नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
विन्टर ने
आफ्नो चुनावी अभियानको क्रममा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने धम्की दिएका थिए । यसले चीनलाई संरा अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुनेगथ्र्यो । यसो गर्दाको स्वाभाविक परिणाम भनेको संरा अमेरिका र चीनबीचको व्यापार युद्ध हुने थियो । जुन युद्धमा अमेरिका निःसन्देह हार्नेछ । त्यत्तिबेला ट्रम्पले आफ्नो उक्त धम्कीलाई व्यवहारमा उतार्ने थिए वा थिएनन्, कुनै टुङ्गो लागिसकेको थिएन । तथापि आफ्नो कार्यकालका सुरूका दिनमै ट्रम्पले अन्तर प्यासिफिक पार्टनरसीप (टीपीपी) बाट हात झिकेर चुनावताका धम्कीपूर्ण अभिव्यक्ति कार्यान्वयन गर्ने तत्परता देखाए ।
वास्तवमा चीनसँग खेलेर ट्रम्पले अज्ञात र जोखिमपूर्ण क्षेत्रमा हात हालेका थिए । एसियाली मामिलामा उनको जानकारी कम भएको कुरा त सन् २०१६ को डिसेम्बरमा ताइवानका राष्ट्रपति साए इङ्ग–वेनसँगको फोनवार्तामा उनी स्वंयले सार्वजनिक रुपमा स्वीकारेबाटै प्रस्ट भएको थियो । त्यसभन्दा अघि उनले ‘एक चीन’ नीतिबारे आफूलाई जानकारी नभएको भनी बोलेका थिए । उनले ‘एक चीन’ नीतिप्रति किन सम्मान गर्नुपर्छ भन्नेबारे आफूसँग जानकारी नभएको बताएका थिए । टीपीपीबाट ट्रम्पको फिर्ताले संसारकै नेतृत्वदायी आर्थिक शक्ति–संरा अमेरिकाबाट चीनको सम्बन्धलाई खुकुलो बनाउँदै लग्यो ।
चीनले केही समयसम्म संरा अमेरिकाबाट चालिने पहिलो कदमको प्रतिक्षा ग¥यो । चीन र संरा अमेरिकाबीचको व्यापार युद्ध क्षेत्रीय हिसाबमा पनि समस्याको विषय बन्ने थियो । दक्षिणपूर्वी एसियाको सन्दर्भमा चीन–संरा अमेरिका व्यापार युद्धको प्रभाव कम हुने थिएन । प्रमुख व्यापार साझेदारको नाताले व्यापार युद्धको सबभन्दा गहिरो नकारात्मक प्रभाव त संरा अमेरिका र चीनलाई नै पर्ने थियो । तर त्यो चीनको लागि सङ्कटको अवस्था बन्ने थिएन किनभने चीनको लागि संरा अमेरिकाभन्दा संरा अमेरिकाको लागि चीनको खाँचो अझ बढी पर्ने गरेको छ ।
ट्रम्पको दुर्भाग्य, आजको समय सन् १९८० को दसक होइन । बीस वर्षअघि परिस्थिति भिन्न थियो । त्यत्तिबेला चीन नाटकीय रुपमा अविकसित थियो । चीनले पश्चिमा प्रविधि र उत्पादन प्रविधिमा आफ्नो पहुँच खोजिरहेको थियो । तर आज चीनसँग उसले खोजेका सबै कुरा पुगीसरि भइसकेको छ । अनि जति पनि कुरा उसले अझै हासिल गर्न सकेको छैन, उसले संरा अमेरिकाबाहेक अरू देशबाट सजिलै प्राप्त गर्नसक्नेछ । संरा अमेरिकी बजार केही दसकअघिसम्म आकर्षक देखिन्थ्यो । तुलनात्मक रुपमा संरा अमेरिका बजार परिपक्व देखिन्थ्यो । तर आज नयाँ उदयीमान देशहरू भने पेकिङप्रति बढी आकर्षित छन् ।
चीनका उत्कृष्ट उत्पादनहरू जस्तै ल्यापटप कम्प्युटर र मोबाइल फोनको लागि तीव्र रुपमा फैलिंदो बजार भनेको भारत, ल्याटिन अमेरिका र अफ्रिकाजस्ता विकासशील क्षेत्र बनिरहेका छन् । अर्कोतिर चीन भने संरा अमेरिकाको लागि उसले उपेक्षा गर्नै नसक्ने बजार हो । सन् २०१५ को अन्त्यसम्ममा चिनियाँ उपभोक्ताहरूले मात्र १३ करोड १० लाख आइफोन किनेका थिए । जबकि संरा अमेरिकी उपभोक्ताहरूले त्यही अवधिमा जम्मा ११ करोड बराबरको आइफोन खरीद गरेका थिए । आइफोन भनेको त संरा अमेरिकाले चीनमा गर्ने कूल निर्यातको एउटा सानो हिस्सामात्र हो । १ लाख ५० हजार कामदारले काम गर्ने संरा अमेरिकाको वोइङ विमान कम्पनीबाट आगामी बीस वर्षमा चीनले मात्र झण्डै ६ हजार ८ सय १० वटा विमान किन्ने अनुमान गरिएको छ । बोइङ विमानको कारोबारमात्र पनि १० खर्ब अमेरिकी डलर बराबरको हुनेछ ।
ट्रम्पले व्यापार युद्ध सुरू गर्दा सबभन्दा तत्काल प्रभाव पार्ने क्षेत्र भनेको वालमार्टजस्ता कम्पनीहरू हुन् । वालमार्टजस्ता कम्पनीले अरबौं अमेरिकी डलर बराबरका सस्ता सामान चीनबाट आयात गर्ने गरेका छन् । ती सामानका उपभोक्ता भनेका ट्रम्पलाई राष्ट्रपति बनाउने मतदाताहरू हुन् । त्यस्ता उपभोग्य वस्तुको मूल्य एकाएक छोटो समयमा आकाशिनेछ । उपभोग्य वस्तुको उत्पादन लागत बढेर मूल्यवृद्धि हुने होइन, बरु करको वृद्धिका कारण मूल्यवृद्धि हुनेछ । चीन र संरा अमेरिकाबीचको व्यापार युद्धमा त्यसकारण चीनले सजिलै जित्न सक्ने अवस्था छ ।
चीनसँग अहिले विदेशी मुद्रा सञ्चय ३० खर्बभन्दा बढी अमेरिकी डलर छ । (यो एक वर्षअघिको तथ्याङ्क हो) । तर संरा अमेरिकासँग यत्रतत्र सर्वत्र छरिएर रहेको विदेशी मुद्रा सञ्चय १ खर्ब २० अर्ब अमेरिकी डलरमात्र छ । चिनियाँ वस्तुमाथि ट्रम्पले कर थोपरेलगत्तै विश्व व्यापार सङ्गठनमा उसले जरिवाना तिर्नैपर्ने हुन्छ । त्यसले त अन्ततः विश्व व्यापार सङ्गठनलाई समेत विघटनको मोडमा पु¥याउन सक्दछ । विश्व व्यापार सङ्गठनलाई जोगाउन संरा अमेरिकाले अझ बढी खर्च गर्नुपर्ने हुन्छ । यति सबै घटना हुन त केही समय पक्कै लाग्ला । तर यी सबै घटना हुनुअघि व्यापार युद्धले अमेरिकी व्यापार र रोजगारीमा विध्वंसकारी प्रभाव पार्नेछ । तर तुलनात्मक रुपमा चीनलाई भने यसले कमैमात्र प्रभाव पार्ने देखापर्दछ ।
वास्तवमा संरा अमेरिका–चीन सम्बन्धको महत्वलाई अरु खेलाडीहरूले चुनौती दिइरहेको अवस्था छ । चीनमा एप्पलको आइफोनको बिक्री स्थानीय चिनियाँ उत्पादकहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । सामसुङ भने चिनियाँहरूले टाल्नै नसकेका प्वालहरू आफूले टाल्न सकेकोमा ज्यादै खुसी छ । त्यसैगरी चिनियाँहरू एउटा युरोपेली कम्पनीबाट एयरबस किन्न अर्बौ डलर खर्च गर्न तयार छन् । त्यो युरोपेली कम्पनीले चीनमै ठूलो आकारको ट्वीन–एसल जेट विमान बनाउन (एसम्बल) गर्न आवश्यक पूर्वाधार चीनमै निर्माण गरिसकेको छ । गाडीको कुरा गर्दा धेरै चाँडै चिनियाँ गाडीहरूले मर्सिडिज, बीएमडब्ल्यु वा लुक्स र फोर्डलाई उछिन्नेछन् ।
चीन र अरू आर्थिक विज्ञहरू पनि दुई देशबीचको व्यापार चाहँदैनन् । अमेरिकी राजनीतिक प्रणाली ‘नियन्त्रण र सन्तुलनको सिद्धान्त’मा आधारित प्रणाली हो । तर जटिल मुद्दाहरूमा राष्ट्रपतिबाट आफ्नै विश्वासमा आधारित भएर चालिने विशेष कदमले जे पनि हुनसक्ने सम्भावना भने रहेकै हुन्छ ।
प्राध्यापक विन्टर मे दक्षिणपुर्वी एसिया र ओसिनिया आइएमडी विजिनेश स्कूलका क्षेत्रीय निर्देशक हुन् ।
आइएमडी जर्नल (२०१७)
नेपाली अनुवादः नीरज
Leave a Reply