भर्खरै :

नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र

१९४९, १५ सेप्टेम्बर
विगत चार दशकमा दुईवटा महान विश्वयुद्धहरू भए । पहिलो युद्धको परिणामस्वरुप विश्वको ६ भागको एक भाग पुँजीवादी कक्षबाट बाहिर आयो तथा समाजवादी सोभियत सङ्घ शक्तिशाली वैज्ञानिक समाजवादमा विकसित भयो र यो महान् ऐतिहासिकतामा फेरियो । यो महान् वास्तविकता विश्वका सबै मुलुकका शोषित र मेहनती जनताको लागि पुँजीवादी र सामन्ती दासत्वविरुद्ध आन्दोलन उठाउनको लागि निरन्तर दृढ प्रेरणा भएको छ ।
यसैले ग्रेट ब्रिटेन, फ्रान्स तथा अमेरिकी पुँजीवादी शासक वर्गले सोभियत सङ्घविरुद्ध फासिष्ट हिटलरलाई तयार गरे तथा प्रत्यक्ष विरोधी बनाए र दोस्रो विश्वयुद्धको लागि बाटो खोली दिए । तर दोस्रो विश्व युद्धको कारणबाट सोभियत सङ्घ ध्वस्त नभएको मात्र होइन, यसको अलावा पूर्वी तथा दक्षिण पूर्वी युरोपका धेरै राज्यहरू पुँजीवादी साम्राज्यवादी झ्यालखानाबाट मुक्त भए र विश्व समाजवादी शिविरलाई विस्तार गरे । दोस्रो विश्वयुद्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठूलो फडको मा¥यो तथा उपनिवेश भित्रका जनताले सशस्त्र क्रान्तिको बाटो समाते । यसले पुँजीवादी शिविर र दुर्गलाई गम्भीर आघात पु¥यायो ।
यो क्रान्तिकारी लहर दक्षिण पूर्वी एसिया पार गर्दै हाम्रो प्यारो भूमि नेपालसम्म आइपुग्यो । नेपालका मजदुरले १९४७ मार्चमा पहिलोचोटी पुराना सामन्ती क्रूर निरङ्कुश शासनलाई हाँक दिंदै युद्धमा प्रवेश गरे । विराटनगर जुट तथा कटन मिलका मजदुरहरूले उचित ज्याला तथा राम्रो काम गर्ने अवस्थाको माग राखी हड्ताल गरे । यो मजदुर हड्ताल कामरेड मनमोहन अधिकारीको नेतृत्वमा गोप्यरुपमा गठन भएको मजदुर युनियनको नेतृत्वमा भएको थियो । यस हड्ताललाई भारतीय विश्वासघाती समाजवादी नेता थात निकालिएका राणाद्वारा पृष्ठपोषण गरिएका नेपाली राष्ट्रिय काङ्गे्रसका नेताहरूले धोका दिए । यो हड्तालको लहर राजधानीमा समेत फैलिएको थियो । काठमाडौंमा यस्तै माग राखेर बिजुली अड्डाका सरकारी कर्मचारी, टक्सार विभाग, बैङ्क तथा अस्पातालका कर्मचारीहरूले हड्ताल गरे । यो हड्ताल यति सुदृढ थियो कि सरकार तलब बढाउन र रासनको बन्दोबस्त गर्न बाध्य भयो । यद्यपि काठमाडौं उपत्यकामा तलब वृद्धि गरियो र अन्नका दुकानको सहुलियत प्रदान गरियो, तैपनि सम्पूर्ण नेपालका जनताले यसलाई आफ्नै जीतको रुपमा लिए तथा आफ्ना अधिकारको लागि आम सङ्घर्षको आवश्यकतालाई महसुस गरे ।
सामन्ती स्वेच्छाचारी क्रूर शासकहरू नेपालमा १३८९ देखि शासन गरिरहेका छन् । यी शताब्दीयौंहरूबीच भएको परिवर्तनको दौरानमा खाली राणाहरूको निरङ्कुश शासनलाई बलियो पारेको छ । यद्यपि पुँजीवादी उत्पादन प्रणाली नेपालको केही भागमा प्रारम्भ भए तापनि सामन्ती उत्पादन प्रणाली र प्रशासनले अझै ठूलो प्रभाव पारिरहेको छ ।
आत्मनिर्भर प्राकृतिक अर्थतन्त्र अझै देशमा विद्यमान छ, तर यो नष्ट हुने अवस्थामा छ । कृषकहरू आफ्नो खानामात्रै उत्पादन गर्दैनन् उनीहरू अन्य प्रयोगका अधिकांश सामग्रीहरूको पनि उत्पादन गर्दछन् । राणाहरू, भूमिपति, द्वारे ठालूहरू, मुख्याहरूले किसानहरूबाट जबरजस्ती उठाएको कर आफ्नो निजी मनोरञ्जनमा खर्च गर्दछन् । सुरुमा करहरू सामानको साटफेरमा (बाटर) प्रयोग गरिंदैनथियो । तर आजकाल, यी सामन्ती जुकाहरूले बाटर प्रणाली सुरु गराएका छन् तर यसको निर्णायक भूमिका भने छैन ।
शामन्ती शासक वर्ग– राणाहरू साहेवज्यू, भारदारहरू, जमीनदारहरू, गुरुजीहरू (राजपुरोहितहरू) अरु विकसित मध्यमवर्ग अधिकांस जमिनका स्वामी छन् । कृषकहरूसँग ज्यादै थोरै जमिन छ वा यी भूमिहीन छन् । किसानहरूले मालिकहरूको जमिन आफ्नै औजारको प्रयोग गर्नुपर्छ तथा उत्पादित बालीको ३÷४ भाग मालिकलाई सन्तुष्ट पार्न बुझाउनुपर्दछ, १९२४ मा दास प्रथा उन्मुलन भए पनि राजद्रोहजस्ताको लागि मृत्युदण्ड अझै विद्यमान छ । सामन्ती मालिकहरूले १५ दिनसम्म किसानलाई थुन्नसक्ने कानुनी अधिकार पाइराखेका छन् । वास्तवमा किसानहरू कमाराभन्दा माथि छैनन् ।
किसानहरूले राणाका सन्तानहरू तथा सामन्ती मालिकको असह्य शोषणमात्र सहनुपरेको मात्र हैन, उनीहरूले सामन्ती नोकरशाहीतन्त्र तथा राज्यको जनविरोधी शल्स्त्र सेनाको भरणपोषण गर्नुको लागि शुल्क तथा कर तिर्नुपर्ने तथा जबरजस्ती श्रम गर्नुपर्दछ ।
मल्ल वंशको शासनकालमा नेपाललाई धेरै सामन्ती मालिकहरूले शासन गरे । तर पृथ्वीनारायण शाहको समय १७६९ देखि नेपाल राणा तथा तिनका सेवक (ह्याचम्यान) हरूले शासन गरेको केन्द्रीय सामन्ती निरंकुश राज्यमा फेरियो ।
नेपाली किसानहरूले न पहिले न वर्तमान अवस्थामा कुनै व्यक्तिगत शारीरिक अथवा राजनैतिक स्वतन्त्रता प्राप्त गरेका छन् । आजसम्म शताब्दीयौंसम्म सामन्ती शासक गुटको चरम शोषण तथा उत्पीडनको सामाजिक व्यवस्था करिब उस्तै भएर रहेको छ ।
प्रसिद्ध कोत पर्वको हत्यारा काण्ड (कप–डि–टेट) बाट राणा शक्तिमा आएको लगत्तैपछि विदेशी साम्राज्यवादी शक्तिहरू नेपाल तिव्ररुपले प्रवेश सुरु गरे । वास्तवमा नेपाल आज विदेशी साम्राज्यवादीको अर्थ उपनिवेश भएको छ । त्यसपछि नेपाल ब्रिटिस साम्राज्यवादको भाडाका सिपाहीको लागि भर्तिकेन्द्र भयो र महाराणा यस भर्तिका प्रमुख दलाल भए । आज पनि, भारतको पुँजीवादी नेहरू सरकारले भोका हजारौं नेपाली युवा किसानहरूलाई ब्रिटिस साम्राज्यमा मुक्ति आन्दोलन दबाउनको लागि ब्रिटिस साम्राज्यवादी भर्तिको लागि स्वीकृति दिएको छ । ब्रिटिस एकाधिकार पुँजीको नाफाको रक्षार्थ, अपराधी महाराणाले गरीब नेपाली जवानहरूको जीउ र रगत बेचिरहेको छ ।
यसमध्ये मुख्यतः वाल स्टेटको दलाल नेपालमा बनिसकेको छ र सोभियत सङ्घविरोधी सैन्य आधार नेपाली पवित्र माटोमा बनाउने योजनामा व्यस्त छ । भारतीय बुर्जुवाहरू पनि नेपालमा शोषण गर्नको लागि आफ्नो हात पसार्दैछन् । महाराणाले यस्ता सम्पूर्ण विदेशी शोषकहरूलाई नेपालमा बढिरहेको प्रजातान्त्रिक आन्दोलनको विरुद्ध आफूलाई बलियो बनाउनका लागि निम्ता इराखेको छ । यो प्रष्ट भइसकेको छ कि एङ्गले अमेरिकी साम्राज्यवादीको पुच्छर र भारतीय पिछलुग्गू शासकले गरीब नेपालीहरूको एउटा समस्या पनि समाधान गर्न सक्दैन । उसले नेपाली जनताका समस्यालाई बढाउन, गहिरो पनि मात्र सक्छ, जुन वास्तवमा आज गरिरहेको छ ।
