बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
एथेन्स, १४ नोभेम्बर । सार्वजनिक क्षेत्रका ग्रीसेली मजदुरहरूको साझा सङ्गठन एडीर्ईवाईले ज्याला र निवृत्तिभरणको पैसा वृद्धि गर्न माग गर्दै चौबीस घण्टे हड्ताल गरेका छन् । गएको अगस्टदेखि ग्रीसमा सुरू भएको तेस्रो चरणको सामाजिक लगानी कटौती कार्यक्रम (बेलआउट) यता आयोजित यो पहिलो ठूलो आकारको हडताल हो ।
हड्तालको क्रममा ग्रीसेली व्यवस्थापिकाअघि हजारौं मजदुरहरू भेला भएका थिए । उनीहरूले सामाजिक लगानी कटौतीविरुद्ध नाराबाजी गरेका थिए । मजदुरहरूले देशभरका सार्वजनिक क्षेत्रलाई ठप्प बनाएका थिए । सरकारी अस्पतालमा अत्यावश्यक सेवाबाहेक सबै विभाग बन्द गरिएका थिए भने विद्यालय तथा कर कार्यालय पनि ठप्प थिए ।
“हामी तलबवृद्धिको माग राखेर आन्दोलनमा आएका हौं । आठ वर्षदेखि हाम्रो ज्याला वृद्धि भएको छैन । हाम्रो आम्दानी चालिस प्रतिशतमा घटेको छ ।” हड्तालको आयोजक मजदुर सङ्गठनका नेता जायनिस पाइदासले भने ।
पछिल्ला आठ वर्षमा ग्रीसको अर्थतन्त्रमा केही सुधार देखिए पनि मजदुरहरूबीचको असमानता र रोजगारी असुरक्षा अझ फराकिलो बन्दै गएको छ ।
हड्तालको आयोजक मजदुर सङ्गठन एडीईडीवाईले सरकारलाई घर जग्गा सम्पत्ति कर कटौती गर्न र भ्याट पन्ध्र प्रतिशतमा झार्न माग गरिरहेको छ । साथै मजदुरहरूले निजीकरण बन्द गर्न, सार्वजनिक क्षेत्रमा ठेक्कामा मजदुरलाई काम लगाउने र सबै मजदुरविरोधी कानुन खारेज गर्न माग गरेका छन् ।
Leave a Reply