणीय बन्छ । नयाँ ठाउँ, नयाँ सिकाइ र नयाँ अनुभवसँगै नसोचेको समस्या आउन सक्छ, त्यसैले यात्रा अवधिभर सतर्क र व्यवस्थित भएर हिंड्नु राम्रो हुन्छ । लामो दूरीको यात्रा छ भने हतार–हतार हिंडेर स्वास फुलाउनुको सट्टा विस्तारै Rhythm मा पाइला चाल्दै हिंडने, ओरालोमा शरीरको पूरा भार घुँडामा पर्ने भएकोले घुँडालाई असर नपर्ने गरी विस्तारै झर्ने, सकेसम्म लेउ लागेको ठाउँमा नहिंड्ने, झारपातमा नछुने र विषालु किराबाट बच्ने, आपूm आराम गरेको ठाउँमा कुनै सामान छुट्नसक्ने सम्भावनालाई ख्याल राख्ने गर्नुपर्छ ।
सन् २०१७ को एक तथ्याङ्कअनुसार विश्वमा एक वर्ग किमि क्षेत्रफलमा ७ जना पर्यटक घुमिरहन्छन् भन्ने आकडा छ । थाइल्याण्डमा यो दर ४४ जना छ । यो तथ्याङ्कअनुसार नेपालको हकमा एक वर्ग किमि क्षेत्रफलमा ३.६ जना पर्यटक घुमिरहेका हुन्छन् । नेपालजस्तो बहु–सांस्कृतिक, बहु–भाषिक, बहु–धार्मिक तथा बहु–जातीय देश , जहाँ हिमाल, पहाड र तराई छन्, यहाँ पर्यटन विकास र आर्थिक समृद्धिको अपार सम्भावना छ । त्यसका लागि आफू घुमौं अनि अरूलाई घुमाऊ । फोटो खिचौं, भिडियो खिचौं । पत्रपत्रिका र सामाजिक सञ्जालमा राखौं । नेपाल भ्रमण वर्ष २०२० को घोषणा सफल बनाउन आजैबाट आपैmंबाट थालनी गरौं । हरेक वर्ष कम्तीमा एक पटक नेपालकै कुनै न कुनै नयाँ ठाउँ घुमौं र घुमाउने संस्कृतिको विकास गरौं ।
(लेखक पर्यटक पथनिर्देशक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *