भर्खरै :

दैलेखमा शाहीको शोक सभा

दैलेख, १० मंसिर । नेपाल मजदुर किसान पार्टी दुल्लू नगरपालिका वडा नं १२ को आयोजनामा गोमा शाहीको श्रद्धाञ्जली कार्यक्रम मंसिर ८ गते सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य वीरबहादुर भण्डारीले नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय सदस्य गोमा शाहीको निधनले पार्टीलाई धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँको शोकलाई शक्तिमा बदल्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका पूर्व जिल्ला सदस्य काशीराम दाहालको सभापतित्वमा भएको कानुन अध्ययन समाजका केन्द्रीय सदस्य शिवराज दाहाल, मोतीराम लम्सालले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं ७ को आयोजनामा शाहीको श्रद्धाञ्जली कार्यक्रम मंसिर ९ गते सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य इन्द्रप्रसाद चौलागाइले गोमा शाही निडर महिला कार्यकर्ता हुनुहुन्थ्योे, उहाँले लिएका विचारलाई जनताको माझमा पु¥याउनपर्ने विचार राख्नुभयो ।
नेमकिपा बाँकेका पूर्व जिल्ला अध्यक्ष पदमबहादुर शाही र नेमकिपाका धनिराम जैसीले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व नेमकिपा चामुण्डा विन्द्रासैनीका पे्रमबहादुर शाहीले गर्नुभएको थियो ।
त्यसैगरी नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति दैलेखको आयोजनामा पनि डुङ्गेश्वरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य एवम् नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले गोमादेवीको सडक दुर्घटनामा भएको निधनले पार्टीलाई पुगेको क्षति पूरा गर्न पार्टी कार्यकर्ताहरू अझ सक्रिय भएर पार्टी सङ्गठनलाई सशक्त बनाएर जनताको माझ पुग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति सदस्य नन्दलाल दाहाल, कानुन अध्ययन समाजका शिवराज दाहाल र नेपाल क्रान्तिकारी महिला सङ्घका जिल्ला सदस्य गोमा सावदले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *