नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
रामसुन्दर बासी
‘जहाँ ट्राफिक जाम, त्यहाँ सीताराम’ भन्ने भनाइ स्थापित भएको धेरै भइसकेको छ । ट्राफिक जाम धेरै हुने स्थानमा स्थानीय जनताको माग नै अब सीताराम यहाँ ल्याउनुप¥यो भन्ने हुन्थ्यो । हुन पनि सीतारामको विशेषता नै हो आफू गएको ठाउँमा ट्राफिक जामको समस्या केही दिनमै समाधान गर्नु । आफ्नो कार्यक्षेत्रमा समस्या समाधानको लागि उनमा स्थानीय जनताको सहभागिता लिनसक्ने खुवी थियो । बसपार्क व्यवस्थापन र पार्किङ व्यवस्थापनमा उनी अवल ट्राफिक हुन् । केही प्रहरीहरू समय–सयममा चर्चित हुन्छन् र समयसँगै चर्चा पनि सेलाएर जान्छ तर आजभन्दा २० वर्षदेखि सीताराम सदावहार चर्चित प्रिय प्रहरी हुन् । ट्राफिक जामले गर्दा घण्टौं जाममा बस्न बाध्य हुने यात्रुहरूको लागि जाम मुक्त बनाइदिने सीताराम त लोकप्रिय नै हुने भए ।
यी नै चर्चित प्रहरी अधिकृत सीताराम हाँछेथुले २९ वर्षे जागिरे जीवन केही दिन अगाडि टुङ्ग्याए । उनले अनिवार्य अवकास प्राप्त गरे । भक्तपुर जिल्लाको साधारण परिवारमा जन्मे हुर्केका र प्रहरीको सिपाहींबाट आफ्नो सेवा आरम्भ गरेका सीताराम हाछेथु कोटेश्वर, कलङ्की, सातदोबाटो, चावहिल, दरबार मार्ग, पाटन, कालिमाटीजस्ता काठमाडौंका अत्यधिक ट्राफिक जाम हुने ठाउँहरूमा महत्वपूर्ण जिम्मेवारी लिएर काम गर्ने व्यक्ति हुन् ।
ट्राफिक जाम समाधानको साथै उनले अर्को धेरै महत्वपूर्ण काम गरे । देशकै राजधानी काठमाडौंजस्तो सहरमा दिनभर धुलो धुवाँमा र चर्को घाममा उभिएर काम गर्ने ट्राफिक प्रहरीका लागि विश्रामस्थल थिएन । काम गर्नेहरूलाई आराम पनि चाहिन्छ भन्ने उद्देश्यले सहकर्मीहरूको विश्रामस्थल बनाउने जिम्मा पनि यी नै सीतारामले लिए । आज कोटेश्वर होस्, सातदोबाटोको ट्राफिक कार्यालय होस्, सीताराम हाछेथुले नै जग खनेर बनेका हुन् । इँटा बोकेका गाडीबाट १०–१२ वटा इँटा र बालुवा गाडीबाट ५–६ सावेल बालुवा सहयोग लिंदै जनताको प्रत्यक्ष सहभागिता र सहयोगमा भव्य ट्राफिक कार्यालय बनाएर देखाइदिए उनले । यसरी पनि प्रहरी कार्यालय बन्छ भन्ने कुरा देशभरका प्रहरीहरूलाई उदाहरण दिए । आज यी कार्यालयमा ट्राफिक प्रहरीहरूले विश्राममात्र गर्ने होइनन् यातायातका विषयमा हुने सामान्य विवादहरू समाधान गर्ने सरकारी अफिस बनेका छन् । नजिकै अफिस नहुने समयमा सामान्य विवाद भए पनि मानिसहरू आफ्नो दिनभरको समय बर्बाद पारेर ट्राफिक कार्यालयको हेड अफिसमै पुग्नुपर्ने बाध्यता हुन्थ्यो । सर्वसाधारण र स्थानीयसँग समस्याहरूको छलफल गर्ने र पाहुनाहरूलाई आतिथ्य गराउने गतिलो ठाउँ पनि भएको छ । सहरका मुख्य–मुख्य ठाउँमा रहेका यस्ता कार्यालयमै हिजो आज सडकमा राखिएका सीसी क्यामेराहरूको निगरानी गर्ने र छिटोभन्दा छिटो आवश्यक काम कारबाही गरी ट्राफिक जामलगायत अन्य दुर्घटना न्यूनीकरण गर्ने राम्रो कार्यक्षत्र बनेका छन् ।
जनता भनेका सादा पोसाकका प्रहरी हुन् भन्ने भनाइलाई चरितार्थ गर्न सीताराम हाछेथुले ट्राफिक जाम घटाउन मानिसहरूको पनि सहयोग लिएर काम गरेका थिए । बाटोमा हिँड्ने पैदल यात्री होस् वा मोटरसाइकल, कार चलाउने चालक होस्, सबैलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन बसेका स्वयम्सेवक युवाविद्यार्थीहरूलाई यी नै हाछेथुले तयार गरेका हुन् । विद्यालय विद्यालय गई ट्राफिक नीति नियमको कक्षा सञ्चालनको सुरुवात पनि सीतारामले नै गरेका हुन् ।
