‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, ९ मंसिर । वागीश्वरी माविमा अध्ययनरत कक्षा १० का विद्यार्थीका अभिभावकहरूको भेला आइतबार सम्पन्न भयो ।
विद्यालयको हीरक वर्ष २०७५ को उपलक्ष्यमा हरेक कक्षाका अभिभावकको लागि छुट्टाछुट्टै विशेषज्ञद्वारा ‘अभिभावक जागरण कार्यक्रम’ सञ्चालन गर्ने क्रममा उक्त भेला भएको हो ।
भेलामा बालमनोविद् डा. गङ्गा पाठकले बालबालिकाको चरित्र आचरण सुधार्न अभिभावकको महत्वपूर्ण भूमिका रहने कुरामा विशेष जोड दिनुभयो ।
सूचना र सञ्चारको वर्तमान युगमा प्रविधिको उचित प्रयोग गर्न नजानेमा विज्ञान र बरदान नभई अभिशाप हुने विचार राख्नुहुँदै उहाँले केटाकेटीलाई मोबाइल अभिभावकको निगरानीमा निश्चित समयमा मात्र चलाउन दिनुपर्ने सुझाव दिनुभयो ।
बालबच्चा जुन विषयमा बिग्रन लागेको हो त्यो विषयमा अभिभावक उदाहरण बन्न सके बालबच्चा सपार्न गा¥हो नहुने धारणा राख्नुहुँदै उहाँले अभिभावक आफू चुरोट सल्काउँदै छोराछोरीलाई ‘चुरोट नखा’ भनेर नहुने उदाहरण दिनुभयो ।
आफ्ना छोराछोरीले जुनसुकै सानातिना भए पनि कुनै राम्रो काम गर्दा तारिफ गर्ने बानी बसाल्न आग्रह गर्नुहुँदै उहाँले प्रोत्साहनले बाल चरित्र सुधार्न धेरै भूमिका खेल्ने उदाहरण दिनुभयो ।
भेलामा विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीको रूचि र क्षमताविपरीत अभिभावकले करबल गरे विकृत हुनसक्ने औँल्याउनुभयो ।
कार्यक्रममा डा. पाठक र अभिभावकहरूबीच बालमनोविज्ञा–सम्बन्धी अनेक समस्याका बारेमा प्रश्नोत्तर भएको थियो ।
Leave a Reply