नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
-वाङ यीवेई
शुरुमा म तपाईहरुलाई एउटा कथा सुनाउन चाहन्छु । आजभन्दा बीस वर्षअघि जतिबेला म फुदान विश्वविद्यालयको विद्यार्थी थिएँ,मेरो त्यत्तिबेलाकी प्रेमिका(आजभोलिकी मेरी बुढी) पहिलो पटक मसँग मेरो घर जाँदैथिइन् । मेरो घर चाङ्सीको एउटा सानो शहरमापर्दछ । वसन्त पर्वको पूर्वसन्ध्याको समय थियो । हामी जानुपर्ने रेल मानिसहरुको भीडले चढी नसक्नु थियो । हामी रेलको डिब्बाभित्र पस्न पनि सकेनौं । फसाद प¥यो । आखिरमा केही सीप नचलेर तिनीलाई मैले रेलको झ्यालबाट भित्र छिराउनु परेको थियो । बल्लबल्ल भित्र पसेर पनि के गर्नु त्यहाँ बस्ने कुनै ठाउँ थिएन । उत्तिबेला यात्रा गर्नु त्यत्ति कष्टसाध्य थियो । समयान्तरमा मेरो गृहनगर तीब्रगतिवान रेलको सञ्जालले जोडियो । अनि मात्र मेरी प्रेमिका मसँग बिहे गर्न राजी भइन् ।
मलाई थाहा छ, चीनका अधिकांश छिमेकी देशहरुले आज त्यस्तै समस्या भोग्दै गरेका छन् जस्तो अहिले भर्खर मैले व्याख्या गरेको थिएँ ।आज चीनले व्यापक मात्रामा तीब्रगतिवान रेलसञ्जाल विकास गरिसकेको छ । तसर्थ हामीले हाम्रा छिमेकी देशहरुलाई पनि सहजयातायात प्रणालीको सपना साकार पार्न सहयोग गर्नु पर्दछ जुन सहयोगले सबैलाई आफ्नो घरको नजिक पु¥याउन सकोस् ।
‘बेल्ट एण्ड रोड’ पहलकदमीको विषयमा अहिलेसम्म मैले दुई वटा पुस्तक लेखिसकें ः ‘आफ्नो विकासबाट के दिन सक्छ चीनले ?’ र ‘संसार जोड्दै चीन’ । यी पुस्तक आजभोलि अंग्रेजी भाषामा पनि प्रकाशित भइसकेका छन् । आजभोलि भने म ‘वेल्ट एण्ड रोड २.०’ को विषयमा आफ्नो तेस्रो कृति लेख्दैछु ।
आज म तपाईहरुलाई चार वटा प्रश्नको उत्तर दिने प्रयास गर्नेछु ः रेशममार्ग के हो ? ‘बेल्ट एण्ड रोड’ पहलकदमी भनेको के हो ?अहिले हामी किन बेल्ट एण्ड रोडको यो काम गरिरहेका छौं ? र, बेल्ट एण्ड रोडको यो पहलकदमीले कसरी सम्पूर्णतः संसारलाई फाइदा गर्दछ ?
१५ औं शताब्दीमा अट्टोमन साम्राज्यको उदयसँगै दुई हजार वर्षसम्म रेशम मार्ग बन्द भयो र युरोपेलीहरुलाई चीन पुग्न समुद्रको यात्रा गर्नु प¥यो । फलतः युरेसियाली सभ्यताको अवन्नति भयो ।
रेशममार्गको पुनस्र्थापना कुनै बेला रेशममार्गसँग जोडिएका धेरै देशहरुले बोकेको सपना हो । सन् १९९० को दशकमा संरा संघ विकास कार्यक्रमले एउटा विशाल नक्सा बनायो जसले तीन वटा युरेसियाली पुल बनाउन प्रस्ताव गरेको थियो । ती पुलहरुले चीनलाई युरोपसँग जोड्ने काम गर्नेथ्यो । तर ती पुलहरु कहिल्यै व्यवहारमा बन्न सकेनन् । हामी आज ती पुलहरु बनाउन आशा गरिरहेका छौं ।
‘हामी एसिया र युरोपलाई जोड्नेछौं ।’,दुई वर्षअघि काजाकिस्तानमा राष्ट्रपति सी जिपिङले भनेका थिए । काजाकिस्तान संसारकोसबभन्दा ठूलो भूपरिवेष्ठित देश हो । काजाकिस्तानका सीमाना समुद्रबाट धेरै टाढा पर्दछ । त्यहाँ मोटरबाटो र तीब्रगतिवान रेलमार्ग सञ्जाल पनि छैनन् । त्यसकारण महादेशीय पुल बनाउन हामीले तीब्रगतिवान रेलमात्र होइन बरु मोटरबाटो र कम्तीमा ६५ वटादेशहरु जोड्ने इन्टरनेट सेवा पनि बनाउन सक्नुपर्दछ ।
सँगसँगै चीनका १८ वटा प्रान्तहरु यसमा जोडिनेछन् । चीनका मध्य तथा पश्चिमी भागका प्रान्तहरु, जस्तै चीनको छ खण्डको एक खण्ड भूभाग ओगटेको सिन्च्याङ प्रान्तले यसबाट धेरै फाइदा उठाउन सक्नेछ । साथै विकासका लागि तम्तयार चीनका ८ वटा छिमेकी देशहरु पनि यसबाट लाभान्वित हुनेछन् । हामीले सिन्च्याङलाई समुद्रसँग र युरोपसँग जोड्ने यातायात सञ्जालको प्रस्तावलाई कार्यान्वयनमा लान जरुरी छ । अहिले हामीले चीनका समुद्रसँग नजोडिएका प्रान्तहरुलाई युरोपसँग जोड्ने र विगतमा दुर्गम मानिएका प्रान्तहरु जस्तै सिन्च्याङ र युनानलाई जोड्ने तीब्रगतिवान रेलमार्ग बनिसकेका छन् । सिन्च्याङ र युनान प्रान्तहरु आज क्रमशः आर्थिक सुधारको अग्रभागमा आएका छन् । तपाईले नक्सा हेर्नुभयो भने युरोसियाली महादेशसम्म फैलिएका तीन वटा आर्थिक विकास क्षेत्र देख्न सक्नुहुनेछः पहिलो क्षेत्र छुनकिङबाट शुरु हुँदै सिन्च्याङ, मध्य एसिया, रुसबाट युरोपमा पुगेर टुंगिने गर्दछ ।
दोस्रो क्षेत्र उत्तरबाट मंगोलिया हुँदै रुसमा पुग्ने गर्दछ,
तेस्रो पाकिस्तान हुँदै हिन्द सागरमा पुग्ने गर्दछ ।
यीबाहेक पहिले नै सकिएका अरु धेरै बाटा, पाइपलाइन र सञ्चार परियोजनाहरु यी क्षेत्रको समग्र अन्तरसम्बन्ध(कनेक्टिभिटी)को लागि योगदान गर्न सक्नेछन् । यो कार्ययोजना र अरु रणनीति उत्प्रेरक हुनेछ जसले एउटा एकीकृत युरेसियाली बजार बनाउन सहयोग गर्नेछ । निसन्देह त्यो बजारमा अफ्रिका पनि समावेश हुनेछ ।
रेशम मार्गको पुनस्र्थापना र युरेसियाली सभ्यताको पुनर्जागरण, भविष्यको लागि यो हाम्रो सपना हो ।
त्यसो भए ‘बेल्ट एण्ड रोड’ पहलकदमी भनेको के हो त ?