आफ्नो कर्मथलो हिँड्दा जहिले पनि क्यामेरा लग्ने र सडकमा हुने गरेका दुर्घटनाहरूको फोटो सङ्कलन गर्ने र भविष्यमा फेरि यस्ता प्रकारका दुर्घटना नहोस् भनी त्यस्ता फोटोहरू सोसियल मिडियाबाट प्रचार गर्ने परिपाटीको विकासमा उनको योगदान छ । आज पनि उनका ट्राफिक जनचेतनाका लागि तयार गरिएका धेरै भिडियोहरू युट्युवमा हेर्न सकिन्छ । ट्राफिक जनचेतनामूलक नाटकहरूमा पनि उनले कलाकार भएर अभिनय गरेको पाइन्छ ।
केही समयअगाडि एक पत्रिकामा “नेपाल प्रहरीका पाँच हिरोहरू” भन्ने लेख लेखेको थियो । त्यसमा रमेश खरेल, सर्वेन्द्र खनाल, पुस्कर कार्की, प्रधुन्न कार्की र सीताराम हाछेथु रहेका थिए । यीमध्ये प्रधुन्न कार्की एसएसपी हुन् भने बाँकी तीन रमेश, सर्वेन्द्र र पुस्कर डीआईजी हुन् तर सीताराममात्रै इन्स्पेक्टर हुन् । पाँच हिरोहरूमा सीताराममात्रै ग्राउण्डलेवलका प्रहरी अधिकृत हुन्, आफै फिलमा खट्नुपर्ने पोष्टमा । अहिलेका आइजीपी सर्वेन्द्र खनालले गुण्डा घंैटे र पुस्कर कार्कीले गुण्डा चरीको इन्काउन्टरबाट चर्चा बटुलेका थिए । आजभन्दा २० वर्ष अगाडि नै सीताराम हाँछेथुको नाम चर्चित थियो । सम्भवतः उनी सिपाहीं हुँदादेखि नै धेरै मान्छेहरूबीच लोकप्रिय थिए । सामान्यतया तल्लो तहका प्रहरी आफ्नै बलबुत्ताले मात्र लोकप्रिय हुनसक्छन्, माथिल्लो तहका भने पदले गर्दा त्यसै चर्चित हुन्छन् । सीताराम २९ वर्ष काम गरेपछि इन्स्पेक्टर हुन सफल भएको रहेछ । इमानदारीपूर्वक निरन्तर गरेको कामले तल्लो तहका प्रहरीहरूले जनताको मन जित्न सकिन्छ भन्ने कुराको उनी एक उदाहरण हुन् ।
उनको कामबाट सिक्न सक्ने अर्को एउटा राम्रो पक्ष भनेको आफूभन्दा माथिका प्रहरी अधिकृतहरूलाई आफ्नो काममा विश्वास दिलाउन सक्नु हो । उनले ट्राफिक प्रहरीमा जति पनि नौला काम सञ्चालन गरेका थिए त्यसको लागि निश्चय नै माथिल्लो तहका कर्मचारीहरूको सहमति र सहयोगविना गर्नसक्ने कुरा होइन । भलै त्यो काममा सीताराम आफै डटेर लाग्ने होला, तर चेनअफ कमाण्डमा चल्ने प्रहरी प्रशासनमा आफूभन्दा माथिल्लो तहबाट सहमति लिएरैमात्र काम गर्नुपर्ने हुन्छ । ट्राफिक भवन निर्माण गर्ने होस्, सडकमा सीसी क्यामेरा जडान गर्ने होस्, विद्यालयमा गएर ट्राफिक कक्षा सञ्चालन गर्ने होस् वा विद्यार्थी युवाहरूलाई स्वयमसेवक ट्राफिक बनाएर सडकमा सिठ्ठी बजाउन लगाउने काम किन नहोस् । यी सबैमा माथिल्लो पोष्टका प्रहरीहरूको अनुमति आवश्यक हुन्छ । माथिल्लो तहकालाई आफ्नो काममा विश्वास दिलाउन सक्नु उनको विशेष खुवी छ भन्ने कुरा यसबाट प्रस्टिन्छ ।
चालकहरूबीचमा मात्र उनी परिचित नभएर सर्वसाधारणमा पनि परिचित छन् । अनिवार्य अवकासको समाचार सोसियल मिडियामा पढ्दा धेरै मान्छेले अब फेरि पनि काठमाडौंमा ट्राफिक जाम हुने हो कि ¤ भन्ने कुरा अभिव्यक्तिबाट यो बुझ्न सक्छौँ । कसैले त “होइन उनलाई अवकास दिनैहँुदैन डीएसपी, एसपी बनाएर फेरि पनि काम गराउनुपर्र्छ” भन्नेहरू पनि छन् ।
निश्चय पनि प्रहरी प्रशासनमा भक्तपुरबाट सीताराम हाँछेथुभन्दा माथिल्लो पोष्टमा रहेर कार्यरत होलान् अन्य व्यक्तिहरू तर सीताराम हाछेथु भक्तपुरका लागि एक गौरवको विषय रहेको छ । ट्राफिक प्रहरीमा उनले सुचारु गरेका नौला कामहरूले आज देशलाई नै फाइदा भएको छ । भक्तपुर कला, संस्कृति, चाडबाड, शिक्षा, असल राजनीतिक नेता, सुशासनजस्ता कुराले आज देशैभरि चर्चित छ । यसमा अबदेखि अर्को नाम पनि जोडिन आएको छ सीताराम हाछेथु । हो, यो सहर ट्राफिक प्रहरी सीताराम हाछेथुको पनि हो । उनले पनि हाम्रो सहरलाई चिनाउन सहयोग गर्दै आएका छन् । अवकास जीवनको सन्दर्भमा “He is retired but not tired”भन्ने भावना बोकेर अगाडि बढ्न सकून् । शुभकामना ।
Leave a Reply