भर्खरै :

१०१ औं अक्टोबर क्रान्तिबारे अन्तरक्रिया

भक्तपुर, १६ मंसिर । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिको आयोजनामा १०१ औं अक्टोबर क्रान्ति दिवसबारे किसान कार्यकर्ताबीच अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले १०१ औं अक्टोबर क्रान्तिबाट पाठ सिकेर नेपालमा कामदार वर्गको राज्यसत्ता स्थापना गर्न कामदार जनता राजनैतिक र सैद्धान्तिक रुपले सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा पृथ्वीकुमार प्रजापति, पूर्णगोपाल राजचल, कृष्णसागर बासीलगायतले अक्टोबर क्रान्तिको विषयमा आ–आफ्नो विचारहरू राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *