सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
कोलोम्बो, ३० अक्टोबर । राष्ट्रपति मैथ्रिपाला सिरिसेनासमक्ष संसद बैठक बोलाउन माग गर्दै श्रीलङ्कामा दसौं हजार मानिसले राजधानी कोलम्बोमा प्रदर्शन गरेका छन् ।
राष्ट्रपतिले हालै बर्खास्त गरेका प्रधानमन्त्री रनिल विक्रमासिंघेको नेतृत्वमा भएको सो प्रदर्शनमा सहभागीहरूले प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई काम गर्न दिन र तत्काल संसदको बैठक बोलाउन माग गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शन रनिल विक्रमसिंघे बस्दै आएको प्रधानमन्त्री निवास पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै विक्रमासिंघेले राष्ट्रपतिबाट आफूलाई अपदस्थ गर्ने कदमको विरोधमा सिङ्गो देशबासी रहेको र राष्ट्रपतिबाट तत्काल राजनीतिक सङ्कट समाधानको माग गरेका थिए । राष्ट्रपति सिरिसेनाले गएको शुक्रबार रनिल विक्रमासिंघेलाई पदबाट बर्खास्त गरेर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
विक्रमासिंघेले सो कदमलाई संविधानविपरीत भएको भन्दै आएका छन् । उनले सभामुख कारु जयसुर्यालाई संसद अधिवेशन बोलाउन माग गरेका थिए । तर राष्ट्रपतिले सो सदन पनि निलम्बन गरेका थिए । मङ्गलबारको प्रदर्शनमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
Leave a Reply