तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा बिहीबार ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत साहित्य र कलाबारे समीक्षा कार्यक्रम सम्पन्न भयो ।
साहित्य सर्जक, नाटक लेखक, निर्देशक र कलाकारहरूसमेत सम्मिलित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले साहित्यमा देशको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकृति एवं विस·ति उदाङ्ग्याएर परिवर्तन र सुधारको सन्देश दिनसक्नुपर्ने बताउनुभयो ।
उहाँले नाटक र ख्यालको उद्देश्य दर्शक हँसाउनुमा मात्र सीमित हुन नहुने बताउँदै त्यसको समाजका नकारात्मक प्रवृत्तिलाई निरुत्साहित पार्ने र सकारात्मक प्रवृत्तिलाई टेवा दिने काम गर्नुपर्छ भन्नुभयो ।
कथा, कविता, निबन्धजस्ता रचना प्रस्तुतिमात्र नगरी तिनको समालोचना हुनुपर्ने बताउँदै अध्यक्ष रोहितले समालोचनाले लेखक, कवि, कलाकारका रचना र अभिनयका कमजोरी हट्ने र रचनाहरूमा निखार आउने औंल्याउनुभयो ।
अध्यक्ष रोहितले जनविरोधी विचार र प्रवृत्तिको समयमै आलोचना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याको दबु रहरले रचना सुनाउनेहरूका लागि भन्दा देश र जनताको पक्षमा लेखिएका जनताको साहित्य प्रस्तुत हुने दबु बनाइराख्नुपर्ने बताउनुभयो ।
नयाँ पुस्ताका सर्जकहरूलाई राम्रा पुस्तक र प्रगतिशील साहित्यकारका कृतिहरू खोजीखोजीकन पढ्न सुझाव दिंदै उहाँले नयाँ पुस्तालाई प्रगतिशील साहित्यबाट पे्ररित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले जनताको साहित्य र कलाको उद्देश्य जनताको क्रान्तिको लक्ष्य पूरा गर्नकै लागि हुनुपर्छ र शासक दलका नेताहरूको जनविरोधी र गलत प्रवृत्ति जनतामाझ स्पष्ट पार्नुपर्छ भन्नुभयो ।
उहाँले शासक दलका नेताहरूका गलत कार्य र नीति निर्णयका कारण देशलाई नै घाता भइरहेको र जनतामा राजनीतिप्रति वितृष्णा भएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका सचिव एवं प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तःमुंज्या निरन्तर जनसाहित्यको उत्थान र नयाँ पुस्ताका सर्जक जन्माउन सक्रिय रहेको बताउनुभयो ।
सभापतिको आसनबाट नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकले समीक्षा र सिंहावलोकनले कमी कमजोरी हटाउन सहयोग पुग्ने, साहित्य सर्जकहरूले नियमित लेख्ने र लेखिसकेका साहित्य सङ्ग्रह गरी प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ३८ औं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका सचिव सुन्दर राजचलले पनि बोल्नुभएको थियो ।
Leave a Reply