इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
रियाद, २० नोभेम्बर । साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्यामा राजकुमार मोहम्मद बिन सलमान दोषी देखिएपछि साउदी राजपरिवारका सदस्यहरू उनलाई राजा बनाउन नहुने पक्षमा उभिएका छन् । राजा सलमानको उत्तराधिकारी मानिएका मोहम्मद बिन सलमानविरुद्ध संसारभरबाट व्यापक विरोध भएपछि राजपरिवारका सदस्यहरूले त्यस्तो विचार राख्न थालेको रोयटर्स समाचारस्रोतले बताएको छ ।
विगत चार वर्षदेखि साउदी अरबका सहायक गृहमन्त्रीको रुपमा काम गर्दै आएका राजकुमार मोहम्मद सलमान बिन साउदी राजपरिवारका शक्तिशाली पात्र मानिन्छन् । मोहम्मदविरुद्ध अन्तर्राष्ट्रिय रुपमा व्यापक विरोध भएपछि राजाको उत्तराधिकारी बन्न राजपरिवारका अन्य राजकुमारहरूले खुट्टा उचाल्न थालेका छन् । तर ८२ वर्षका राजा सलमान आफै जीवित रहेकाले उनीहरूले मुख खोल्न भने हिम्मत गरेका छैनन् ।
मोहम्मद बिन सलमानभन्दा अरु कोही पनि छोरालाई राजा बनाउनेबारे धेरैलाई विश्वास छैन । तथापि उनीबाहेक अरुलाई राजा बनाउने परिस्थिति बने ७६ वर्षीय राजकुमार अहमेदलाई राजा बनाउने सम्भावना रहेको छ । उनी राजा सलमानका एक मात्र जीवित भाई हुन् । दुई महिनाको विदेशयात्रा सकाएर अहमेद हालैमात्र स्वदेश फिर्ता भएका छन् । उनी लण्डनमा हुँदा साउदी सरकारको आलोचनामा बोलेका थिए ।
Leave a Reply