यस क्रुर दमनकारी राक्षसी व्यवस्थाको विरुद्ध नेपाली जनता सङ्घर्षमा उत्रिसकेका छन् । पुँजीवादी उत्पादन प्रणालीको प्रवेशले नेपालमा मजदुर जो आधुनिक समाजमा ज्यादै क्रान्तिकारी वर्ग हो जन्मिसकेको छ । यी मजदुर वर्गले घृणित महाराणाको विरुद्धमा प्रजातान्त्रिक अधिकारको लागि भएको ऐतिहासिक हड्तालको सङ्घर्षमा आफ्नो क्रान्तिकारी चरित्रलाई देखाइसकेको छ ।
इतिहासमा प्रथमचोटि नेपाली जनताले काठमाडौंका शडकहरूमा राजनैतिक अधिकारको माग गर्दै प्रदर्शन गरे । फेरि नेपालीको जीवनमा पहिलोचोटि विद्यार्थीहरूले स्कूल संस्थाहरूमा राजनैतिक बैठक गरेर नागरिक अधिकारको नारा लगाउँदै सडकहरूमा प्रदर्शन गरे । यद्यपि यो आन्दोलनलाई बर्बर्तापूर्ण दमन गरियो, तैपनि शासक वर्ग नागरिक अधिकार सङ्घर्ष सही रुपमा महाराणा र उनका पिठ्ठूहरूको कमजोरीको स्वीकारोकक्ति र सङ्घर्षशील जनताको बढेको शक्तिको प्रमाणको रुपमा लिइयो ।
दोस्रो विश्वयुद्धपछि समुच्च संसार दुई खेमामा विभाजन भएको छ–साम्राज्यवादी खेमा, प्रतिक्रियावादी र युद्धको खेमा–अमेरिका र ब्रिटिस एकाधिकार पूँजीवादीले नेतृत्व गरेका छन् तथा सामाज्यवादविरोधी प्रजातन्त्र र शान्तिको खेमा–समाजवादी सोभियत सङ्घले नेतृत्व गरेको छ । एङ्गलो–अमेरिकी साम्राज्यवादी युद्ध पिपासुहरूले संसारभरिका प्रतिक्रियावादीलाई प्रत्येक देशभित्र उठिरहेको जनवादी शक्तिहरूको विरुद्ध, सक्रिय सहयोग गरिरहेका छन् तथा आक्रामक युद्धको नेतृत्व गरिरहेका छन् । तिनीहरू हत्तारिएर टाट पल्टिसकेको अमानवीय शोषणमा आधारित पुँजीवादी व्यवस्थाको रक्षार्थ, कठिनाइ उत्पन्न भएको पूँजीवादी सङ्कटबाट उम्कन सोभियत सङ्घ र जनवादी राज्यहरूको विरुद्ध तेस्रो विश्वयुद्ध उठाउन तयारीमा लागेका छन् । आज नेपालका शासक मण्डली खुला रुपमा साम्राज्यवादी, पुँजीवादी र युद्धको लाइनमा छ तथा जनताविरुद्ध यिनीहरूको बफादार नोकरजस्तै कार्य गरिरहेछ । राणाहरू नयाँ प्रचार माध्यमद्वारा जनतालाई यो विश्वास दिलाउन प्रयत्नशील छन् कि उनीहरूको बेलायत, अमेरिका तथा भारतसँग गरेको षडयन्त्रकारी सम्झौता हाम्रा जनताको शान्ति र आनन्दको लागि बाहेक केही होइन । भूतपूर्वप्रधानमन्त्री पद्म शमशेर राणाले त नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ समेत भन्न पुगे । वर्तमान प्रधानमन्त्री मोहन शमशेर राणाले नेपाललाई आधुनिक राज्य बनाउन पञ्च वर्षीय योजनाको समेत घोषणा गरे । तर यी जनताको आँखामा छारो हाल्नुभन्दा बढी केही होइनन् । वास्तवमा राणाहरूको बाटो नेपाललाई अमेरिकी युद्ध पिपासुको सेवामा सैनिक आधारको लागि समर्पण गर्ने बाटो हो, नेपालको जनशक्ति ब्रिटिस साम्राज्यवादलाई बचाउन समर्पण गर्ने बाटो हो तथा नेपालको व्यापार र वाणिज्य भारतीय बुर्जुवा र नेहरू सरकारलाई हस्तान्तरण गर्ने बाटो हो । महाराणासँग सम्झौता गरेर केही अमेरिकी फर्मले आउँदा तीस वर्षका लागि नेपालका पश्मिका केही भाग आफ्नो नियन्त्रणमा लिइसकेको छ । अमेरिकी मिसन काठमाडौंमा हाम्रो देशलाई उसको उपनिवेश बनाउन व्यस्त भएर अतिरिक्त समय काम गरिरहेको छ ।
