प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
रुपकेशरी उलक
— मामु ! म आज कति वर्ष ?
— ६ वर्ष ।
— अनि भोलि नि ?
— ६ वर्ष ।
— ईऽऽऽऽ अनि पर्सी नि ?
— पर्सी पनि ६ नै वर्ष ।
— ईऽऽऽऽऽ कहिले सम्म ६ वर्ष नि ?
— यो वर्षभरि नै ६ वर्ष हुन्छौ ।
एउटी सानी फुच्चीले आफ्नी आमासँग सोधेका अनौठा प्रश्नहरु सुनिरहँदा संयोग नै सही मेरो हातमा ‘तोत्तो चान’ किताब थियो । सानी–सानी फुच्चीले आफ्नी आमालाई झिँजोल्दै आफ्नो उमेर नबढेकोमा गरेका प्रश्नहरु साँच्चै अबोध खालका थिए । उनीहरुलाई मैले झ्यालैबाट टाढासम्म पछ्याई रहेँ । बच्चीले सायद यस्तै कति प्रश्नहरु गरेर आफ्नी आमालाई हैरान पार्दी हुन् !
‘तोत्तो चान’ भित्र पनि यस्तै एउटी बच्चीको कहानी छ । उनको नामै तोत्तो—चान हो । बालमनोविज्ञानलाई बोकेको यो कृति प्रत्येक अभिभावक र शिक्षकहरुका निम्ति खुराक बन्न सक्छ । बच्चाहरुको आफ्नै किसिमको सोचाइ र परिवेश हुन्छ, जुन ठूलाका निम्ति सामान्य र महत्वहीन हुन्छ तर उनीहरु त्यसैभित्र डुबेका हुन्छन् । ठूला मानिसहरुको कल्पनाभन्दा गहिरो कल्पनाक उनीहरु गरिरहेका हुन्छन् ।

नेपाली अनुवाद
आफ्नो उमेर सोध्ने सानी बच्ची अहिले कहाँ होलिन् ? उनकी आमा र शिक्षकहरूले पनि तोत्तो—चान पढिदिए कसो होला ! माया, प्रेम र अनुशासनको बारीमा हुर्कने फुच्चा–फुच्चीहरुको सुन्दर जीवनको चाहना र उनीहरूकै हेराइ र बुझाइमा पठनपाठन गरे असल अभिभावक बनिने ज्ञान पुस्तकभित्रको मियो हो
‘घाइतेहरूसँगको भेटघाट’ शीर्षकको घटना वर्णनले भने साँच्चिकै पाठक मन रुवाउन सक्छ । तोत्तो—चानले घाइते सिपाहीहरूलाई हँसाउन गाएको गीतले सिपाहीले बर्बर्ती आँसु झार्दै रुनु आफैमा मार्मिक छ । सिपाहीको आँसु गीतको भावले होइन बरु तोत्तो—चानभित्रको आफुहरूप्रतिको सम्मान र उसको अबोधपनाका कारण झरेको कुरा बुझन पाठकलाई कति नि गाह«ो हुन्न । त्यहाँ तोत्तो चानले गाएकी हुन्छे —“खाउ खाउ साथी हो चपाएर खाउ……
मासु भात माछा सबै चपाएर खाउ ”
सिपाही रोएको कारण खुलाउँदै लेखक आफै लेख्छन् —“किन उसको आँखामा आँसु आयो, ती सिपाहीलाई मात्रै थाहा होला । उनको पनि घरमा तोत्तो—चान जस्तै छोरी हुन सक्छे । अथवा, उसले जानेसम्म मीठो गरी उनको निम्ति गाइदिएकोले उनी भावुक भएको पनि हुनसक्छ । लडाइँको मोर्चामा हुँदा उनीहरू सबै भोकको शिकार भएको सम्झनाले पो हो कि ! अब तुरुन्तै ‘राम्ररी चपाउन’ केही बाँकी नरहने सम्भावना भएको बेला ‘राम्ररी चपाउ’ भन्ने यो केटीबारे सोचेर पनि हुनसक्छ । निकट भविष्यमा नै यी केटाकेटीहरूलाई कति भयावह स्थितिले निल्दैछ भन्ने कुराको हेक्का ती सिपाहीलाई भइसकेकोले पनि हुनसक्छ ।
आ—आफ्ना लेख पढिरहेका ती केटाकेटीलाई त्यो बेला थाहा नहुन सक्छ —तर त्यतिञ्जेल प्रशान्त महासागर वरिपरिको क्षेत्रमा शुरु भएको भीषण लडाईँ निकै अघि बढिसकेको थियो ।” पुस्तकभित्रका यस्ता वाक्यहरुले पाठक मन थाहै नपाई हल्लाई दिन्छ । हाम्रै देश पनि कति पो शान्त छ र, देशै लुटिन सक्ने सम्भावनाका बीच अघोषित लडाईँको माझमा हामी छौँ ।
तोमोयो स्कूलमा तात्तो—चानले हरेक कुरा सिक्यो, पाठ्यपुस्तकले सिकाउने भन्दा बढी । तोमोयामा बच्चाहरूको सुन्दर सपना बन्दै थियो तर त्यहि पनि अमेरिकीहरूको तारो बनेछ । अनायासै आगोमा जलेर अङ्गार बनेको घटनाले कसको पो मन ननिमोठिन्थ्यो र सायद बम फ्याँकने हातहरु संवेदनाहीन मान्छेहरुको हुनुपर्छ ।

अनुवादक
लडाइँको मोर्चामा हुँदा उनीहरू सबै भोकको शिकार भएको सम्झनाले पो हो कि ! अब तुरुन्तै ‘राम्ररी चपाउन’ केही बाँकी नरहने सम्भावना भएको बेला ‘राम्ररी चपाउ’ भन्ने यो केटीबारे सोचेर पनि हुनसक्छ । निकट भविष्यमा नै यी केटाकेटीहरूलाई कति भयावह स्थितिले निल्दैछ भन्ने कुराको हेक्का ती सिपाहीलाई भइसकेकोले पनि हुनसक्छ ।
यसले प्रत्येक बालबालिबाको मनोविज्ञानका आधारमा व्यवहारिक हुन सिकाएको छ । तोत्तोको रकी(कुकुर) हराउँदाको क्षण,उसले रकीसँग गर्ने क्रियाकलाप, अनायासै रकीले गरेको दुर्घटनापछि तोत्तोको प्रतिक्रिया आदिले मनलाई अझ हल्लाइदिन्छ ।
नेपाली पाठकहरूलाई यति राम्रो पुस्तक पस्किदिनु भएकोमा अनुवादक डा. सरोज धितालज्यूप्रति आभार । जापानको असाधारण विद्यालयको रोमाञ्चकारी घटना र त्यहाँकी असाधारण बच्चीका क्रियाकलापहरू हाम्रा निम्ति नमूना बनेका छन् । पुस्तक समस्या, समाधान, संवेदना, रोमाञ्चकता, चिन्तन र आशाको थैलो जस्तै लाग्यो ।
आफ्नो उमेर सोध्ने सानी बच्ची अहिले कहाँ होलिन् ? उनकी आमा र शिक्षकहरूले पनि तोत्तो—चान पढिदिए कसो होला ! माया, प्रेम र अनुशासनको बारीमा हुर्कने फुच्चा–फुच्चीहरुको सुन्दर जीवनको चाहना र उनीहरूकै हेराइ र बुझाइमा पठनपाठन गरे असल अभिभावक बनिने ज्ञान पुस्तकभित्रको मियो हो । लेखक, अनुवादक, सम्पादक र प्रकाशक सबैलाई धन्यवाद ।
(समीक्षक नेपाली साहित्यको विद्यार्थी हुनुहहुन्छ ।)

Leave a Reply