भर्खरै :

आस्था सांस्कृतिक परिवारमा बधाइज्ञापन कार्यक्रम

भक्तपुर, ८ मंसिर । आस्था साँस्कृतिक परिवारमा शनिबार साँझ कलाकार भेला तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाइँले कार्यक्रममा गाइजात्राको अवसरमा हुने गाइँचा, फाकन्दली नृत्य प्रतियोगिता तथा नेपालभाषा साहित्य तःमुंज्यामा प्रस्तुत गरिएको लात् नृत्यमा सहभागी परिवारका कलाकारहरूलाई प्रमाणपत्र तथा धन्यवादपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा सांसद गोसाइँले विद्यार्थीले साहित्य अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुहुँदै व्यक्तित्व विकासको निम्ति रचनात्मक तथा सिर्जनात्मक कार्यहरूमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टी प्रकाशनहरू अध्ययन गरी विद्यार्थीले बौद्धिक तथा सैद्धान्तिक ज्ञान बढाउनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिका अध्यक्ष सबिन ख्याजूले सरकारले अपराधीहरूलाई संरक्षण दिइरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ भजिसका सचिव किरण गोसाइँ, आस्था साँस्कृतिक परिवारका अध्यक्ष सबिता दुवाल र उपाध्यक्ष प्रकाश प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *