तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ कार्तिक । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार चियापान तथा शुभकामना कार्यक्रम भयो ।
शुभदिपावली–२०७५, नेपाल सम्बत ११३९ तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सदस्य सिर्जना सैंजूले देशको समसामयिक विषयमा बोल्दै वर्तमान सरकारले जनताको हित हुने काम गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
प्रदेश ३ मा सरकार पक्षबीच नै पदका लागि झगडा भएको उल्लेख गर्दै “सैद्धान्तिक बहसभन्दा पनि पद र पैसाकै विषयमा विवाद भएको छ । केशव स्थापित र प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलबीच भएको झगडाले त्यही कुरा सङ्केत गर्छ”, उहाँले भन्नुभयो, “अहिलेको नेकपा पनि पहिलेको एमालेजस्तै भाइ काङ्ग्रेस साबित हुँदैछ ।”
नेपालको क्षेत्रफल संविधानमा नै किटान गर्नुपर्ने कुरा नेमकिपाले उठाएको तर अन्य दलले नमान्दा नेपालको सिमाना झन–झन खुम्चिंदै गएको छ । भारतले हालसम्म नेपालको १० हजार वर्ग किलोमिटर भन्दा बढी सिमाना मिचेको छ, जुन १४ वटा सिङ्गापुरजस्तो देश बराबरको भूभाग हो । हाल नेपालको सिमाना १ लाख ३७ हजार १६२ कि.मि मात्र बाँकी रहेको कुरा बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका श्याम बिसुङ्खेले सरकारी पार्टीका स्थानीय नेताहरूले जसरी भएपनि रङ्गशाला बनाउने भनेर जनतालाई आतङ्कित पारेको विचार राख्नुभयो । सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजका संयोजक काजीबहादुर पञ्चले जनताको सांस्कृतिक स्तर माथि नउठेसम्म देशको विकास नहुने धारणा राख्नुभयो ।
आयोजक समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा भएको सो कार्यक्रमा महेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।
Leave a Reply