ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
टोकियो, २१ अक्टोबर । जापानका स्टार टेबलटेनिस खेलाडी एई फुकुहाराले आइतबार आफ्नो खेलजीवनबाट सन्यास घोषणा गरेकी छिन् ।
“हालै आफूले खोज्दै गरेका प्रश्नहरूको जवाफ मैले भेटाएकी छु । एक जना खेलाडीको रुपमा म यतिसम्म मात्र अघि बढ्ने भएको छु ।” उनले आफ्नो ब्लगमा लेखेकी छिन् ।
“मैले सुरूमा सबभन्दा पहिले तीन वर्षको नौ महिनाकी हुँदा रिकेट समातेकी थिएँ, दस वर्षको उमेरमा व्यावसायिक खेलाडी भएँ र जापानको राष्ट्रिय टीमबाट ११ वर्षको उमेरदेखि खेल्न थालें ।” आफ्नो लामो खेल यात्राबारे चर्चा गर्दै उनले भनिन् ।
एक जना युवा खेलाडीहरूको लागि मेरो विकास निकै तीव्र भएको उनको भनाइ थियो । उनले टेबलटेनिस र खेल क्षेत्रको विकासमा आफूले लगातार सहयोग गरिरहने बताइन् ।
२९ वर्षकी फुकुहारालाई जापानको टेबलटेनिसलाई ‘बालिका नायिका’ भनिन्छ । उनी निकै सानो उमेरमा खेल तालिमको लागि चीन गएकी थिइन् । उनले चिनियाँ भाषा राम्ररी बोल्न जान्दछिन् ।
फुकुहाराले सन् २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेकी थिइन् । सन् २०१६ को रिओ ओलम्पिकमा कास्य पदक जितेकी थिइन् ।
उनको विवाह सन् २०१६ मा चीनको ताइपाईका टेबलटेनिस खेलाडीसँग भएको थियो । उनी आफ्नी छोरीकी आमा हुन् ।
Leave a Reply