कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
यहु प्रकाश
एउटा मुलुक वा राष्ट्रभित्रको परिस्थितिलाई आन्तरिक परिस्थिति भनिन्छ । आन्तरिक परिस्थिति परिपक्व भइसकेको भन्नाले भौतिक परिस्थिति र मनोगत परिवर्तन दुइटै परिपक्व भइसकेको भन्ने बुझिन्छ । पुँजीवादी व्यवस्थामा एकमुठी शोषक, सत्तामा गएका पँुजीपति र कम्युनिष्टको नाममा नै सत्तामा गएका कम्युनिष्ट नामधारी शासकहरू बहुमत मजदुर–किसान र श्रमजीवी जनतामाथि चरम शोषण र अन्याय अत्याचार गर्छन् । सरकारले स्वास्थ्य–शिक्षालगायत सबै क्षेत्रलाई व्यापारीकरण गरी पैसा हुनेहरूले मात्र सेवा सुविधा पाउने र बहुमत गरिब जनताले निजी अस्पतालको के कुरा सरकारी अस्पतालमा जाँदा पनि औषधि उपचारविना मर्न बाध्य हुन्छन् । सरकारी विद्यालयमा पनि बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता छ । बाटो–घाटो, खानेपानी, ढल निकास, ट्राफिक प्रहरीजस्ता आधारभूत कुराहरूको बन्दोबस्त गर्न नसक्नु वा शासक पार्टीहरू चुनावमा जित्न अर्बौं अर्ब रुपैयाँ चन्दा लिन पुराना वा नयाँ पँुजीपतिहरूको स्वार्थपूर्तिको लागि त्यस्ता आधारभूत कुराहरूको बेवास्ता गर्छन् । कुनै नेता सत्तामा आउनको निम्ति बेथिति, अर्बौं अर्बको पैसाको चलखेल, आप्mनो सत्ता जोगाउन गुण्डागर्दी, बैङ्क घोटाला, सिन्डिकेट आतड्ढ, अर्बौं अर्ब रुपैयाँको करछली र राजश्व चुहावट गर्छन् । विस्तारवाद र साम्राज्यवादलाई खुसी पार्ने, अचाक्ली मूल्यवृद्धि गर्ने, व्यापक जनतालाई सस्तोमा गुणस्तरीय सामान उपलब्ध गराउने सहकारीहरूलाई कर छुट नदिने र सस्तोमा सामान नदिने, बलात्कार, कर्मचारीतन्त्र, खोक्रो आश्वासन, भ्रष्टाचार, भागवण्डा आदिमा धकेल्नु र अन्याय–अत्याचार पराकाष्ठामा पु¥याउने आदि स्थितिहरू भौतिक परिस्थिति हो । मानसिक परिवर्तन भनेको नारकीय जीवन बिताउने मजदुर–किसान, श्रमजीवी जनताको साथमा तिनीहरूको हितलाई नै सबथोक ठान्ने असल मनका अरु वर्गका व्यक्तिहरू पनि क्रान्तिको लागि मरिमेट्ने र आवश्यक भएमा ज्यान दिन पनि तयार भएको अवस्था हो ।
२०७५ साउन १९ (२०१८ अगष्ट ४) को मजदुर दैनिक पत्रिकामा सैद्धान्तिक सङ्घर्ष इतिहासबाट ‘क्रान्तिकारी परिस्थितिको अर्थ के हो ?’ भन्ने लेख छापिएको थियो । आन्तरिक मनोगत परिवर्तनको विषयमा उक्त लेखमा लेखिएको थियो, “मनोगत परिवर्तनको अर्थ हो क्रान्तिकारी जनताका गतिविधि क्रान्तिकारी वर्गका क्षमतासँग गाँसिएको हुन्छ । त्यो क्षमता पुराना सरकारलाई छिन्नभिन्न गर्न पुग्दो मात्रामा बलियो होस् । किनभने त्यो पुरानो सरकार सड्ढटको समयमा पनि त्यसलाई नभत्काएसम्म त्यो कहिले पनि पतन हुन्न । क्रान्तिको (भौतिक) परिस्थिति तयार भए पनि क्रान्तिको मनोगत परिवर्तनको अभाव हुनाले क्रान्ति सफल हुन्न । ” त्यसैगरी, उक्त लेखमा सन् १८५९–१८६१ को जर्मनी र १८७९–१९०० र १९०५ को उदाहरण दिंदै लेनिनले क्रान्ति आपूmखुसी बनाउन सकिन्न, क्रान्ति इतिहासका वस्तुगत रुपबाट अर्थात् पार्टी र वर्गहरूको इच्छामा निर्भर नभई परिपक्व सड्ढटहरूको उथलपुथलबाट विकसित हुन्छ, सङ्गठन नभइकन जनतामा इच्छाशक्तिको एकता हुन्न र एक केन्द्रित राज्यको बलियो अतिवादी सैनिक सङ्गठनको विरोधमा सङ्घर्ष गर्नु गा¥हो र लामो हुन्छ भन्नुभएको कुरो उल्लेख थियो ।
बाह्य परिस्थिति परिपक्व भइसकेको भन्नाले साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध छिमेकी मुलुक अन्य मुलुकहरूमा पनि मजदुर, किसान, श्रमजीवी जनताका गतिविधि, आन्दोलन, सङ्घर्ष, विद्रोह र युद्धहरू भइरहेको र त्यहाँका पार्टी, जनता र समाजवादी मुलुकहरू सम्बन्धित देशको क्रान्तिलाई भौतिक र नैतिक मद्दत गर्न तयारी अवस्थामा रहेको भन्ने बुझिन्छ ।
क्रान्तिलाई प्रश्रव वेदनासँग तुलना गर्दै प्राकृतिक रुपमा बच्चा जन्मेन भने सुँडेनीले कैंची प्रयोग गरेर बच्चा जन्माउने बताउनुभएको थियो । चिरफार गरेर बच्चा जन्माउनुलाई यहाँ जबरजस्ति क्रान्ति भनिएको छ । लेनिनले प्रतिक्रियावादी शासकहरूले पुरानै ढ·ले शासन गर्न असम्भव भएको र सर्वहारा मजदुरहरू पुरानो शासन व्यवस्था उल्टाएर नयाँ शासन व्यवस्था स्थापना गर्न तयार भएको स्थितिमा आन्तरिक परिस्थिति परिपक्व हुनुको साथै बाह्य परिस्थिति परिपक्व भइसकेको अवस्थामा मात्र क्रान्ति हुन्छ भन्नुभएको थियो । उहाँले आन्तरिक परिस्थितिलाई अण्डाभित्र चल्ला वा बीउ भएको अवस्था र बाह्य परिस्थितिलाई ओथारो बसेर वा बाहिरबाट ताप दिएको अवस्थासँग तुलना गर्नुभएको थियो । अण्डाभित्र चल्ला वा बीउ नै छैन भने ओथारो बसेर वा बाहिरबाट जतिसुकै ताप दिए पनि अण्डाबाट बच्चा कोरल्दैन । अण्डाभित्र चल्ला वा बीउ भएर पनि यदि ओथारो बसेर वा बाहिरबाट ताप दिइँदैन भने बच्चा कोरल्दैन ।
कोरियाको परिवेशमा क्रान्तिकारी परिस्थितिबारे किम इल सङको विचार पनि आवश्यक थियो । क्रान्तिको लागि तयारीमा नजुटिकन क्रान्तिकारी परिस्थिति परिपक्व भएको छैन भनी हात बाँधेर बस्ने प्रवृतिका क्रान्तिकारी कम्युनिष्टहरूलाई उहाँले निकै छ्यास्नुभयो । उहाँले बेलाबखत भन्ने गर्नुहुन्थ्यो – “क्रान्तिको परिस्थितिलाई पर्खेर बस्ने होइन, क्रान्तिक्रारी परिस्थितिको तयारीमा जुट्नुपर्छ । …क्रान्तिको लागि आन्तरिक परिस्थिति (देशभित्रको परिस्थिति) र बाह्य (छिमेकी मुलुक र अन्य मुलुकहरू) दुवै परिस्थितिहरू परिपक्व हुनुपर्छ । यी दुई ओटा परिस्थितिहरूमा आन्तरिक परिस्थिति नै मुख्य हो । बाह्य परिस्थिति सहायकमात्र हो ।”
नेपालको सन्दर्भमा का. रोहितले ४२ वर्षअघिको आप्mनो प्रसिद्ध पुस्तक नेपालको कम्युनिष्ट आन्दोेलनमा देखा परेका खोटा विचारहरूको खण्डनमा लेखमा उहाँले लेख्नुभयो, एक थरी पुराना कामरेडहरू कार्यकर्ता साथीहरूलाई भन्ने गर्छन् –…क्रान्ति त्यसै भएर आउँछ, तिमीहरू दौडधूप गरेर क्रान्ति हुँदैन । गाउँ–गाउँमा जानुपर्दैन ।
सशस्त्र सङ्घर्षको ठम्याइलाई स्वीकार गर्दागर्दै पनि फलाको र उताउला कम्युनिज्मसँग हामी एकमत हुन नसकेजस्तै हाम्रा ती पुराना कामरेडहरूको सेवा, त्याग र अनुभवको सकारात्मक पक्षलाई स्वीकार गर्दागर्दै पनि क्रान्ति त्यस्तै भएर आउँछ भने ठम्याइसँग हामी पटक्कै सहमत छैनौं । यो ठम्याइ त मानिसलाई प्रकृतिको विकासको स्वाभाविक क्रम मान्ने कोरा भौतिकवादी ठम्याइ हो । मानिसले त्यस ठम्याइलाई नाघिसकेको छ र मानिसको चेतनाले ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित वातावरणलाई नै फेर्न सकेको छ । नत्र क्रान्ति आपैm भएर आउँछ भन्ने ठम्याइ घुमाइफिराइ कुनै अज्ञात शक्तिले गर्छ भन्ने आदर्शवादी सिद्धान्तकै टुङ्गोमा पुग्छ । हामी माक्र्सवादी हौं अथवा हामी द्वन्द्वात्मक भौतिकवादी हौं । मानिसको चेतनाको अगुवाइ नस्वीकार्ने, परिवर्तन प्रकृतिको स्वाभाविक विकासमात्रै सम्झने फायरवाखको कोरा भौतिकवादसँग हामी सहमत छैनौं । किनभने मानिस प्रकृतिको स्वचालित यन्त्र होइन । मानिस वातावरणको कमारा होइन । ऊ आप्mनो वातावरण र परिस्थितिलाई फेर्न पनि सक्छ । तर, उसको त्यो अगुवाइ ऐतिहासिक र आर्थिक परिस्थितिमा आधारित हुनुपर्छ ।
त्यस्तै हेगेलले वस्तुको उत्पति, परिवर्तन र विकासलाई नाससँगै जोड्ने द्वन्द्वात्मक तरिकालाई अघि सारे । तर, उनले त्यसका सञ्चालनकर्ता या मुख्य तत्व परमब्रह्म, आत्माजस्ता अवास्तविक तत्वलाई माने, जसमाथि मानिसको नियन्त्रण छैन । त्यसको उत्पति, परिवर्तन, विकास र नास हुने परस्परविपरीत तत्वको अस्तित्व अथवा द्वन्द्ववादलाई स्वीकार्दै पनि उनको ब्रह्म, आत्मा र अज्ञात सञ्चालकजस्ता कुरालाई स्वीकार गरिएन । स्वीकार गर्नुको अर्थ हो ‘क्रान्ति त्यस अज्ञात शक्तिद्वारा आफैं गर्छ’ भन्ने कुरालाई मान्नु । यसरी, भौतिकवाद र आदर्शवादको अन्तिम निचोड क्रान्ति वा परिवर्तन प्रकृतिको विकासको स्वाभाविक क्रम अथवा ब्रह्म वा अज्ञात शक्तिद्वारा त्यसै गर्ने एक काम हुनेछ, जसमा मानिसको इच्छाशक्ति र अगुवाइको कुनै अर्थ छैन । माक्र्सवादी – लेनिनवादीहरू यसका विरोधी छन् । माक्र्सवादीहरू वर्गसङ्घर्षलाई स्वीकार्छन् ।
त्यस्तै, २०७५ भदौ २६ को श्रमिक साप्ताहिकमा ‘कम्युनिष्ट घोषणापत्रबारे जिज्ञासा (का. रोहितको जवाफ’ भन्ने शीर्षकमा उहाँको अन्तर्वार्ता छापिएको थियो । २०५४ चैत १६ गते नेपाल क्रन्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिले कम्युनिष्ट घोषणापत्र प्रकाशनको १५० औं वार्षिकीको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफमा व्यक्त विचार ‘कार्ल माक्र्सको २०० औं जन्म दिवस’ को अवसरमा सान्दर्भिक भएको हुँदा उक्त अन्तर्वार्ता पुनः प्रकाशित गरिएको थियो । त्यसमा नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक सदस्य निरञ्जन गोविन्द वैद्यको नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू भएको तर अहिलेसम्म क्रान्ति हुन नसकेको भन्ने भनाइबारे सहभागीहरूको जिज्ञासाको उत्तर दिनुहुने क्रममा उहाँले भन्नुभएको थियो, ‘वैद्यजी स्वयं पनि कम्युनिष्ट पार्टीका संस्थापक हुनुहुन्छ । उहाँले यो प्रश्न फेरि पनि हाम्रो अगाडि राख्नुभएको छ । व्यापक जनताले बुझेका छैनन् भने क्रान्ति छिटो होस् भन्ने इच्छामात्र राखेर नहुनेरहेछ । क्रान्तिको निम्ति मनोगत र भौतिक परिस्थिति तयार हुनुपर्छ । भौतिक परिस्थिति भन्नाले जनताको सङ्ठनात्मक स्थिति, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हुन् । हामीले क्रान्तिलाई कति नेतृत्व प्रदान गर्नसक्छौं भन्नेमा पनि क्रान्ति निर्भर गर्दछ । हाम्रो देशको स्थिति अहिले त्यस्तो भइसकेको छैन । यदि यस्तो हँुदो हो त ठूल्ठूला क्रान्तिहरू यहाँ पनि हुन्थे । सन् १९२२ तिर लेनिनले भन्नुभएजस्तै क्रान्ति गर्न एकैबाजी भावनाबाट प्रेरित भएरमात्र पुग्दैन, त्यसको निम्ति भित्री र बाहिरी परिस्थिति पनि तयार हुनुपर्दछ । दीर्घकालीन सङ्घर्षका निम्ति हामीसँग जस्तो तयारी हुनुपर्ने हो, अहिलेसम्म त्यस्तो तयारी भइसकेको छैन ।
नेपाल, भारत र अन्य मुलुकहरूमा पनि ठूलठूला क्रान्तिकारी भाषणमात्र गरेर क्रान्तिको लागि तयारी नगरी हात बाँधेर क्रान्तिकारी परिस्थितिलाई पर्खेर बस्ने प्रवृत्तिका क्रान्तिकारीहरू थिए र छन् ।
Leave a Reply