भर्खरै :

श्रीलङ्काको संसद्मा कुटाकुट

कोलोम्बो, १५ कार्तिक । श्रीलङ्काको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ ।
संसद भङ्ग गर्ने राष्ट्रपति मैथ्रिपाला सिरिसेनाको घोषणा श्रीलङ्काली सर्र्वोच्च अदालतले उल्टाएपछि बसेको संसद बैठकले राष्ट्रपतिले नियुक्त गरेका प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको थियो । त्यसैको रिसमा बिहीबारको संसद बैठकमा पक्ष र विपक्षबीच हानाहान भएको हो ।
सभामुख करु जयसुरियाले बिहीबार संसदमा महिन्दा राजापाक्षे र रनिल विक्रमासिंघेमध्ये कोही पनि देशको प्रधानमन्त्री नभएको बताएका थिए । त्यही विषयमा भएको विवादका क्रममा विहीबार भएको झडपमा सांसदहरूले संसद बैठकमै पानीका बोटल हानाहान गरेका थिए । कतिपय सांसद भने भुईमा लडेका थिए । तनाव अनियन्त्रित भएपछि संसद बैठक सभामुखले स्थगित गरेका थिए ।
यसैबीच राष्ट्रपति सिरिसेनाले सभामुख जयसुरियालाई पत्र लेखेर आफूले अविश्वासको प्रस्ताव स्वीकार्न नसक्ने बताए । उनले संसदमा भएको मतदान संविधान, संसदीय अभ्यास र परम्पराविपरीत भएको बताए ।
प्रधानमन्त्री रनिल विक्रासिंघेलाई पदबाट अपदस्थ गरी राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । राष्ट्रपतिले संसदसमेत भङ्ग गरी आगामी जनवरीको लागि नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए । तर सर्वोच्च अदालतले राष्ट्रपतिको सो घोषणा बदर गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *