तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ७ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ पूर्णाड्ढ २१ को अध्ययन गोष्ठी शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हरेक विद्यार्थी कार्यकर्ता शिक्षक पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सैद्धान्तिक रुपमा सचेत एकजना विद्यार्थीले धेरैलाई सचेत पार्न सकिने भएकोले सङ्गठनमा लाग्ने विद्यार्थीहरू हरेक क्षेत्रमा निपुण हुनु आवश्यक छ ।’’
पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी अन्तरक्रियाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले विनाअध्ययन अरूलाई प्रभावित गर्न नसक्ने बताउनुभयो ।
सरकारको समृद्धिको नारा जनता झुक्याउने षड्यन्त्रमात्र भएको चर्चा गर्दै उहाँले कम्युनिष्ट भनिने नेकपाको सरकारले कम्युनिष्ट सिद्धान्तअनुसार कुनै पनि काम नगरेको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेकपा समर्थित कर्मचारीको बाहुल्यता रहेको सरकारले काम गर्न नसक्नु सरकारको असफलता हो भन्नुभयो ।
सङ्गठनलाई जागिर खाने भ¥याङ बनाउने होइन जनताको सेवा गर्ने दबु सम्झनुपर्ने उहाँले बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरू जानकी सिजापति, बिलम सुवाल, तारा न्यौपाने, दिनेश विक, किशोर गोसाई, राजन अवाल, किरण गोसाई, सुरेश परियार, सरजु फसिकव, रमेश ग्वाछालगायतले पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply