भर्खरै :

रङ्गशाला निर्माणको जताततै विरोध

भक्तपुर, १६ कार्तिक । खेतीयोग्य जग्गा जमिन म्हासेर ‘अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला’ निर्माण गर्ने सरकारको योजनाप्रति भक्तपुरका किसानहरूले विरोध जारी राखेका छन् । रङ्गशाला निर्माणको लागि भन्दै शुक्रबार सूर्यविनायक नपा वडा नं ८ र ९ मा अनुगमनका लागि आएका युवा तथा खेलकुद मन्त्रालयका केही कर्मचारी र सत्तासीन दलका केही नेताहरूलाई स्थानीय जनता र जग्गामा खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरूले विरोध गरेका छन् । सूर्यविनायक नपा वडा नं १० मा पर्ने भकारीमूलमा बनाउने भनी प्रस्तावित सो रङ्गशाला सो स्थानका जनताको व्यापक विरोधपछि बाध्य भएर अन्यत्र जग्गा खोज्दै सरकारी मानिसहरू सूर्यविनायक नपा वडा नं ८ र ९ मा अवस्थित तौडोल क्षेत्रमा पुगेका थिए । उनीहरूको विरोधमा त्यहाँ पनि नाराबाजी भएको थियो ।
किसान र स्थानीय बासिन्दाले ‘जनतामारा नेता मुर्दावाद’, ‘रङ्गशाला बनाउन दिंदैनौं’, ‘खेतीयोग्य जमिन म्हास्न पाइँदैन’, ‘पीडित जनता एक होऔं’ आदि नाराबाजी गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री आउने भनी प्रचार गरिए पनि मन्त्री आएका थिएनन् । मन्त्रालयका केही कर्मचारी र सरकारी दलका कार्यकर्ता अनुगमन गर्ने भनी आएका थिए । स्थानीय जनताको विरोधपछि सो स्थानमा पूर्वनिर्धारित कार्यक्रम गर्न सरकारी पार्टीका कार्यकर्ता हच्केका थिए ।
 
https://www.facebook.com/100007722977546/videos/pcb.2181138165486928/2181136638820414/?type=3&theater

Leave a Reply

Your email address will not be published. Required fields are marked *