मोबाइल स्क्रिनमार्फत हुने अपराध बढ्दो ‘अपराधमा महिला’ दोस्रो राष्ट्रिय सम्मेलन
- जेष्ठ २५, २०८३
–सुरज सिंह
वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जतिसुकै मेहनत र सक्रिय कामकारबाही गरिरहेको दाबी गरे पनि अन्ततः सरकार गतिहीन भएको सत्तासीन नेकपाकै नेताहरूले स्वीकार गर्न थालेका छन् । दसैं अगाडि नेकपाका एक नेता माधव नेपालले सरकार गतिहीन भएको बताउँदै सदनमा समेत बोल्ने बताएका थिए । नेपालकै अर्का नेता झलनाथ खनालले यो सरकार र नेतृत्वसित कोही पनि खुसी नभएको बताएका छन् । नेकपाकै दुईमध्ये एक अध्यक्ष पुष्पकमल दाहालको भनाइ भने पिपलपाते खालको छ । उनी घडी सरकारले काम गर्न नसकेको र गतिहीन भएको स्वीकार्छन्, घडी सरकार सक्रियतापूर्वक लागिरहेको भनी जनता ढाँट्छन् । प्रधानमन्त्री र मन्त्रीहरू दुई चारवटा कार्यक्रममा जाने, रिबन काट्ने र समृद्धि घुलेका मीठा भाषण गर्न मात्र ठिक्क छन् । जनताका कैयौं जल्दाबल्दा समस्या समाधान गर्न सरकार हस्तक्षेपमा उत्रन सकेको छैन ।
यो सरकारको कामकारबाहीसित न सांसदहरू सन्तुष्ट छन् न प्रदेश सरकारहरू नै । न उद्योगी व्यवसायी सन्तुष्ट छन् न व्यापक कामदार जनता नै । उपभोक्ता हित संरक्षण गर्न र कालोबजारी रोक्न कुनै ठोस कदम चालेको छैन । समयमा कुनै ऐन निर्माण गरी सदनबाट पारित गराउन सकेको छैन, उल्टो संसदलाई छलेर अध्यादेश ल्याउने भन्दै हिंडेको छ । सरकारको गतिहीनताले देशकै विकास–निर्माणको गतिधिमा भएको छ । प्रधानमन्त्री मात्र नभई सिङ्गो मन्त्री परिषद् नै बिरामी त छैन भन्ने आशङ्का जगाएको छ ।
Leave a Reply