ब्रिटिस साम्राज्यवादीहरू १८५७ देखि सधैं नेपालको जनशक्ति आफ्नो बदमाशी खेलमा प्रयोग गर्नका लागि भाडामा लिन उत्तिकै सक्रिय छन् । ९ नोभेम्बर १९४७ मा ब्रिटिस, भारत र नेपाल सरकारबीच काठमाण्डौमा हस्ताक्षर गरिएको सन्धिको एउटा वाक्याँशमा यस्तो लेखिएको छ –
‘भारत सरकार यो कुरा स्वीकार गर्दछ कि ब्रिटिस सरकारले गोरखपूर तथा धूमको भर्ति डिपोलाई अघिजस्तै प्रयोगमा ल्याउनेछ, जबसम्म अर्को भति डिपो भारत वा नेपालमा कतै तयार गरिने छैन’ (अन्डर लाईन हाम्रो)
यही एक वाक्यांशले नेहरू सरकार तथा महाराणाको सरकारको गफको चर्चा आकाशमा उड्यो । यो वाक्यांशले यो नाङ्गो सत्यलाई प्रमाणित गरिदियो कि नेहरू सरकार र नेपाल सरकार दुवै साम्राज्यवादी खेमाका प्रतिकृया र युद्धका सक्रिय भागिदार र नोकर हुन् ।
नेपाली जनताको दुर्भाग्यले यस कुरालाई पनि रोक्न सकेन आफ्नै नयाँ दिल्लीको सरकारद्वारा सुरक्षित गरिएका तथा अगाडि फैलाइएका भारतीय ठूला व्यापार विश्वयुद्धको समयमा नेपालमा ‘खुले’ । बिरला, सिंघानिया र चौदरियाले जुट, टेक्स्टाइल, कटन तथा चिनी मिलहरू नेपालमा खोलिसकेका छन् । नेहरू सरकार स्वयंले कोशी योजना लिएको छ । ठूलो मात्रामा आज नेपालमा लगानी गरिएको पुँजी भारतीय पुँजीपतिहरूको नै छ । यी भारतीय पुँजीपति सार्क (माछा) हरू नेपालको सस्तो श्रम र श्रोतको उपभोगले आफ्नो मनि व्याग (पैसाको थैलो) अझ बढाउन चाहन्छन र उनीहरू नेपालको औद्योगीकरण गर्न चाहँदैनन् – उनीहरू यसो गर्न चाहँदैनन् मात्र होइनन् यसो गर्न सक्दैनन् । तसर्थ नेपाली जनतालाई दोहोरो दासत्वभित्र ल्याइएको छ– पुँजीवादी शोषणले सहारा दिएको शामन्ती शोषणको दासत्व । नेपाल आफ्नो प्राकृतिक अर्थतन्त्रबाट विभक्त भएर र यस रोकावटको सङ्कटको कारणबाट अर्थतन्त्र जर्जर भयो । यसरी नेपालका जनताको मुक्ति अरु नष्ट हुन पुग्यो ।
तसर्थ नेपालका जनताले अर्को छुट्टै बाटो लिनुपर्छ– नेपालमाथि सामन्ती व्यवस्था र साम्राज्यवादी पुँजीवादी नियन्त्रणलाई पूर्ण मिल्काउनुपर्छ, यो कार्य विश्व जनवादी खेमासँगको सक्रिय संलग्नबाट गरिनुपर्छ र नेपाली मजदुर वर्गबाट नेतृत्व गरिएको श्रमिक जनताको जनवादी राज्य स्थापना गर्नपर्दछ, यस्तो राज्य व्यवस्थामा राष्ट्रको सम्पत्ति जनताको स्वामित्वमा हुनेछ तथा जनताको फाइदाको लागि विकास गरिनेछ । नेपाली जनताले जनवाद र समाजवाद स्थापनाको लागि लड्नैपर्छ । समाजवादको विजय भूमि–सोभियत सङ्घको अनुभव, पूर्वी युरोपीय जनवादी राज्यहरूको अनुभव, नवचीन, उत्तर कोरिया, उपनिवेशका जनताको मुक्ति, आन्दोलनहरूले दैनिकरुपमा गौरवपूर्ण सङ्घर्षमा उनीहरूलाई प्रेरणा दिनेछन् जसरी दास बनाइएका जनताले यत्रतत्र प्रेरणा पाइरहेका छन् ।
स्रोत ः नौलो साहित्य, २०३८
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *