तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १३ कार्तिक । हिमा गाउँपालिकामा गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले हाल देशमा दुईतिहाइ बहुमतको सरकार भए तापनि भ्रष्टाचार मौलाएको र सङ्घीयताको उपहास भएको बताउनुभयो ।
देशमा बलात्कारी, तस्करीजस्ता अपराधीमाथि कारबाही नगरी उल्टै अपराधीलाई प्रश्रय दिने काम सरकारले गरिरहेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताको हितमा काम गर्दै आइरहेको र समाजवादी व्यवस्था स्थापना गर्न नेता तथा कार्यकर्ताहरू लागिरहेको बताउनुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कार्ल माक्र्सको द्विसत्वार्षिकी वर्षैभरि मनाउने पार्टीको निर्णयानुसार नेता तथा कार्यकर्ताहरूले माक्र्सवादको अध्ययन गरी मजदुर किसानहरूको बस्तीमा पु¥याउनुपर्ने बताउनुभयो ।
वृष राउतको सभापतित्वमा भएको सो कार्यक्रममा गोरख शाहीले पनि बोल्नुभएको थियो । त्यस्तै तिलागाउँ मालिकाको लिहि गाउँमको सिंजाको नराकोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष शिवलाल डाँगीले जानकारी दिनुभएको छ ।
Leave a Reply