‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
इलाम, ९ मंसिर । चियामा प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीको रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।
किसान आफैं उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकोले उद्योग स्थापना गर्न सुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आयस्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेतीतर्फ उन्मुख भएका हुन् ।
यहाँका चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग सञ्चालित छन् ।
केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैले उद्योग खोल्न थालेको बताउनुभयो ।
उहाँका अनुसार अहिले किसान आफै सचेत हुन थालेकाले नाफाकै लागि पनि उद्योग स्थापना गर्न थालेका हुन् । “अब किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन्”, राईले भन्नुभयोे । नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् । रासस
Leave a Reply