नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
अहिले देशभरका कुखुरापालक किसानहरू चिन्तित छन् । किसानहरूले आफ्नो उत्पादनको यथोचित मूल्य पाइरहेका छैनन् । मेहनत र परिश्रम गरेर दुईचार हजार रुपैयाँ हात पार्ने सपना देखेका किसानहरू घाटा खाई पछाडि हट्नुपर्ने अवस्था देखिएको छ ।
त्यसो त हिजोका दिनमा पनि कुखुरापालक किसानहरूका लागि राम्रो अवस्था थिएन तर अहिले जस्तो चल्लाको र दानाको मूल्य आकासिने र कुखुरा तथा अन्डाको मूल्य सहनै नसकिने गरी घट्ने अवस्था थिएन । दुई महिनासम्म अनेक जतन र मेहनतले हुर्काएका ब्रोइल र कुखुरा कोल्ड स्टोर र वधशालाका काँटामा तौलेर उनीहरूले दिएको मूल्यमा कुखुरा छोड्नुपर्ने र पैसाका लागि समेत हप्तौं र महिनौं कुराउने गरेको गुनासो किसानको छ । परिश्रम, मेहनत र लगानी ग¥यो, ग¥यो अन्तमा घाटा खानुपर्ने स्थिति रहिरहेमा भोलि गएर व्यवसायबाट पलायन मात्र नभई भारतमा झैं नेपालमा पनि किसानहरूले आत्महत्या गर्नुपर्ने अवस्था आउने किसानहरूको कथन असत्य लाग्दैन । दानाको निम्नतम मूल्य नेपाल दाना उद्योग सङ्घले र चल्लाको निम्नतम मूल्य नेपाल ह्याचरी सङ्घले निर्धारण गरझैं कुखुरा र अण्डाको निम्नतम् मूल्य किसानहरूको सङ्घले निर्धारण गर्न पाउनुपर्ने किसानको माग जायज छ ।
भेटेरीनरी औषधि पसलमा पनि अनुगमन गरिनुपर्छ र मूल्त्न्दा बढी रुपैयाँ लिन रोक लगाउनुपर्छ । निम्नतम् मूल्य किसानले तोक्न र लिन नपाउने हो भने दाना उद्योगी, व्यवसायी, वधशाला र कोल्ड स्टोर व्यवसायी तथा औषधि बिक्रेताहरू दिनानुदिन सम्पन्न हुँदै जानेछन् । तिनीहरूले चिल्ला गाडी र भव्य महलहरू उठाउँदै जानसक्नेछन् तर किसानहरू कुखुराको खोरमै कुप्रिनुपर्ने र झुण्डिनुपर्ने स्थिति रहनेछ ।
कुखुरा फार्म दर्ताको झन्झटिलो सरकारी प्रक्रियाले साना तथा मध्यम लगानीका किसानहरूले फार्म दर्ता गर्ने, सरकारी अनुदानको लागि निवेदन दिने अवस्था बनेको छैन । सरकारी अनुदान पनि पहुँचवाला ठूलो लगानी गर्नसक्ने पुँजीपतिहरूले मात्र पाइरहेका छन् । तसर्थ कुखुरापालक किसानहरूका जायज मागहरू पूरा गर्न नेपाल सरकार र सम्बन्धित सबै पक्षको समयमै ध्यान जाओस् ।
–सुविज्ञा थापा, भक्तपुर
Leave a Reply