तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडांै । नेपाल मजदुर किसान पार्टी काठमाडांै जिल्ला समितिको आयोजनामा सोमबार समसामयिक राजनीतिबारे कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशमा राजनैतिक विसङ्गतिका कारण सरकारले जनताले सोचेअनुरुप काम गर्न नसकेको बताउनुभयो ।
उहाँले समाजवाद स्थापनाको लागि सबै कार्यकर्ताहरू सङ्गठित र सैद्धान्तिक रुपले परिपक्व भएर जनताबीच जानुपर्छ भन्नुभयो । उहाँले सरकारमा जाँदैमा पार्टी ठूलो नहुने र सरकारमा गएका पुँजीवादी दलहरूले विदेशी शक्तिहरूसँग करोडौं रकम सहयोग लिई पार्टी सञ्चालन गरिरहेको बताउनुभयो । सत्ताधारी दलहरूले विदेशी शक्तिको भरमा देशलाई दाउमा राखेर देशको नदीनाला विदेशीलाई दिने शर्तमा आफ्नो सरकारको आयु लम्ब्याउने गरेको बताउनुभयो ।
नेमकिपा केन्द्रीय सदस्य सनकमान महर्जन, वैकल्पिक केन्द्रीय सदस्य एवं ३ नं. प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेमकिपा काठमाडांैका नरमान महर्जन र राजवीर डंगोललगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नेमकिपा काठमाडांै जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको थियो ।
Leave a Reply