भर्खरै :

मिगुएल भियतनाममा

हनोई, ९ नोभेम्बर । भियतनाम र क्युवाका नेताहरूबीच दुई पक्षीय सहकार्यलाई अझ विस्तार गर्नेप्रति बलियो प्रतिबद्धता व्यक्त गरेको भियतनामको समाचार संस्थाले जनाएको छ ।
भियतनाम भ्रमणमा आउनुभएका क्युवाका राष्ट्रपति मिगुएल डायज–कानलसफ्गको भेटघाटका क्रममा भियतनाम कम्युनिष्ट पार्टीका महासचिव तथा भियतनामका नवनिर्वाचित राष्ट्रपति न्गुयन फु त्रोनले दुई पक्षबीचको सम्बन्ध विस्तारका विषयमा कुराकानी गर्नुभयो । दुई नेताबीच आर्थिक, व्यापार र लगानी सम्बन्ध अझ गहिरो बनाउने, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिलामा सहकार्य बलियो बनाउने तथा कृषि, जैविक प्रविधि, औषधिजन्य उत्पादनका सफ्गै काम गर्ने विषयमा कुराकानी गर्नुभयो ।
भियतनाम र क्युवाबीच बहुराष्ट्रिय सङ्गठन र मञ्चहरू विशेषतः संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र पूर्वी एसिया–ल्याटिन अमेरिका सहकार्य सङ्गठनमा आपसी सहकार्य बलियो बनाउन सहमत भएका छन् ।
दुई नेताबीचको कुराकानीपश्चात् दुई देशबीच केही व्यापार र वित्तीय सम्झौतामा हस्ताक्षर पनि भएको थियो । सन् २०१९–२०२३ को अवधिमा धान उत्पादनमा सहकार्य गर्ने परियोजनामा दुई देशबीच सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *