नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १० कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भेट ग¥यो । सरकारले काठमाडांैको ऐतिहासिक रानीपोखरी पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मा दिएपछि सोसम्बन्धी भक्तपुर नगरपालिकासँगको अनुभवबारे छलफल गर्न सो टोली भक्तपुर नपामा आएको थियो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट परम्परागत सीप र साधन प्रयोेग गरी यहाँका विश्व सम्पदामा सूचिकृत सम्पदाहरूको संरक्षण गर्दै आएको जानकारी गराउनुभयो । उहाँले भक्तपुरका जनताले सिद्धपोखरी पुनः निर्माणको अनुभवबाट सिकेर भाज्या पोखरी पुनः निर्माण गरिरहेको बताउनुभयो । उहाँले परम्परागत शैलीमा कालिमाटी प्रयोग गरी भाज्या पुखुमा पानी अडाउन सफल भएको बताउनुहुँदै पोखरीको बीचको मन्दिरको इतिहासविद्, पुरातत्वविद् र संस्कृतिविद्हरूबाट डिजाइन भैरहेको जानकारी गराउनुभयो । विज्ञहरूको प्रतिवेदन प्राप्त भएपछि निर्माण कार्य अघि बढ्ने जानकारी गराउनु हुँदै उहाँले निर्माण कार्य स्थानीय उपभोक्ता समिति मार्फत गर्नुपर्नेमा जोड दिनुभयो ।
भेटघाट कार्यक्रममा पुनः निर्माण प्राधिकरणका सम्पदा महाशाखाका प्रमुख मानन्धरले भक्तपुरको सिद्धपोखरी र भाज्यापोखरी पुनः निर्माणको अनुभवलाई काठमाडौंको रानीपोखरी पुनःनिर्माण कार्यको लागि प्रयोग गर्न चाहेको बताउनुहुँदै आवश्यक सहयोगको लागि आग्रह गर्नुभयो । भेटमा भक्तपुर सम्पदा संरक्षण र विकास निर्माणलगायतका कार्यहरूको विषयमा छलफल भएको थियो । भेटमा भ.न.पा.का वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र प्राधिकरणका वरिष्ठ इन्जिनियर धु्रुव पौडेलको पनि उपस्थिति रहेको थियो ।
भक्तपुर नपाले आफ्नै स्रोत र मौलिक अनुभव प्रयोग गरी नगरका सिद्धपोखरी र भाज्यापोखरीको पुनःनिर्माण गरिसकेको छ ।
Leave a Reply