भर्खरै :

युनिभर्सिटीको नयाँ अङ्कबारे

राजन अवाल
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको मुखपत्र युनिभर्सिटी त्रैमासिक लामो समयपछि पूर्णाङ्क ३१ प्रकाशित भएको छ । पत्रिकाको सम्पादकीयमा नेपालको नक्कली नक्सा खारेजको माग, बलात्कारीलाई मुत्युदण्डको माग र चीन–अमेरिका व्यापार युद्धबारे विचार प्रस्तुत छ । विचारले युनिभर्सिटीले समसामयिक राष्ट्रिय घटनाक्रममा जोड दिएको प्रस्ट हुन्छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अन्तर्वार्ताले युनिर्भसिटीको यो अङ्कलाई अझ बोझिलो बनाएको छ । का. रोहितको अन्तर्वार्ताबाट संशोधनवादी, दक्षिणपन्थी अवसरवाद र वामपन्थी अवसरवादबारे जानकारी मिल्छ । अन्तर्वार्तामा भनिएको छ, “क्रान्तिको मुख्य हितलाई छोडेर अल्पकालीन हितलाई स्वीकार्ने दृष्टिकोण अवसरवाद हो तथा क्रान्तिको सम्भावना हुँदाहुँदै पनि शान्तिपूर्ण सङ्घर्षको नाउँमा आत्मसमर्पणको उपाय दक्षिणपन्थी अवसरवाद हो । क्रान्तिको परिपक्व अवस्था तयार नहुँदै क्रान्तिको आह्वान गर्नु वामपन्थी अवसरवाद हो ।” अन्तर्वार्तामा बिमस्टेक र सार्क, विश्व व्यापार सङ्गठन र संरा अमेरिकाको बजार संरक्षण अवधारणाबारे प्रस्ट बनाइएको छ ।
नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको लेखबाट प्रतिनिधिसभामा व्यापक जनताको हितमा नेमकिपाद्वारा प्रस्तुत प्रस्तावसहित मौलिक हक विधेयक कसरी र किन पारित भएन भन्ने जानकार हुनसक्छौँ । शासक दलको सङ्कीर्ण स्वार्थका कारण व्यापक जनताको हितमा नेमकिपाले प्रस्तुत गरेका बुँदा बहुमतको नाममा अस्वीकृत भएको सो लेखमा उल्लेख छ ।
बुलेटिनमा ६९ औं चीन स्थापना दिवसको सन्दर्भमा माओ त्सेतुङले चीनलाई क्रान्तिको बाटोबाट समाजवादी चीन स्थापनातर्फ लगेको सैद्धान्तिक पाटो छोटोमा नेपाली कम्युनिष्टहरूसँग जोडेर लेख प्रकाशित गरिएको छ । सो लेख निकै महत्वपूर्ण छ ।
विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको अर्थशास्त्रको गहन विषय बुझ्न त्यत्ति सजिलो छैन । अर्थशास्त्र इतरका विद्यार्थीहरूले पनि बुझ्न सकिने गरी अतिरिक्त मूल्यको सिद्धान्तको बारेमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं. ३ का सांसद सिर्जना संैजुले लेख्नुभएको लेख सान्दर्भिक छ । सो लेखले पाठकलाई माक्र्सको आर्थिक सिद्धान्त बुझ्न केही सहयोग मिल्नेछ ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले अमेरिका –चीन व्यापार युद्ध र चीनको परिपक्वताको विषयमा जानकारीमूलक लेख छ । नेक्राविसङ्घ केन्द्रीय समितिका अन्य सदस्य र युवा लेखकहरूको विचार, चलचित्र समीक्षा, संस्मरण, कविता आदि यस बुलेटिनमा समावेश छन् । यसले नयाँ युवा लेखकहरूसँगै नयाँ पाठकहरू बढाउन सहयोग हुने आशा छ । पार्टीका केही महत्वपूर्ण सङ्कलित रचनाहरू इतिहासको पाना स्तम्भमा छापिएका छन् । अन्य पठनीय लेखहरू जस्तै, गोविन्दप्रसाद लोहनीको ‘कम्युनिज्म, धर्म र नैतिकता’, ‘एडुआर्डो ग्यालिआनोका सात किस्साहरू’ प्रकाशित छन् । हरिबहादुर श्रेष्ठको ‘विदेशमा पढ्ने नाति–नातिनालाई चिठी’ पत्र साहित्य अहिलेका नयाँ पुस्ताले पढ्नै पढ्ने साहित्य छ  । विदेश गएका युवा–विद्यार्थीमाझ यो लेख पु¥याउनुपर्ने देखिन्छ । नेक्राविसङ्घको महत्वपूर्ण गतिविधि पनि यसमा समेटिएको हुँदा यस बुलेटिनले नेक्राविसङ्घको सक्रियताबारे बुझ्न सहज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *