भर्खरै :

साफ यू–१५ फूटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौं, ६ कार्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फूटबल प्रतियोगिता बुधबारदेखि सुरु हुफ्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउफ्दैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’ मा भारत, भूटान र श्रीलङ्का छन् । प्रतियोगिता कार्तिक १७ गतेसम्म चल्नेछ ।
नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुफ्याल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित सुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।
नेपाली टोली अहिलेसम्म विजेता बन्न सकेको छैन । सन् २०१३ बाट आयोजना हुफ्दै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुफ्दै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । उपाधि होडमा अहिलेसम्म नेपाललाई भारतले रोक्दै आएको छ ।
नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठ नेपालको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताउनुहुन्छ । “तयारी राम्रै भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ” प्रशिक्षक श्रेष्ठले भन्नुभयो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो ।
प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल कार्तिक ८ गते पाकिस्तानसफ्ग खेल्दै छ । कार्तिक १० मा माल्दिभ्ससफ्ग र समूह चरणको अन्तिम खेल कार्तिक १२ गते बङ्गलादेशसफ्ग खेल्नेछ । यसअघि भएको तीन संस्करणमध्ये भारतले दुई तथा बङ्गलादेशले एउटा जितेका छन् । भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *