भर्खरै :

सिन्धुलीगढीमा २५१ औं विजयोत्सव मनाइयो

–नारायण न्यौपाने
काठमाडौं, २४ कार्तिक । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आज २५१ औं विजयोत्सव भव्यरुपमा मनाइएको छ ।
नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाइराख्न सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कार्तिक २४ गते विजय दिवस मनाइने गरिएको छ ।
कमलामाई नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा सिन्धुलीगढी निर्माण गुरुयोजना सार्वजनिकीकरणको घोषणा पनि गरेको छ ।
तीन वर्षभित्र निर्माण पूरा गर्ने गुरुयोजना कार्यान्वयन गर्न रु. १७ करोड बजेट लाग्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।
त्यस अवसरमा युद्धमा वीरता देखाएका सैनिकको तस्वीरमा माल्यार्पण गरिनुका साथै नेपालको झण्डासमेत फह¥याइएको थियो । सिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो ।
विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दुकधारी अङ्ग्रेज जवानको ज्यान गएको थियो । अङ्ग्रेज फौजसँगको लडाईं असोजमा भए पनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कार्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएको छ ।
सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनाथीका लागि अनुरोध गरेको छ । हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ ।
त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सड्ढलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।
मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सड्ढलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो ।
नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा काठमाडौंतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’ का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो ।
उक्त ऐतिहासिक लडाईंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो ।
गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाइ रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ ।
विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको सिन्धुलीगढीमा भग्नावशेषका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकका अतिरिक्त बाह्य पर्यटकको पनि बाक्लो उपस्थिति हुन थालेको छ । वार्षिकरुपमा यहाँ कति पर्यटक पुग्छन् भन्ने तथ्याड्ढ कुनै निकायसँग रहेको छैन ।
नगरपालिकाले सोला भञ्ज्याङदेखि गढीसम्म पुग्ने बाटो सुधारका कार्य अन्तिम चरणमा पु¥याइसकेको छ । गढी क्षेत्रको मर्मतका लागि नगरपालिकाले यस वर्ष रु. एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । गुरुयोजना लागू भएसँगै नगरपालिकाले त्यस क्षेत्रमा जाने पर्यटकसँग शुल्क उठाउने योजना बनाएको छ । हाल गढी क्षेत्रमा वनभोजमा आउने समूहसँग प्रतिसमूह रु. ५०० शुल्क लिने गर्दै आएको छ ।
गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय दिने बोर्ड राख्नका साथै विभिन्न महत्वपूर्ण मठ मन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ ।
नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगर प्रमुख खड्ग खत्रीले जानकारी दिनुभयो ।
सिन्धुलीगढीका लडाइँमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धामात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाइँमा भाग लिएको’ स्मरण आफन्त जानलाई सुनाउने गरेको इतिहास पाइन्छ ।
‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्णविक्रम थापाको सिन्धुलीगढी घुरेर हेर्दा…. भन्ने बोलको त्यस क्षेत्रको लोकगीतले नेपालीलाई यो ठाउँको ऐतिहासिकताको स्मरण गराउन योगदान पु¥याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *