मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
गाजा, ८ मङ्सिर ः प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् ।
सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले झडपमा परी झण्डै एक सय जना घाइते भएको पत्रकारहरुलाई जानकारी दिनुभयो ।
इजरायली सैनिकको गोली लागी घाइते भएका मध्ये एक जना बच्चासहित १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
साप्ताहिक ¥याली निकाल्ने क्रममा झण्डप भएको अधिकारीहरुले बताएका छन् । यो शुक्रबारको ¥यालीसहितको प्रदर्शन ३५ औ पटक भएको हो ।
गाजामा भइरहेको ¥याली र प्रदर्शनलाई आन्दोलनकारीहरुले “द ग्रेट मार्च अफ रिटर्न” नाम दिएका छन् । (रासस/सिन्ह्वा)
Leave a Reply