वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
श्रीलङ्का, १३ नोभेम्बर । श्रीलङ्काका राष्ट्रपति माथ्रीपाला शिरिसेनाले गैरकानुनी, असंवैधानिक र अप्रजातान्त्रिक रुपमा संसद भङ्ग गरेको भन्दै श्रीलङ्काको जेभीपीलगायतका विभिन्न राजनीतिक दलले त्यहाँको सर्वोच्च अदालतमा रीट दायर गरेको छ । जेभीपीका सूचना सचिव भिजिथा हारथले राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको भन्दै अदालतको ढोका घच्घचाउन लागेको बताए ।
राष्ट्रपतिबाट संसद भङ्ग गर्नुलाई संवैधानिक मान्दा भोलि कुनै पनि नवनिर्वाचित संसद भङ्ग गर्न राष्ट्रपति अधिकारसम्पन्न बन्ने उनको भनाइ थियो । जेभीपीले रीट दायर गर्न युएनपी, द टीएनएल, एसएलएमसी, नागरिक सङ्गठनलगायत विभिन्न स्वतन्त्र नागरिकको साथ लिएको छ ।
Leave a Reply