यसको जवाफ म एक, दुई, तीन, चार, पाँच र छ गरेर दिनेछुः
पहिलो अवधारणाः बेल्ट एण्ड रोड ।
दोस्रो मार्गः भूमिको बाटो र समुद्रको बाटो । भूमिको बाटोलाई रेशममार्ग आर्थिक क्षेत्र र सामुद्रिक बाटोलाई २१ औं शताब्दीको सामुद्रिक रेशममार्ग भनिएको छ ।
तेस्रो सिद्धान्तः बहुपक्षीय परामर्श(साझा हितको समुदाय बनाउन विचार एक ठाउँमा ल्याउनु), बहुपक्षीय निर्माण (साझा जिम्मेवारीकोसमुदाय बनाउन स्रोतलाई एकाकार गर्नु) र बहुपक्षीय हित (साझा नियतिको समुदाय निर्माण गर्न जनताको हित गर्नु) ।
चोथौ प्रमुख शब्दावलीहरुः
अन्तरसम्बन्ध(connectivity), रणनीतिक उत्प्रेरणा, समन्वयकारी उत्पादन क्षमता र खुला सहकार्य, सद्भाव र सहनशीलताका सिद्धान्तमा आधारित तेस्रो बजारको विकास, बजारमार्फत कार्यबाही र आपसी हित ।
पाँचौं, चासोका पहलहरुः नीतिगत समन्वय, उपलब्ध सुविधाहरुको सम्बन्ध, बेरोकतोक व्यापार, वित्तीय एकीकरण र मानिस–मानिसबीचको सम्बन्ध । यस मामलामा कन्फुसियस प्रतिष्ठानले यो परियोजनामा सहभागी देशहरुका जनताको समर्थन पाउन निकै महत्वपूर्ण काम गरिसकेको छ ।
छ वटा प्रमुख क्षेत्रहरुः छ प्रमुख आर्थिक क्षेत्रहरु, १)चीन, मध्य एसिया, रुस र युरोप(बाल्टिक सागर) जोड्ने क्षेत्र, २) चीन, मध्यएसिया, पश्चिम एसिया, पर्सियाली खाडी र भूमध्य सागर जोड्ने क्षेत्र, ३) चीन, दक्षिणपूर्व एसिया, दक्षिण एसिया र हिन्द सागरको क्षेत्र ४)चीन र पाकिस्तान, बंगलादेश, चीन, भारत र म्यानमार(बीसीआईएम) जोड्ने क्षेत्र, ५) नयाँ युरेसियाली महादेशीय पुल र ६) चीन, मंगोलिया र रुस जोड्ने क्षेत्र । तीमध्ये चीन–पाकिस्तान आर्थिक क्षेत्रले अप्रशोधित तेल आपूर्तिको लागि बाटो प्रदान गरेको छ ।
बीसीआइएम आसियानसँगको व्यापारमा केन्द्रित छ । नयाँ युरेसियाली महादेशीय पुल युरोपसँग चीनको प्रत्यक्ष यातायात सम्बन्ध हुनेछ ।चीन–मंगोलिया–रुस आर्थिक क्षेत्र उर्जा स्रोतको विकास र राष्ट्रिय सुरक्षाको लागि निकै महत्वपूर्ण छ ।
त्यसो भए बेल्ट एण्ड रोडले देशहरुबीच अन्तरसम्बन्ध कसरी हासिल गर्न सक्छन् ? चीनलाई प्रस्थानबिन्दुको रुपमा मानेर नयाँ रेशममार्गले मध्यपूर्व र मध्य एसिया छिचोल्दै युरोप पुग्नेछ र यसले चीनले हासिल गरेको समृद्धि अरु देशहरुले पनि साट्न पाउनेछन् । चिनियाँ जनता बरोबर भन्ने गर्छन्ः ‘धनी बन्ने हो भने पहिले बाटो बनाऊ ।’ र ‘चाँडै धनी बन्नुछ भने तिमीसँग मोटरबाटो हुनु पर्दछ । चीनसँग मनग्य विदेशी संचिती छ र चीनले पूर्वाधार विकासमा बाक्लोसँग लगानी गरेको छ । एक दशकभन्दा कम समयावधिमा चीनले १८ हजार किलोमिटर तीब्रगतिवान रेलमार्ग विछ्याउन सफल भएको छ । तर अहिले हामीले कुरा गरिरहेको पहलकदमीको सफल कार्यान्वयनको लागि चीनले आफूसँग भएको ४ त्रिलियोन डलर लगानी गरे पनि अझै ८ त्रिलियोन डलर अपुग हुने गर्दछ ।
त्यसकारण हामीले सार्वजनिक–निजी–सहकार्य (पीपीपी) को अवधारणा लागु गर्न जरुरी छ ताकि राज्य र निजी क्षेत्रको लगानीमा संयुक्त रुपमा परियोजना सञ्चालन गर्न धेरै पैसा जम्मा गर्न सक्नेछौं ।

निसन्देह यो एउटा बृहत् परियोजना हो र योसँग जोडिएर थुप्रै चुनौतीहरु आउनु स्वाभाविक हो । ती चुनौतीहरुमध्ये पनि सबभन्दाठूलो चुनौती त आर्थिक नै हो । यो परियोजनासँग जोडिने आउने केही देशहरु विश्व व्यापार संगठनका सदस्य पनि होइनन् र कुनै देशले त खुला अर्थतन्त्र समेत स्वीकारेका छैनन् । यो सबभन्दा ठूलो चुनौती हो यो परियोजनाको । यो परियोजनासँग जोडिन आउने सबै देशहरुले राजनीतिक खतराहरु जस्तै परम्परागत तथा अपरम्परागत स्रोतहरुबाट आन्तरिक अस्थीरता, भूराजनीतिक खतरा र सुरक्षा खतराहरु झेल्नुपर्नेछ । धेरै स्थानहरुमा अन्तर्राष्ट्रिय सीमाना नदी वा जलप्रवाह छन् । ती स्थानहरुमा तपाईले बाँध बाँध्न चाहनुभयो भने मानौं कुनै एउटा मध्यएसियाली देशमा त्यस्तो बाँध बाँध्नको लागि तपाईले तलतिरका देशहरुको प्रतिक्रियाबारे पनि ध्यान दिनुपर्ने हुन्छ ताकि तपाईले सोही अनुसार काम गर्न सक्नुहुनेछ । केही देशहरुमा आफ्नै खालका कानुनी जटिलता छन् । जस्तै उदाहरणको लागि पोल्याण्ड । त्यहाँ पोलिस, युरोपेली र क्षेत्रीय कानुन सँगसँगै कार्यान्वयनमा छन् । हामीले केही गैरसरकारी संस्थाहरुसँग पनि मिलेर काम गर्नुपर्ने हुन्छ जसको कुनै कुनै देशको निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका रहने गर्दछ ।
योसँगै गाँसिएर आउने सक्ने अरु चुनौती भनेका नैतिक, साँस्कृतिक र धार्मिक चुनौती हुन् र मानवीय अन्तरक्रियासँग जोडिएका चुनौतीहरु पनि हुन् । ्यदि हामीले हाम्रा मनसाय मनग्य मात्रामा अरु देशहरुसँग सञ्चार गर्न सकेनौं भने उनीहरुले चीनमा बनेको वा चीनले बनाएको भन्दै मन नपराउन सक्छन् । त्यसो भयो भने यो पहलकदमीले स्थानीय समुदायहरुलाई जोड्नमा असफल हुन सक्दछ । यी सबै कुरा बोल्नु भन्दा गर्नु धेरै गाह«ो काम हो । त्यसकारण हामीले कसरी यो ‘बेल्ट एण्ड रोड’ पहलकदमी कार्यान्वयन गर्न सक्दछौं ? मलाई लाग्छ यसको समाधानको लागि हामीले कन्फुसियसबाट बुद्धि लिनु पर्दछ । उनले भनेका छन्–‘यदि कोही आफ्नै खुट्टामा उभिन चाहन्छ भने उसले अरुलाई पनि आफ्नो खुट्टामा उभिन सहयोग गर्नुपर्दछ । यदि कोही सफल हुने चाहना राख्दछ भने उसले अरुलाई पनि सफल बन्न सहयोग गर्नुपर्दछ ।’ सबै देशका आ–आफ्ना विकासका आवश्यकताहरु छन् र चीनको ‘बेल्ट एण्ड रोड’अवधारणा सन् २०३० सम्म दिगो विकास हासिल गर्ने संरा संघको लक्ष्य हासिल गर्न सबै देशहरुलाई सहयोग गर्नमा लक्षित छ । पूवा
र्धार निर्माणको सन्दर्भमा चीनको पेताओ जलयात्रा भूउपग्रह प्रणालीले सन् २०१८ सम्ममा बेल्ट एण्ड रोड पहलकदमीमा सामेलभएका देशहरुलाई सहयोग गर्नेछ र यसले सन् २०२० सम्ममा संसारका सबै देशहरुलाई समेट्ने लक्ष्य राखेको छ । त्यत्तिञ्जेलविश्वव्यापी सञ्जालको लागि इन्टरनेटको भर पर्नु पर्ने छैन । यो विशेषतः बाटो निर्माण र दुरशिक्षाको लागि ज्यादै उपयोगी हुनेछ । संसारमा विद्युत् नपुगेका केही ग्रामीण क्षेत्रमा शिक्षाको उज्यालो पु¥याउन यसले मद्दत गर्नेछ । यो प्रविधिले संसारकै सबभन्दा विपन्नठाउँका मानिसलाई उच्च प्रविधिको फाइदा लिन सक्ने अवस्थामा पु¥याउनेछ । यसअतिरिक्त चीनसँग विकासको अनुभवको खानी छ–एउटा यस्तो देश विकासको अनुभव जो अरु देशसँग कदापि छैन । हामी हाम्रा छिमेकहरुलाई चीनले सिकेका कुरा सिकाउन सक्छौं र हामीले गरेका गल्ती नदोहो¥याउन मद्दत गर्न सक्छौं ।
हामीले विगतमा गल्तीवश पछ्याएको शुरुमा प्रदुषण गर्ने र पछि सफा गर्ने मार्गचित्र अरु देशका निम्ति पाठको रुपमा रहने मैलेआशा गरेका छौं । चिनियाँ जनताको चिनियाँ सपना छ र अरु देशका जनताका आफ्नै सपनाहरु छन् । ‘बेल्ट एण्ड रोड’ पहलकदमीले अरु देशहरुलाई पनि आफ्ना सपना हासिल गर्न मद्दत गर्नेछ ताकि हामीले समृद्धि सबैसँग साट्न सक्छौं । नेपाल प्राचीन सभ्यता बोकेको देश हो र ‘बेल्ट एण्ड रोड’ पहलकदमीमा सामेल भएर सभ्यताको साझा पुनस्र्थापनको यसखाले भविष्य नेपालले पाउन सक्छ ।
विश्वव्यापी वित्तीय संकटपश्चात विश्व अर्थतन्त्रमा चीनको योगदान उल्लेख्य मात्रामा बढेको छ । चीनको योगदान संरा अमेरिकाको भन्दा दोब्बर गुणाले योगदान बढेको छ । पूर्वाधार निर्माण र वास्तविक अर्थतन्त्रको वृद्धिमा केन्द्रित वास्तविक अर्थतन्त्रमा लगानीका रुपमा ‘बेल्ट एण्ड रोड’ पहलकदमी विश्वव्यापी आर्थिक वृद्धिको चालक शक्ति बन्नेछ । यो परिदृश्यबाट हेर्दा धेरै विकासशील देशहरुसँग मनग्य क्षमता छ तर विश्वव्यापी कुल गार्हस्थ उत्पादनमा उनीहरुको योगदान मात्र २९ प्रतिशत रहेको हामी देख्छौं । जबकि विश्वको जनसंख्यामध्ये ६३ प्रतिशत ती देशहरुमा बस्दै आएका छन् । त्यसको अर्थ ती देशहरुमा आर्थिक विकासका प्रचुर सम्भावना अझै बाँकी छ ।
सारमा ‘बेल्ट एण्ड रोड’ पहलकदमीको मूल लक्ष्य संसारमा समृद्धि ल्याउनु हो भन्नेमा म विश्वास गर्छु । उत्तरसंकटकालीन युगमा धनी र गरिब, पूर्व र पश्चिमबीच ठूलो दुरी अझै बाँकी छ । देश–देशबीचको दुरी अझै गहिरिंदो छ । निसन्देश यो अवस्थाले ठूलो खतरा निम्त्याउँछ । तर ‘बेल्ट एण्ड रोड’ पहलकदमी यही खतराहरुको सामना गर्न आएको अवधारणा हो । यसले संसारमा समानता ल्याउने कुरामा आशा गर्न सकिन्छ ।
हामीले आजको संसारको नक्सा राम्ररी हे¥यौं भने हामी देख्न सक्छौं,अरबौं मानिसहरु आज आधुनिक युगमा बाँचेका छन् तर हामी अझै पनि सयौं वर्ष पहिले युरोपेलीहरुले पत्ता लगाएको व्यापारमार्ग र बन्दोबस्तहरु आज पनि प्रयोग गरिरहेका छौं । ई–कमर्शको विकाससँगै आन्द्र महासागर र प्रशान्त महासागर जोड्ने आजको व्यापार मार्ग पूर्ण क्षमतावान भएको छ र त्यहाँका धेरै बन्दोबस्त समयसापेक्ष गर्न जरुरी भएको छ । उदाहरणको लागि शताब्दियौं पहिले खनेको पानामा नहरको स्तरोन्नति गर्न हतार भइसकेको छ ।
आजको संसार यस्तो संसार हो जहाँ रातको समयमा जापान, उत्तर अमेरिका र युरोपका बन्दरगाह क्षेत्र मात्र उज्यालो भएर चम्किने गर्दछ र त्यहाँका जनताले मात्र आधुनिक युग भोगिरहेका छन् ।
भूउपग्रहले राति कुनै प्रकाश नदेख्ने विश्वका अरु भूभागका जनता गरिबीको अँध्कारमा बस्न बाध्य छन् । ‘बेल्ट एण्ड रोड’ पहलकदमीले अरु सबैतिर पनि उज्यालो पु¥याउने आशा गरेको छ । जसै रात झर्न थाल्छ, त्यहाँका जनताले पनि उज्यालोमा बाँच्न पाऊन् । यसको निम्ति औद्योगिकरणको आवश्यकता पर्दछ । विश्व बैंकको तथ्याङ्कअनुसार अन्दाजी ८० प्रतिशत विश्वका उपभोग्य बस्तुहरु संसारको समुद्रिक किनाराभन्दा बढीमा एक सय किलोमिटरको क्षेत्रमा निर्माण हुने गरेको छ । यसप्रकारको भूमण्डलीकरण भनेको आंशिक भूमण्डलीकरण मात्र हो । विश्वव्यापी सभ्यताको पुनस्र्थापना गर्न, भूमण्डलीकरणलाई अझ समावेशी बनाउन अझै धेरै अन्तरसम्बन्धको अपरिहार्यता छ ।
(लेखक रेनमिन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय अध्ययन कलेजका प्राध्यापक हुनुहुन्छ । सिन्ह्वा न्युज एजेन्सीको आयोजनामा काठमाण्डौमा आयोजित नेपाल–चीन थिङ्क ट्याङ्क सेमिनारमा यो कार्यपत्र प्रस्तुत भएको हो । )
अनुवादः नीरज
Leave a Reply