मध्यपूर्व सङ्कट गहिरिँदै
- जेष्ठ २८, २०८३
काराकस, ९ नोभेम्बर । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संरा अमेरिकाले थोपरेको कडा नाकाबन्दीबीच पनि आफ्नो सरकारले सुनलगायतका खनिज पदार्थको उत्पादन बिस्तार गर्ने घोषणा गर्नुभएको छ । “भेनेजुयलाले कहिल्यै पनि संरा अमेरिकी साम्राज्यवादको आदेश मान्ने छैन, भेनेजुयलाले सुन उत्पादन चालु राख्नेछ ।”, भेनेजुयलामाथि संरा अमेरिकाले हालै थोपरेको नाकाबन्दीको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो ।
नोभेम्बरको पहिलो साता संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाविरुद्ध नयाँ नाकाबन्दी थोपरेको थियो । सो नाकाबन्दीले संरा अमेरिकी नागरिक र संस्थालाई भेनेजुयलासँग कुनै पनि माध्यमबाट सुनको कारोबार गर्न रोक लगाएको छ ।
एउटा देशलाई सुनको उत्पादन र बेचविखनमा रोक लगाउनु पागलपनको अभिव्यक्ति भएको भन्दै माडुरोले सार्वजनिक शिक्षा, जनस्वास्थ्य र आवासको लागि सुनको उत्पादनलाई निरन्तरता दिने बताउनुभयो ।
Leave a Reply