षड्यन्त्रकारीहरूदेखि सावधान !
- भाद्र ८, २०८३
काठमाण्डौ, १० मंसिर । ‘‘द्रुतमार्ग निर्माणको निहुँमा खोना र बोङ्गाको सम्पदा विनाश गर्नु हुँदैन । द्रुतमार्ग निर्माणका ठेकेदारहरूसँग सरकारका कुन–कुन नेताको के–कस्तो सम्बन्ध छ, छानबिन गर्नु आवश्यक छ ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दु्रतमार्ग पीडित खोना र बोङ्गाका जनतालाई समितिकै कार्यकक्षमा निम्ता गरी स्थिति बुझ्ने कार्य सूचीपछि बसेको समितिको बैठकमा सोमबार उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले समितिको कार्य क्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत परेको हुँदा प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई समितिमा निम्ता गरी द्रुतमार्गको आवश्यकता र औचित्यबारे छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
‘‘विना डीपीआर द्रुतमार्ग निर्माण सुरू गरिएको, पीडित जनताको जग्गाको मुआब्जा निकै कम भएको विस्थापित जनतालाई पुनःस्थापित गर्नेलगायत विषय सम्बोधन गर्न तत्काललाई द्रुतमार्ग निर्माण स्थगित गर्न सरकारलाई निर्देशन दिनु आवश्यक छ’’, उहाँले भन्नुभयो ।
नेकाका सांसद दिलेन्द्रप्रसाद बडूले पीडितहरूको भनाइमा एकरूपता नभए पनि सम्बोधन गर्नुपर्ने समितिको कार्य क्षेत्रमा परेको हुँदा तत्काललाई काम रोक्न सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेकाकै अर्का सांसद अमरेशुकमार सिंहले द्रुतमार्ग निर्माण भौतिक पूर्वाधार मन्त्रालयले सुरू गरेको हुँदा समितिको कार्य क्षेत्रमा नपर्ने बताउनुभयो ।
एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले डीपीआरविना नेपाली सेनालाई राइफल बोकाएर द्रुतमार्ग निर्माण गरेको गलत भएको उल्लेख गर्नुहँुदै तत्काललाई काम रोक्न नेपाली सेनालाई निर्देशन दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माओवादीका सांसद पम्फा भुसालले कर्मचारीतन्त्र जनविरोधी भएको, काठमाण्डौ उपत्यका विकास प्राधिकरणका प्रमुखले जग्गा किनेर राखेको कुन ठेकेदारले कमाउने र कसले कमिसन खाने थाहा नभएको बताउनुहुँदै काठमाण्डौका नेवार उठेपछि शासन सत्ता पल्टिने चेतावनी दिनुभयो ।
एमालेकै सांसद वृजेशकुमार गुप्ताले स्वीटजरलैण्डमा बाटो बनाउन पनि जनमतसङ्ग्रह गरिने तर नेपालमा जनतालाई नसोधी विमानस्थलसमेत बनाएको र डीपीआर तयार नगरी कुनै पनि योजना गर्न नहुने बताउनुभयो ।
एमालेका सांसद नवराज सिलवालले जनता सुकुमवासी हुने द्रुतमार्ग कसको लागि प्रश्न उठाउनुहुँदै सो मार्ग सुरू ललितपुरको हुकुसामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकाका मीना पाण्डेले द्रुतमार्गको काम तत्काल रोक्ने निर्देशन नगरी सम्बन्धित मन्त्रीलाई निम्ता गरी स्थिति बुझ्नुपर्ने बताउनुभयो ।
नेकपाका सांसद छक्कबहादुर लामाले हिन्दूको लागि पशुपतिजस्तै बौद्धमार्गीलाई मछेन्द्रनाथ र बोङ्गाको महत्व हुने भएकोले तत्काललाई द्रुतमार्ग निर्माण रोक्नुपर्ने बताउनुभयो ।
समितिका सभापति शशी श्रेष्ठले समितिका सदस्यहरूको मतअनुसार खोना र बोङ्गा क्षेत्रमा द्रुतमार्ग निर्माण तत्काल रोक्नुपर्ने निर्देशन दिए पनि निर्णय गर्ने साहस नगरेकोमा बैठकपछि सबै अचम्भित भए ।
Leave a Reply