भर्खरै :

शिक्षक भेला

भक्तपुर, १४ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घको बासु मावि एकाइ समितिको आयोजनामा शिक्षक भेला भयो । भेलामा नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले नेक्राशिसङ्घले स्थापना कालदेखि शिक्षकहरूको हक हितको लागि कार्य गर्दै आइरहेको चर्चा गर्दै नेमकिपाको सिद्धान्तलाई आत्मसात गर्दै आइरहेको बताउनुभयो । उहाँले अन्याय र अत्याचारमा कुनै पनि ठूलो शक्तिको अगाडि नझुकेको चर्चा गर्दै नेक्राशिसङ्घका शिक्षकहरूले दिएको शिक्षा समाजवादउन्मुख हुनुपर्ने बताउनुभयो ।
बासु माविका प्राचार्य अम्बिका न्याइच्याईले नेक्राशिसङ्घको राष्ट्रिय सम्मेलनमा सहभागी हुन अनुरोध गर्दै कार्तिक १६ र १७ गते काभ्रेको नाल्दुममा हुन गइरहेको बताउनुभयो ।
नेक्राशिसङ्घ बासु इ.स. माविका अध्यक्ष लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षिका सुनिता घटुवाको अध्यक्षतामा एघार सदस्य नेक्राशिसङ्घ बासु इ.स पुर्नगठन ग¥यो । सो कार्यक्रममा शिक्षिका सुनिता घतुवा र शिक्षक राजकुमार ह्यौमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *