भर्खरै :

ब्राजिलमा सपथअघि नै राष्ट्रपतिको विरोध सुरु

साओ पाउलो, ३१ अक्टोबर । ब्राजिलमा नवनिर्वाचित फासीवादी राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा दसौं हजार जनताले विरोध प्रदर्शन गरेका छन् । भूमिहीन मजदुर, सहरी घरबारबिहीन तथा बेरोजगार युवा, मजदुर सङ्गठन र विद्यार्थीहरूले निर्वाचित राष्ट्रपतिको विरोध गरेका हुन् ।
उनीहरू ‘नट हिम’ (ऊ होइन) नाराका साथ विरोध प्रदर्शनी गरेका हुन् ।
उनले ब्राजिल वर्कर्स पार्टीका उम्मेदवार फर्नानन्डो हडाडलाई पराजीत गरी चुनावमा विजय हासिल गरेका थिए । तर उनले पद तथा गोपनीयताको सपथ लिन नपाउँदै ब्राजिलका अधिकारकर्मी, कामदार जनताले उनको विरोधमा प्रदर्शन गरेका छन् ।
बोल्सोनारो फासीवादी विचारधाराका पक्षपाती हुन् । उनले महिला, अल्पसङ्ख्यक, प्रगतिशील बुद्धिजीवीविरुद्ध कडा टिप्पणी गर्दै आएका छन् । उनको विरोधमा आएका प्रदर्शनकारीहरूमा महिला धेरै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *