इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
एथेन्स, १९ नोभेम्बर । सन् १९६७–१९७४ को सैनिक शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न ग्रीसमा भएको आन्दोलनको ४५ औं वर्ष प्रवेशको अवसरमा गएको आइतबार ग्रीसको राजधानी एथेन्समा हजारौं ग्रीसेली जनताले प्रदर्शन गरेका छन् ।
सन् १९७३ को नोभेम्बरमा एथेन्स पोलिटेक्निकका विद्यार्थीहरूले सैनिक शासनविरुद्ध आन्दोलनको थालनी गरेका थिए ।
हरेक वर्षजस्तै यो वर्षको प्रदर्शन पनि नेसनल पोलिटेक्निक युनिभर्सिटी अफ एथेन्सबाट प्रदर्शन सुरू भएको थियो । त्यो ठाउँ संरा अमेरिकी दूतावासभन्दा ठीक बाहिर पर्दछ । प्रदर्शनकारीहरूले ग्रीसेली राष्ट्रिय गान गाएका थिए भने हातमा झण्डा बोकेका थिए ।
प्रदर्शन सुरू हुनअघि प्रदर्शनकारीहरूले सैनिक शासकले हत्या गरेका झण्डै बीस जना विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
“विद्यार्थीहरूले सैनिक तानाशाहविरुद्ध विद्रोह गरेको ४५ वर्ष भएको छ । यो नोेभेम्बर महिनाले हामीलाई सधैं उत्साह प्रदान गरिरहन्छ । त्यो घटनाले हामीलाई अझै धेरै हासिल गर्न बाँकी छ भन्ने कुरामा सिकाउने गर्दैन बरु कुनै पनि काम असम्भव छैन भन्ने कुरा पनि सिकाएको छ ।” वार्षिकीको सन्दर्भ ग्रीसेली प्रधानमन्त्री एलेसिस सिप्रासले भने ।
सो क्रममा केही अराजकतावादीहरू र दङ्गा प्रहरीबीच भिडन्त भएको थियो । भिडन्तको क्रममा कम्तीमा आठ जना मानिस गिरफ्तार गरिएको थियो । उनीहरूले फोहोर फाल्ने भाडो र अरु वरपरका कुरामा आगजनी गरेका थिए ।
Leave a Reply