भर्खरै :

श्रीलङ्काका राष्ट्रपतिद्वारा संसद् विघटन

कोलम्बो, २४ कार्तिक । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागू हुनेगरी संसद् विघटन भएको घोषणा गर्नुभएको छ ।
आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उहाँले संसद् विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नुभएको हो ।
सिरिसेनाद्वारा अपदस्त हुनुभएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनुभएको छ ।
राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका नियुक्त गरेको घोषणा गर्नुभएको थियो ।
सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गर्नुभएका पूर्वराष्ट्रपति राजपाक्षे श्रीलङ्कामा लोकप्रिय हुनुहुन्छ र साथै विवादास्पद हुनुहुन्छ । उहाँले आउदो जनवरी ५ तारिखमा निर्वाचन गर्ने घोषणापनि गर्नुभएको समाचारमा जनाइएको छ । विघटीत संसदमा २२५ जना सांसद रहेका थिए ।
राष्ट्रपतिको घोषणासँगै निर्धारित कार्यकालभन्दा दुई वर्ष अगाडि नै संसद विघटन भएर निर्वाचन हुनलागेको हो ।
राष्ट्रपति सिरिसेनाका यी घोषणा तथा निर्णयलाई विक्रमासिङ्घेले भने गलत भन्नुभएको छ । उहाँको पार्टीले पनि त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।
राष्ट्रपति सिरिसेनाले आफुलाई हटाउन नमिल्ने भएकाले आफूले प्रधानमन्त्री पद नछाड्ने र अहिले पनि आपूm नै प्रधानमन्त्री रहेको उहाँले दाबी गर्दै आउनुभएको छ ।
श्रीलङ्कामा बढ्दो राजनीतिक सङ्कटप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पनि आफ्ना पछिल्ला कदम सच्याउन राष्ट्रपति सिरिसेनालाई आग्रह गरेका छन् ।
राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानुनी चुनौती दिन सकिने अधिकारीहरूले बताएका छन् । सिरिसेनाद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेको पक्षमा संसद्मा बहुमत पुग्ने अवस्था नदेखिएपछि संसद् विघटन गरेको बताइएको छ ।
आफंैसँग राष्ट्रपति पदमा प्रतिश्पर्धा गरेका राजापाक्षेलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कमा नयाँ राजनीतिक सङ्कट सृजना भएको हो । (एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *