बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
सञ्चिता घिमिरे र मीना घोरासैनी
ललितपुर, २९ कार्तिक । पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण सम्पन्न भएको छ । भूकम्पभन्दा केही समय पहिलेदेखि पुनःनिर्माण सुरु भएको थियो ।
पाटनको कृष्ण मन्दिरसँगै, बहादुर शाहको बैठक, मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भागको पुनः निर्माण सकिएको छ । दुई मणिमण्डप र दुई स्तम्भको पनि काम सम्पन्न भइसकेको छ । भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको सालिक स्तम्भको निर्माण सकिसकेको छ ।
ललितपुर जिल्लामा रहेका स्मारकमध्ये कुनैको पुनःनिर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी), कुनै गुठी संस्थान र कुनैको स्थानीय समुदायले गरिरहेका छन् । कोषले यहाँका ११ स्मारक पुनः निर्माणको जिम्मेवारी लिएको थियो । तीमध्ये तिनको काम धमाधम भइरहेको छ । आगामी एक वर्षभित्र निर्माण सक्ने गरेर तिनको पुनःनिर्माण भइरहेको हो । चार नारायण , हरिशङ्कर र विश्वनाथ मन्दिरको निर्माणको धेरै काम सकिएको छ । आगामी वर्षसम्म सबै काम सम्पन्न भइसक्ने पाटन स्मारक तथा दरवार हेरचाह कार्यालयले जनाएको छ ।
चार नारायण र हरिशङ्कर मन्दिर कोषले नै बनाइरहेको छ । विश्वेश्वर मन्दिरको पुनःनिर्माण पाटन सांस्कृतिक समाजले गरिरहेको छ । यसको प्राविधिक पक्ष कोषले नै हेरिरहेको छ । कोषले जिम्मेवारी लिएका स्मारकको पुनः निर्माण भने सम्झौता भएको भन्दा चाँडो सकिने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपछि सुरु भएका स्मारकको पुनःनिर्माण चार पाँच वर्षमा सक्ने भए पनि त्यसअघि नै सकिने देखिएको छ ।”
कोषले भूकम्पभन्दा पहिलेदेखि पाटनमा रहेका स्मारकको मर्मत गरिरहेको थियो । कोषले जीर्ण स्मारकको भूकम्प पहिलेदेखि मर्मत गरेकाले पाटनमा भक्तपुर र काठमाडौंका दरबार क्षेत्रमा भन्दा कम क्षति पुगेको हो । अहिले पनि कोषले गरेको काम समत्न्दा पहिले नै भइरहेको र काममा कुनै पनि गुनासो नभएको प्रमुख प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “पाटनमा उपभोक्ता समिति वा अरू कसैलाई कामको जिम्मा दिंदा केभीपीटीले जत्तिको नगर्ने हो कि भन्ने छ ।”
कोषले गरेका बाहेक गुठी संस्थान आफैंले वा दातृ निकायको सहयोगमा निर्माण भइरहेका स्मारकको पुनःनिर्माण भने सुस्त छ । यसअघि लुभूको महालक्ष्मी सत्तल र पिलाछें गणेशको काम सकिए पनि अरू स्मारकको काम सुस्त भइरहेको छ ।
विभागले उपभोक्ता समितिलाई जिम्मेवारी दिएको कुम्भेश्वर र राधाकृष्ण मन्दिरको काम ढिलो भइरहेको छ । कुम्भेश्वर मन्दिर पुनःनिर्माणका लागि पहिले स्थानीयवासीका कारण ढिलो भएको थियो । कति तलासम्म भत्काएर मन्दिर पुनःनिर्माण गर्ने भन्ने र त्यहाँको सामानको सुरक्षा विषयले गर्दा काम सुरु हुन नै समय लाग्यो ।
Leave a Reply