तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ कार्तिक । “सङ्घीयताको मर्म भनेकै एकै ठाउँमा राजधानी राख्नु हुन्न भन्ने हो । तर शासक दलहरू आज सङ्घीयताको यो भावनाविपरीत जान खोजिरहेका छन् ।”
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले शनिबार झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं वार्षिक साधारणसभामा उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले प्रदेश नं. ३ को संसदमा नेकपाको बहुमत सदस्यहरू रहेको तर उनीहरूले प्रदेशको स्थायी राजधानीको विषयमा ठोस निर्णय गर्न नसकेको बताउनुभयो । “भक्तपुरका केही सरकारी सांसदहरू नेमकिपाले गर्दा प्रदेश राजधानी भक्तपुरमा ल्याउन सकिएन भनी हल्ला फैलाउने गर्दैछन् । तर खासमा नेकपाभित्रकै अलमल र तानातानका कारण संसदमा बहुमत भएर पनि अझसम्म स्थायी राजधानी तोक्ने, प्रदेशको नामड्ढन गर्न सकेका छैनन् । यो नेकपाको अकर्मण्यता हो ।”, उहाँले भन्नुभयो ।
सभामा गोसाईले जनताको जल्दोबल्दो समस्यामाथि छलफल नगर्ने सहकारी संस्था जनताको संस्था हुन नसक्ने भएकोले त्यस्ता संस्थाहरू जनस्तरबाट विस्तारै पाखा लाग्दै जाने बताउनुभयो ।
संस्थाका ज्येष्ठ महिला सदस्य शंखमायाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ नं. वडाका वडा अध्यक्ष उकेश कवांले भक्तपुर नपाका विभिन्न गतिविधिबारे जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले व्याजको लोभ देखाउने सहकारी जनताको सहकारी हुने गर्दैन, त्यस्ता सहकारी संस्थाहरूले साधारणसभा पनि गर्दैनन् भन्नुभयो ।
संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवांले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सभामा सल्लाहकारद्वय लक्ष्मीभक्त कवां र विश्वराम कवां, श्रमिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि कृष्णनारायण मचामसी, प्रकाश गोसाई, नारायणप्रसाद मचामसी, मुना लवजूले पनि बोल्नुभएको थियो ।
संस्थाका सञ्चालक अध्यक्ष तुल्सीराम ग्वाछाको सभापतित्वमा सम्पन्न सभाको दोस्रो चरणमा सचिव बलराम गोसाईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद सुवालले आर्थिक प्रतिवेदन तथा राकेश सुकुपायोले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
गणेश बाँसुरी बाजाको मङ्गल धुनबाट सुरू सभामा संस्थाका शेयर सदस्यका छोराछोरीहरूमध्ये सार्वजनिक विद्यालयबाट रोशन त्वानाबासु र संस्थागत विद्यालयबाट जस्मिन रञ्जितकारलाई प्रमुख अतिथि गोसाईले प्रशंसापत्र, ट्रफि, मेडल प्रदान गर्नुभएको थियो । सभाको उद्घाटन गर्ने ज्येष्ठ महिला सदस्य शंखमायालाई सांसद गोसाईले दोसल्ला ओढाउनुभएको थियो ।
Leave a Reply