पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
अताक, यमन, २८ कार्तिक (एपी) । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहित विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।
ड्रोन आक्रमणबाट मारिएका व्यक्तिको पहिचान, सङ्ख्या र आबद्धताका बारेमा पर्याप्त प्रमाणको अभाव छ । तर यसै वर्षमात्र गरिएका ड्रोन आक्रमणको सङ्ख्या विश्लेषण गर्दा मारिएका कम्तीमा ३० जना अल–कायदासँग आबद्ध नरहेको एपीको अध्ययनले देखाएको छ ।
अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मृतकको सङ्ख्याका बारेमा कुनै विश्लेषण सार्वजनिक गरेको छैन, तर एउटा स्वतन्त्र अध्ययनमा यमनमा यस वर्षमात्र ड्रोन आक्रमणबाट लडाकू र गैर–लडाकू दुवै गरी करिब ८८ जना मारिएको जनाएको छ ।
एपीले अपुष्ट नै भएपनि एउटा गणना सार्वजनिक गरेको छ । यी ड्रोन आक्रमणबाट प्रायः सर्वसाधारण नै बढी मारिने गरेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ड्रोन आक्रमणमा अझ तिब्रता आएको छ । खोज पत्रकारिता व्यूरोकाअनुसार, दुई वर्षकै अवधिमा यमनमा झण्डै एकसय ७६ वटा आक्रमण भएका छन् जबकि ओबामा प्रशासनका आठ वर्षमा एकसय ५४ वटा ड्रोन आक्रमण भएका थिए ।
प्रत्यक्षदर्शी, परिवार, आदिवासी नेता र अधिकारकर्मीसँगको अन्तर्वार्ताका आधारमा अध्ययन गर्दा ड्रोन आक्रमणबाट मारिनेमा २४ जना सर्वसाधारण नागरिक र कम्तीमा छ जना सरकारी फौजमा आबद्ध सैनिक रहेका छन् ।
यमनको गृहयुद्धमा ड्रोनको प्रयोगका बारेमा धेरैलाई चासो समेत छैन । साउदी गठबन्धनले इरान समर्थित हुथी विद्रोहीविरुद्ध गरेको हवाई आक्रमणको छायाँमा ड्रोन आक्रमण परेको छ । साउदी आक्रमणकै कारण यमनको गृहयुद्धमा ५७ हजारभन्दा बढी नागरिक र लडाकूहरूको मृत्यु भइसकेको छ । द्वन्द्वका कारण हजारौंको भोकमरिका कारण अकालमा ज्यान गएको छ ।
तुलनात्मक रुपमा हेर्दा, यमनमा अमेरिकी ड्रोनका कारण भएको मृत्यु सयको हाराहारीमा छ । तर, ड्रोनबाट भएको मृत्युको यथार्थ विवरण खोजी गर्नेक्रम सुरु भएको छ । खोज पत्रकारिता व्यूरोले सन् २००९ देखि २०१६ को अवधिमा ड्रोन आक्रमणबाट १ हजार २० जनाको मृत्यु भएको जनाएको छ ।
सन् २०१७ र १८ मा २०५ जनाको मृत्यु भइसकेको छ । अर्को संस्था आम्र्ड कन्फ्लीक्ट लोकेसन एन्ड त्ेन्ट डाटा प्रोजेक्टका अनुसार पछिल्ला दुई वर्षको अवधिमा ३३१ जनाको मृत्यु भएको छ ।
यमनमा विभिन्न समूह एकअर्कासँग भिडन्त गरिरहेकाले ड्रोन आक्रमणबाट मारिने व्यक्तिको यथार्थ विवरण सङ्कलनमा कठिनाइ हुनेगरेको छ । अल–कायदाले पछिल्लो समय हुथी विद्रोहीविरुद्ध सङ्घर्ष गरिरहेको छ । हुथीविरुद्ध अमेरिका समर्थित गठबन्धनले आक्रामक कारबाही जारी राखेको छ ।
यमनका पहाडी इलाकामा लुकेर बस्ने अल–कायदा समूहका गतिविधिलाई सीमित गर्न अमेरिकी ड्रोन कारबाही केही सफल रहेको मानिन्छ । उनीहरूलाई ठुल्ठूला सभाहरू गर्न तथा मोबाइल फोनको प्रयोग गर्न पनि ड्रोनको उपयोगले सहयोग गरेको छ । अल–कायदाले अन्ततः दक्षिणी यमन छाडेको छ, तर हतियार राख्न र गोप्य सम्झौता बमोजिम युएईबाट रकम लिन पाउँछ ।
Leave a Reply