अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
न्हुछेरत्न बुद्धाचार्य
सदियांैदेखि अँध्यारो पथमा
आँसु आँसु बगाएर बाँचिरहेकाहरूको साथमा
दासताबाट मुक्त हुन लडिरहेका
यो धरतीका एक चेतनशील ज्यामी !
ढुङ्गामा पल्टेर आकाशमुनि सुतेर
असिना पानी घाम नभनी परिश्रम गरेर
भोकको बेदनाले घाउघाउ भएका
आजको यो जनयुगका सङ्घर्षशील नारी !
कुटो, कोदालो, हँसिया मुङ्गोको पसिना
प्रत्येक गोदामभित्र हजारौं श्रमिकको श्रमको मोती दाना
असत्य जम्मै बटुलेर भुँडी भरेकाहरूले चुसिराखेको
आफ्नो रगत पसिना फिर्ता लिन विद्रोह गरिरहेकी नारांदेवी !
तर, यो वर्तमानमा
विरोधको आवाज उठिराखेको प्रत्येक बस्तीमा
घाउघाउबाट निस्केका अभियानले
आफ्नो स्वार्थको सिकार गर्नेहरूको अन्यायको विरोधमा
मर्का, असन्तुष्टी र अभावहरूको
विस्फोटनका मागहरू उठिरहेका छन्
अन्यायी त्यो हो जसले अन्याय सहन्छ
यो लाखौं लाख पीडित मानवहरूको मुक्ति आवाज
गुञ्जिरहेका छन् यो धरती र आकाशभरि
अनि आँखाले देख्छ, आँखाको जवाफ
मनमा विझ्छ, मनको आवाज
यो वन पाखापर्वतमा जहाँ आगो हुन्छ
त्यहाँ पीडित मानव हुन्छ
जहाँ शोषितले पाइला चाल्छ
त्यहाँ आगोको झिल्को सल्कन्छ
मरीमरी बाँचेर माटोमा लडिबुडी काठमा ठोकिरहेकाहरूको
एकएक झुपडीबाट निस्केका आवाजले
युगान्तकारी परिवर्तनका ज्वाला देखापर्छ
अनि, यो दगमगाएको दबुलीमा बिउँझेका खुट्टाहरू उठेर
आफू आफू बीचमा मनको व्यथा खुलाएर
प्रत्येक ज्यामीहरूको तपस्या सपना पूरा गराउन
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आएका विद्रोहीको साहसले
मुक्तको आवाजले उन्मुक्त भएर निस्केको शक्तिले
यो सदियौंदेखि अँध्यारो पथलाई उज्यालो पारेर
भोलिका उदाउँदो सूर्यलाई पर्खिरहेका छन् यो आकाश, यो धरतीमा
Leave a Reply