अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
एच.एस.सुवाल
मजदुर वर्गको राज्यसत्ता फ्रान्सको पेरिस कम्युन जम्मा ७२ दिन टिकेको थियो भने सर्वहारा वर्गका महान गुरु लेनिन र स्तालिनको कुशल नेतृत्वमा भएको रुसी अक्टोबर क्रान्ति ७२ वर्ष टिक्यो । किसानहरूबीच गएर सङ्गठन गर्न नसक्दा मजदुरहरूको सशस्त्र सङ्घर्षबाट स्थापित पेरिस कम्युन लामो समय टिक्न नसकेको हुनाले कम्युनको असफलता वा कमजोरीबाट सिकेर रुसी वोल्शेभिक पार्टीले सम्पूर्ण तह र तप्काका जनतालाई सङ्गठित गरे, तानाशाही जार सरकारको विरोधमा लाखौंलाख मजदुरहरूलाई पिटर्सवर्ग, मस्कोलगायका सहरहरूमा हुने ठूल–ठूला हड्ताल र प्रदर्शनमा स्वतःस्फूर्त भाग लिन प्रेरित गरे । रुस सन् १९१४ को प्रथम विश्वयुद्धको चपेटामा फस्दै गइरहेको बेला जार सरकारले १ करोड चालिस लाख सक्षम नागरिकलाई सेनामा जर्बजस्ती भर्ती गरेको कारण रुसमा उर्वरभूमि बाँझो हुन पुग्यो, उत्पादन घट्दै गयो र देशको अर्थतन्त्र चौपट बन्यो । तानाशाही जार सरकारले मजदुर किसानको घोडा र अन्न जफत गर्ने, कर थोपर्ने काम गर्दा विरोध गर्नेहरूलाई कठोर सजाय दिने मृत्युदण्डसमेत दिने निन्दनीय कार्यको विरोधमा बोल्शेभिक कम्युनिष्ट पार्टीले जनतालाई युद्धमा भाग नलिन, जार शासनविरुद्ध सङ्घर्ष गर्न, मजदुर र किसान वर्ग अर्थात सर्वहारा वर्गको हुकुम कायम गर्न युद्धलाई गृहयुद्धमा परिणत गरी कामदार जनताको हक हित र अधिकार प्राप्तिको निम्ति लड्न आह्वान ग¥यो । वोल्शेभिक पार्टीका कार्यकर्ताहरूले सेना प्रहरीलाई समेत प्रभावमा राख्ने, ठाउँ–ठाउँमा विद्रोहमा उतारे । सेना पनि जार सरकारको नीतिविपरीत वोल्शेभिकहरूसित मिल्न थाले । जमिनदारहरूको जग्गा कब्जा गर्ने, मजदुरहरूले दैनिक १२ घण्टाको कामलाई ८ घण्टामा सीमित गर्ने कार्य अक्टोबर क्रान्तिले ग¥यो । यस अर्थमा भन्ने हो भने अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सफल एवं उत्कृष्ट प्रयोग थियो । मजदुर वर्गको सक्रिय योगदानबाटै सन् १९१७ को फ्रेब्रुअरी क्रान्तिमा पुँजीपति वर्गले राजा निकोलस दोश्रोलाई गद्दी छोड्न लगाए । उक्त पुँजीवादी गणतन्त्र क्रान्तिले अस्थायी सरकार घोषणा ग¥यो जसमा ठूला जमिनदार र पुँजीपति वर्गका मानिसहरू धेरै थिए । उक्त अस्थायी सरकारमा सर्वहारा वर्गको शासन नचाहने सामन्ती र पँुजीवादी व्यवस्थाका पक्षधरहरू र मेन्शेविकहरूले भाग लिनाले मजदुर वर्गलाई अन्योल भइरहेको थियो । भित्रभित्रै मजदुर वर्गलाई धोखा र साम्राजयवादी युद्धलाई सहयोग भइरहेको थियो । मेन्सेविक र कतिपय समाजवादी क्रान्तिकारीहरूका मुख्य–मुख्य नेताहरू सामेल भएको संयुक्त सरकार क्रान्ति विरोधी र पँुजीवादी तत्वको रुपमा देखा प¥यो । सोही कारण बोल्शेभिकहरूले आफ्नो नीतिमा परिवर्तन गरी नेताहरूलाई गोप्य राख्ने र पँुजीपति वर्गको हुकुमलाई खतम गरी सोभियत हुकुम कायम गर्ने तयारी गरे ।
फेब्रुअरी क्रान्ति पुँजीवादी क्रान्ति थियो जसले व्यापक मजदुर किसानको हित नगर्ने भएकोले लेनिनको नेतृत्वमा सन् १९१७ अक्टोबर २५ तारिख अर्थात नोभेम्बर ७ का दिन समाजवादी क्रान्ति सफल भयो । अक्टोबर क्रान्तिले संसारमा पहिलोपटक एउटै देशमा पनि क्रान्ति सम्भव छ भन्ने देखायो । अक्टोबर क्रान्तिलगतै प्रतिक्रियावादी शासक दलका नेता मन्त्रीहरूलाई गिरफ्तार गरी जेलमा हालियो भने राजनीतिक बन्दीहरू रिहा गरियो । त्यस्तै क्रान्तिकारी भूमि सुधार लागू गरी किसानहरूलाई जमिन जोत्न दिइयो, सम्पूर्ण कलकारखानाहरूको राष्ट्रियकरण गरियो, असमान सन्धि सम्झौताहरू खारेज गरियो । युवाहरूलाई स्वदेशमै राजगारीको बन्दोबस्त गरियो ।
सामूहिक खेती, मेशिन औजारहरूको नवीन प्रयोग, उद्योग कलकारखानाहरूको तीव्र सञ्चालन र स्थापनाले मजदुर किसानको रगत र पसिनाको वास्तविक मूल्य दिन सक्ने स्थितिको विकास भयो । सोभियत सरकारले कालाबजारी र कुलाकहरूलाई दबाएर युद्धबाट आक्रान्त रुसी जनतालाई भोकमरी र अकालमृत्युबाट जोगाए । अर्को शब्दमा भन्नु पर्दा आर्थिक समानता कायम गर्ने, धनी गरिबबीचको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद हटाई एक समतामूलक विकसित र आदर्श समाज स्थापना गर्न अक्टोबर क्रान्तिले खेलेको महत्वपूर्ण भूमिकाबारे स्मरण गर्नु अपरिहार्य छ । क्रान्तिलगतै सोभियत रुसले विज्ञान र प्रविधिमा गरेको चमत्कारीपूर्ण विकासले संसारलाई पुँजीवादी व्यवस्थाले २००÷३०० वर्ष लगाएर गर्ने विकास सोभियत सङ्घले ४०÷५० वर्षमा गरेर देखाए । जसबाट सच्चा कम्युनिष्टहरू कस्ता हुन्छन्, देश र जनताको निम्ति कति जिम्मेवार भई काम गर्छन् भने स्पष्ट उदाहरण प्रस्तुत भयो । रुसी अक्टोबर क्रान्तिको बेला लेनिन, स्तालिनलगायतका नेताहरू प्रवासमा थिए । तर स्वदेशमा समाजवादी गणतन्त्र स्थापनाका लागि निरन्तर अध्ययन र सैद्धान्तिक सङ्घर्षलाई अगाडि बढाउनुभयो । अक्टोबर क्रान्तिले केबल रुसमा मात्र नभई संसारका धेरै देशहरूमा परिवर्तनको क्रान्तिको लहर ल्यायो । चीन, भियतनाम, कम्बोडिया, कोरिया, ल्याटिन अमेरिकी देश क्युवामा सर्वहारा वर्गको हितमा क्रान्ति सम्पन्न भयो । जसबाट साम्राज्यवादी र प्रतिक्रियावादीहरू निकै त्रसित छन् । कामरेड लेनिनको निधनपश्चात भने संशोधनवादी तत्वहरूले क्रान्तिलाई दबाउन नखोजिएको होइन तर कामरेड स्तालिनको दुरदर्शी नेतृत्वका कारण संशोधनवादीहरूको सबै प्रयास निस्फल भए । निश्चय पनि आज अक्टोबर समाजवादी क्रान्तिको महत्व झन्–झन् बढ्दै गइरहेको अध्ययनले बताउँछ । कामदार वर्गका जनताको स्वर्ग अर्थात शोसणरहित समाज व्यवस्था केबल समाजवादी बन्दोबस्तमा सम्भव भएको दृष्टान्त उक्त ऐतिहासिक अक्टोबर क्रान्तिले प्रस्तुत गरेको थियो ।
Leave a Reply